निर्णय नं. ६०११ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०११ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०८/०२ ३६७४ निर्णय नं. ६०११ ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत २०५१ सालको रि.नं. ३३०० आदेश मिति:२०५१।८।२।६ विषय : उत्प्रेषण । निवेदक :कास्की, पोखरा नगरपालिका वडा नं. ११ बस्ने ख्यामसु रेग्मी । विरुद्ध विपक्षी :पोखरा नगरपालिका कास्की । पो.न.पा. कवाडी संकलन तथा व्यवस्था शुल्क ठेकेदार पो.न.पा. वडा नं. १४ स्थित कर चौकी बस्ने जय श्रेष्ठ । नगरपालिका ऐन, २०४८ को दफा ४४ मा नगरपालिकाले आफ्नो क्षेत्रभित्र तोकिएको व्यापार व्यवसाय वा पेशामा पुजिगत लगानी र आर्थिक कारोबारको आधारमा तोकिए बमोजिम व्यवसाय कर लगाई असूल गर्न सक्ने छ भन्ने व्यवस्था भएको नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम ३७(१) मा नगरपालिकाले आफ्नो क्षेत्र भित्रको व्यापार व्यवसाय वा पेशा गर्नेहरुबाट प्रत्येक वर्ष देहाय बमोजिम व्यवसाय कर असुल गर्न सक्नेछ भन्ने व्यवस्था गरी देहायमा विभिन्न किसिमका विषय वस्तुमा कर असुल गर्न सक्ने गरी रकम दर, तोकेको समेत देखिन्छ । तर उपरोक्त उल्लेख भए बमोजिमको फालिएका प्लाष्टिक, सिसा, फलामका टुक्रा आदि जस्ता कवाडी सामानको वसार पसारलाई पेशा व्यवसाय करको रुपमा समावेश गरेको देखिन आउँदैन । रिट निवेदन लेखाई तथा विपक्षीहरुको लिखित जवाफबाट समेत नगरपालिका क्षेत्र भित्रका थुप्रिएर रहेका त्यस प्रकारका कवाडी सामान वा खाली बोतल प्लाष्टिक जस्ता सामान बसार पसार गरेको कारणबाट पेशा व्यवसायको रुपमा कर तिरेको भन्ने देखिन आएबाट यसरी ऐनमा व्यवस्था नभएको विषयलाई केवल संकलन गरी निकासी गर्दैमा पेशा व्यवसाय मान्न मिल्ने नहुँदा पेशा व्यवसायको नाममा टेण्डर सूचना प्रकाशित गरी सो बमोजिम ठेकेदारलाई ठेक्का दिई कर रकम उठाउने गरेको विपक्षी पोखरा नगरपालिकाको काम कारवाही कानून प्रतिकुल देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १४) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर । विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री यज्ञमुर्ति बन्जाडे । अवलम्बित नजीरःX आदेश न्या. पृथ्वी बहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. म निवेदक पोखरा नगरपालिका क्षेत्रभित्र प्रयोग भै सकेका खाली सिसी बोतल प्लाष्टिक र टिन समेत संकलन र खरिद गरि पोखरा नगरपालिका क्षेत्र बाहिर खास गरि नारायणी अंचलमा निकासी गर्दछु । मेरो व्यवसायिक फर्मको नाम रेग्मी ग्लास हाउस राखी उद्योग वाणिज्य विभाग अन्तर्गत प्र.फा. नं. २२१९।०४९ को प्रमाणपत्र प्राप्त गरेको छु र कर कार्यालय पोखराबाट दर्ता नं. १८।४८२९ को मिति २०४९।४।२२ मा आयकर दर्ता प्रमाणपत्र समेत प्राप्त गरेको छु । उपरोक्त मेरो पेशा व्यवसाय गर्ने अधिकार मलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२) को (ङ) ले प्रत्याभूत गरेको र धारा १७(१) ले प्रचलित कानुनका अधिनमा रही सम्पति आर्जन गर्ने भोग गर्ने बेच विखत गर्ने र सम्पतिको अन्य कारोबार गर्ने हक सुनिश्चित गरेको छु । धारा ७३(१) ले कानुन बमोजिम बाहेक कुनै कर लगाउन वा उठाउन नपाउने व्यवस्था गरेको छ तर विपक्षीहरुले उक्त संविधानमा उल्लेखित प्रावधान विपरितको कार्य गरेकोले यो असाधारण अधिकार क्षेत्रमा उपस्थिति भएको छु । ३. विपक्षीहरुले मेरो पेशा व्यवसायमा चुंगी कर उठाउने निर्णय