निर्णय नं. ६००८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६००८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०८/२७ २६२८ निर्णय नं. ६००८ ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०५० सालको रिट नि.नं. ३२५४ आदेश मिति:२०५१।८।२७ विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं । रिट निवेदक: जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वार्ड नं. १ को रामपति साह सुडी । ऐ.ऐ बस्ने विल्टु महतरी । विरुद्ध विपक्षी :श्री मालपोत कार्यालय महोत्तरी, जलेश्वर । अदालतबाट भएका फैसलालाई कार्यरुप दिनु मालपोत कार्यालय लगायतको सबै निकायको कर्तव्य हुन आउने । (१) (प्र.नं. ७) सर्वोच्च अदालतको मिति २०४३।४।२७ को निर्णयमा वडा फरक परेको अदालतले मालपोत कार्यालय महोत्तरीलाई जानकारी नगराएको भन्ने सम्म आधारमा दर्ता गर्न इन्कार गरेको देखिन आयो । वडा समय समयमा परिवर्तन हुन सक्ने रिट मुद्दाको जानकारी मालपोत कार्यालयलाई दिनु पर्ने प्रकृतिको निर्णय नभएको, जग्गा खिचोला फैसला बदर मुद्दामा मालपोत कार्यालयलाई जानकारी गराउनुपर्ने अवस्था पर्दैन । तसर्थ विपक्षी मालपोत कार्यालयले जुन आधारमा दर्ता गर्न इन्कार गरेको हो ती आधार कानूनी नदेखिएको र मालपोत कार्यालयले निवेदकले जिति पाएको पोखरी कुन हो भन्ने समय भई पोखरी एकिन गर्नुपर्ने भएमा अदालतका सम्बन्धित मिसिलहरु, मुद्दा गर्ने हलखोरी पञ्चायत लगायतका कार्यालयबाट बुझ्न वा निवेदकलाई निजसँग भएको सबै कागज प्रमाण पेश गर्न लगाई पोखरी एकिन गर्न सक्नेमा सो तर्फ कुनै कारवाही नगरी निवेदकको माग बमोजिम पोखरी दर्ता गर्नु ईन्कार गरेको कानुनसंगत नहुने । (प्र.नं. ७) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री शम्भु थापा । विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री शारदा बज्राचार्य । अवलम्बित नजीरःX आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अनुसार यसै अदालतको अधिकार क्षेत्र भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्नानुसार छः २. हामी निवेदकहरुको पिता पुर्खापाला देखि अविछिन्न हक भोगमा रहेको तत्कालिन जि.प्र.म मौजे चकवा गाउँदेखि पूर्वको पोखरी र सो पोखरी पनि हाउँको उपभोग डिल जग्गा समेत हामीहरुको पूर्खाहरुले भोग चलन गरी आउनु भए बमोजिम हामी निवेदकहरुले यद्यावधी भोग चलन गरी आउनु भए बमोजिम हामी निवेदकहरुले यद्यावधि भोग चलन गरी आएका छौं । उक्त पोखरी हाल खोरी गा.वि.स. वा.नं. ८ मा अवस्थित छ । पोखरी र पोखरीको डिलमा हामीहरुको निर्विवाद हकभोग छ । सर्भे नाप नक्सामा जिल्ला महोत्तरी हलखोरी गा.वि.स. वा.नं. ८ चकवा गाउँदेखि पूर्वको कित्ता नम्बर ३५३ मा १–१०–१४ पोखरी पानी हाउँ कायम रहेको र सोही पोखरी पनि ठाउँ वाला जग्गाको उपभोग डिल जग्गा कि.नं. ३५४ मा कायम भएको १–०–१५ जग्गा नाप नक्सा भएको छ, सर्वे नाप जाँच हुँदा कसैको नाममा पनि नाप जाँच भएको छैन । पोखरी पानी ठाउँवाला जग्गामा हालखोरी गा.पं. को तत्कालिन प्रधानपन्चले गर्नु भएको खिचोला छोडाई चंलन चलाई पाउँ भन्ने चकवा गाउँ देखि पूर्वको पोखरी पानी हाउमा म विल्टु महोत्तरीको नालिस उपर दायर गरेकोमा फैस्ला हुँदै जाँदा सो पोखरी मेरो हक भोगको ठहरी सर्वोच्च अदालतबाट फैसला भई निवेदकको कायम भएको छ । सर्वोच्च अदालतबाट मिति २०४३।४।१७। मा फैसला भए पश्चात महोत्तरी जिल्ला अदालतबाट निवेदक मध्ये विल्टु महोत्तरीलाई मिति २०४४।८।१६ मा