निर्णय नं. ६००७ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६००७ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५२/०१/०५ २५०७ निर्णय नं. ६००७ ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा २०५० सालको रि.नं. ३०८३ आदेश मिति:२०५२।१।५।३ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउं । निवेदक :जि. काठमाडौं का.न.पा. वडा नं. ४ धुम्बाराही बस्ने राजमान डंगोल । ऐ.ऐ बस्ने कालु डंगोल । विरुद्ध विपक्षी :मालपोत विभाग, बबरमहल, काठमाडौं । मालपोत कार्यालय,काठमाडौं। पशुपती भण्डार तहविल कार्यालय,काठमाडौं । जुन आधारमा निवेदकलाई जग्गा धनी प्रमाणपुर्जा नमिल्ने भनिएको हो, सो आधार नै विद्यमान नहुँदा उक्त मालपोत कार्यालय काठमाडौंले मिति २०५०।९।१ मा श्री पशुपति भण्डार तहविल कार्यालयलाई लैखैको पत्रमा उल्लेख गरिएको मालपोत कार्यालय, काठमाडौंबाट भएको भनिएको मिति २०५०।८।२८ को आदेश कानूनसंगत नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री शम्भु प्रसाद पोखरेल । विपक्षी तर्फबाट :विद्वान श्री कमल बहादुर बोगटी । अवलम्बित नजीरःX आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. हामी निवेदकहरु जोताहा मोही र जग्गा धनी पशुपति भण्डार तहविल कार्यालय भई पशुपति भण्डार तहविलको लगतमा दर्ता रहेको ल.नं. ४७ को चखुचाखेत सर्वे नापीका खबत का.जि.का.न.पा. वडा नं. २३ (ङ) कि.नं. ७६ क्षे. फ. ११–९–१ कायम भएकोमा २०४६ सालमा पुनः नापी हुँदा का.न.पा. वडा नं. ४ सि.नं. १०२७ –१३ को कि.नं. २९ को क्षे.फ. ७–१५–०–२ जग्गा सुरेश प्रसाद कुईकेलको नाममा ऐ.का. कि.नं. ३० को क्षे.फ. ३–१२–२ जग्गा निवेदक मध्येको म कालु डंगोलको नाममा ऐ. को कि.नं. ३१ को क्षे.फ. ३–१२–२ जग्गा निवेदक मध्येको म राजमान डंगोलको नाममा अलग अलग नापी भई हाल आएर १५–८–०–२ क्षे.फ. कायम भएको छ । अर्थात सर्वे नापी हुनु भन्दा अगाडि देखि नै हामी निवेदकहरुले कमाउँदै पशुपति भण्डार तहविल कार्यालयलाई कुत बुझाँउदै आएको हुनाले २०४१ सालमा नै हामी निवेदकहरु समेतले उक्त जग्गाको पूर्जा पाउँ भनी पशुपति भण्डार तहविल कार्यालयमा निवेदन दिएको र पशुपति भण्डार कार्यालयले पनि मिति २०४१।२।१४ मा नै सो जग्गाको पूर्जा उपलब्ध गराईदिनु भनी मालपोत कार्यालय काठमाडौंलाई पत्र समेत लैखेको छ । उक्त पत्रबाट समेत निवेदकहरुले उल्लेखित जग्गा भोग गरेको प्रष्ट हुन्छ । ३. माथि उल्लेख गरे अनुसार जग्गाको पूर्जाको लागि लगातार पशुपति भण्डार तहविल कार्यालयमा ताकेता गर्दा लेखापढि भइरहेको भन्ने जवाफ आएकोमा हामीले जोती कमाई आएको उक्त जग्गा श्री ५ को सरकारको नाममा दर्ता गर्ने निर्णय भइसक्यो भन्ने सुनेकोले त्यस सम्बन्धमा जानकारी लिंदा का.न.पा. वडा नं. २३(ङ) कि.नं. ७६ को क्षे.फ. ११–८–०–० जग्गा साविक नापीमा बगर जनिएको कारणले श्री ५ को सरकारको नाममा दर्ता गर्ने गरी मिति २०४४।८।२३ मा निर्णय भएको र वगर जनिएको अवस्थामा नै उजुर गर्नु पर्नेमा सो समेत गरेको नदेखिएको, यसरी वगर जनिई श्री ५ को सरकारको नाममा दर्ता भै सकेपछि दर्ता गर्न नमिल्ने भनी मालपोत कार्यालयबाट मिति २०५०।८।२८ मा आदेश भएको भन्ने कुरा त्यसको नक्कल लिएपछि जानकारी भयो । यसरी हामीले जोती कमाई आएको जग्गा श्री ५ को सरकारको नाम