निर्णय नं. ६०१० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०१० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/१०/२५ ३००४ निर्णय नं. ६०१० ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०५० सालको रिट नं. ३०७२ आदेश मिति:२०५१।१०।२५।४ विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं । निवेदक :जिल्ला मकवानपुर नामटार आर्दश गा.वि.स. वडा नं. ९ बस्ने सरोज कुमार रिजाल। विरुद्ध विपक्षी :श्री पुनरावेदन अदालत हेटौंडा । श्री मकवानपुर जिल्ला अदालत । कैदको लगत असुल नहुन्जेल जेथा रहेको सम्पत्तिको दायित्व पनि बाँकी नै रहेको सम्झनु पर्छ अन्यथा जेथा जमानीको कुनै अर्थ नै नहुने । (प्र.नं. ९) तहसिलबाट पुरा हुनु पर्ने दायित्व पनि पुरा नहुनु र सम्पत्ति भने सधै रोक्का रहनु दण्ड सजायको २४ नं. को उद्देश्य अनुकुल मान्न नमिल्ने । (प्र.नं. ९) दण्ड सजायको २४ नं. बमोजिम हुनु पर्ने कारवाही मुचुल्का भै सकेपछि मात्र निवेदकको रोक्का रहेको सम्पत्त फुकुवा गर्ने तर्फ समुचित कारवाही हुन सक्ने हुँदा फुकुवा अहिले नै गरी दिनु भनी भन्न नमिल्ने । (प्र.नं. ९) कानून बमोजिम अदालतबाट निर्वाह हुनुपर्ने दायित्व सम्पन्न नगरी अरुको सम्पत्ति रोक्का राखी राख्नु मनासिव नदेखिंदा दण्ड सजायको २४ नं. को कानूनी प्रकृया पुरा गर्नु भनी मकवानपुर जिल्ला अदालतको नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री जयनारायण हुजेजार । विपक्षी तर्फबाट :विद्वान उप सरकारी अधिवक्ता श्री टिका बहादुर हमाल । अवलम्बित नजीरःX आदेश न्या. गोविन्द बहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२)अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. वादी श्री ५ को सरकार प्रतिवादी विष्णु प्रसाद रिजाल भएको फौ.नं. ७५ को मुद्दा मकवानपुर जिल्ला अदालतमा चली उक्त अदालतबाट भएको मिति २०४१।७।१ र २०४१।७।३ को आदेशले मेरो बज्यै हेम कुमारी रिजालले आफ्नो नाउँ दर्ताको जिल्ला मकवानपुर आदर्श गा.वि.स नामटार वडा नं. ९ कि.नं. ४६३ र ऐ. ऐ. कि.नं. ४६४ को २ कित्ता जग्गा जेथा जमानी दिई विष्णु प्रसाद रिजाल तारेखमा छुटेको उक्त मुद्दा फैसला हुँदा प्रतिवादी विष्णु प्रसादलाई जरिवाना रु. ८,८७२।२२ र कैद वर्ष १ हुने गरी श्री मकवानपुर जिल्ला अदालतबाट मिति २०४२।२।२७ गतेका दिन फैसला भएको सो फैसला अन्तिम रुपमा रहेको छ र विष्णु प्रसाद रिजाल घर छोडी वेपत्ता भै सकेका छन । धितोमा राखेको जग्गा म निवेदकले खान पाउने गरी आफ्ना अंशियार बीच अंशवण्डा भै सकेको छ । जेथा जमानी दिने बज्यै हेम कुमारीको पनि मृत्यु भै सकेको हुनाले जमानी राखेको जग्गा फुकुवा गरी पाउँ भनी मकवानपुर जिल्ला अदालत समक्ष निवेदन गरेकोमा हेम कुमारीले गरिदिएको कागज अनुसार जरिवाना कैद असुल नभएसम्म उक्त जेथा जमानी दिएको जग्गा फुकुवा गर्न मिलेन कानून बमोजिम गर्नु भन्ने आदेश भयो । उक्त वेरितको आदेश बदर गरी पाउँ भनी अ.वं. १७ नं. अन्तर्गत पुनरावेदन अदालत हेटौंडा समक्ष निवेदन गरेकोमा उक्त अदालतबाट समेत कानुन बमोजिम गर्नु भन्ने मिति २०५०।३।२५ गतेका दिन आदेश भयो । ३. जेथा जमानी दिने बज्यै हेम कुमारीको मृत्यु भै सकेको र प्रतिवादी विष्णु प्रसाद रिजाललाई भएको जरिवाना रु. ८,८७२।२२ बुझाई रसिद लिई सकेको छु । कैदको हकमा निज विष्ण