निर्णय नं. ४७६४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७६४ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०३/०१ ३१२१ निर्णय नं. ४७६४ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत २०४८ सालको रिट नं. ८११ आदेश मिति: २०५०।३।१।३ निवेदक : भ.पु.जि.भ.पु.न.पा. वडा नं. ३ तथा पाल टोल बस्ने कृष्ण गोपाल बासिछ्याका । विरुद्ध विपक्षी : भक्तपुर जिल्ला अदालत समेत । मुद्दा : उत्प्रेषण । (१) तारेखमा राख्ने काम अदालतका कर्मचारीको हुँदा मिसिल प्राप्त भएपछि दुवै मुद्दामा अलग अलग तारेख पर्चा दिई तारेखमा राख्नुपर्ने सो बमोजिम कर्मचारीले नगरेको देखिएपछि बेञ्चमा पेश भएपछि दुवै मुद्दामा तारेखमा राख्ने आदेश गरेको देखिन्छ । अदालतमा उपस्थित भएका पक्ष विपक्षको तारेख गुज्रेको तथा गुजारेको भन्न कानून संगत देखिदैंन । (प्र.नं. ६) (२) अदालतको कर्मचारीले गर्नुपर्ने आन्तरिक काम कारवाहीको सम्बन्धमा भएको कुरालाई लिएर भएको आदेशलाई बदर गरी पाउँ भन्ने रिट निवेदनको जिकिर तर्कसंगत र कुनै कानूनमा आधारित भएको नहुँदा रिट तहबाट हेर्न उपयुक्त नभएकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ६) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री चुडामणि राज सिंह मल्ल । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अली अकवर मिकरानी । आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :– २. कहरमान बासिछयाक, रधुनाथ वासिछ्याक समेतले निजहरुको हक भोगको भ.पु. तचपाल टोलको पूर्व उत्तर सडक, पश्चिम भगवान दासको घर, दक्षिण जंगल मठको बगैंचा यती ४ किल्ला भित्रको पूर्व उत्तर मोहडाको उत्तर दक्षिण १३ हात लम्बाई, पूर्व पश्चिम ५ हात चौडाई भएको २ तल्ले पक्की झिंगटी घर पसल शर्त राखी मेरो बाबु जगत कुमार वासिछ्याकलाई ०३।६।१३ मा दानपत्र पास गरी दिई बाबु जगत कुमारले आफ्नो जानी भोग चलन गरी आएकोमा बाबु जगत कुमारको शेषपछि अपुतालीबाट मेरो हक हुन आई मैले एकलौटी भोगचलन गरी आएकोमा नापीमा मेरो नाउँमा नापी हुँदा बेसरोकार गुठीयार विपक्षी मध्येको मानीकलाल समेत ४ जनाको मात्र उजुर पर्दा समेत नापीले मेरै अस्थायी श्रेस्ता दर्ता खडा गरेको छ । सो उपर विपक्षहरुले म कृष्ण गोपाल उपर निज मानिकलाल समेत १३ जनाले भ.पु.जि.अ. मा खिचोला मुद्दा दिएकोमा म निवेदकले पेश गरेको ब्रम्हायणी पूजा गर्ने मुर्दा गुठीमा साल साल बुझाएको भर्पाई पेश गरेको सो भर्पाई वादीलाई सुनाउँदा किर्ते भनी वयान गरेको कागजलाई जालसाजी भनी मुद्दा दिई दुवै थरी तारेखमा बसेको छौं । उपरोक्त भपाई किर्ते भन्ने दावी उठीसकेको खिचोला मुद्दा र जालसाजी मुद्दाहरु भ.पु.जि.अ. बाट फैसला भै खिचोला मुद्दामा मेरो र जालसाजी मुद्दामा विपक्षहरुको वागमती अंचल अदालतमा पुनरावेदन पर्दा दुवै मुद्दाको फैसला वा.अं.अ. ले ०४६।६।८ मा बदर गरी निर्णय गर्न भ.पु.जि.अ.मा मा तारेख तोकी मिसिल पठाउने भै फैसला अनुसार भ.पु.जि.अ. मा हाजिर हुन पठाएकोमा जालसाजी मुद्दामा मात्र वादी प्रतिवादीले निवेदन दिई तारेखमा बसी आएका थियौं । किर्ते उठेको खिचोला मुद्दामा दुवै पक्षले ०४६।७।७ गते देखि तारेख गुजारेकोले उक्त मुद्दा डिसमिस हुने स्वतः स्पष्ट छ । विपक्ष भ.पु.जि.अ.ले ०४७।५।६ मा मेरो अनुपस्थितिमा आदेश हुँदा यिनै जालसाजी खिचोला मुद्दा बा.अं.अ.को फैसला अनुसार कारवाहीको लागि भ.पु.जि.अ.मा हाजिर हुन आ