निर्णय नं. २३५६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३५६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०४/३२ २०९७ निर्णय नं. २३५६ ने.का.प. २०४२ अङ्क ५ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रि.फु.नं.४५ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । रिट निवेदक: काठमाडौं नगर पञ्चायत वार्ड नं. ४ विशालनगर बस्ने उदय मोहन श्रेष्ठ । विरूद्ध विपक्षी :काठमाडौं नगर पञ्चायतका प्रधान पञ्च श्री कमल चित्रकार । काठमाडौं नगर पंचायत अन्तर्गत वडा नं. ४ का अध्यक्ष भक्त बहादुर खड्का । काठमाडौं नगर पंचायत वडा नं.४ चण्डोल बस्ने सूर्य प्रसाद सापकोटा । आदेश भएको मिति:२०४२।४।३२।६ मा हक बेहकको प्रश्न खडा भएपछि नगर पञ्चायत ऐनको दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं.१०) रिट निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की विपक्षी तर्फबाटःX उल्लेखित मुद्दःX आदेश न्या.धनेन्द्र बहादुर सिंह: डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई आज निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ:- २. तिलकुमारी पाण्डेबाट म निवेदकले खरिद गरिलिएको जग्गा बागमती अञ्चलाधीश कार्यालयमा ०३९।१०।१८ मा भएको कागजको सिलसिलामा हाल कि.नं. ३११ भई रो. १–१–० कायम भएको जग्गामा सूर्यप्रसाद सापकोटा र कानुनी अस्तित्व नै नभएको चण्डोल यूवा समूह भनी बेरीतको तथ्य दस्तखत समेत नभएको सार्वजनिक बाटोमा पर्खाल लगायो भन्ने उजूरीमा पास बेगर बनाएको पर्खाल भत्काई दिनु पर्ने ठहर हुन्छ भन्ने समेत काठमाडौं नगर पञ्चायतले २०४०।१।२६ मा निर्णय गरेको रहेछ । ३. म निवेदक खरिदी जग्गा रहेको वडामा नै स्थायी बसोबास भएकोमा म र मेरो घर परिवारलाई म्याद नबुझाई जग्गामा टाँस गरिएको रीतपूर्वकको छैन । म औषधोपचारको निमित्त विदेशमा रहेको अवस्था वडाअध्यक्षबाट स्वीकृति लिइसकेको नक्कलसमेत राखी प्रतिउत्तर सरहको निवेदन दिएकोलाई प्रमाणमा नलगाई निर्णयमा उल्लेख नगरी गरिएको निर्णय अ.बं. १८४क., १८५, १८९ को विपरीत छ । आफ्नो हकको जग्गामा पर्खाल बनाउन नक्सा पास गर्न नपर्ने निर्विवाद छ । स्वीकृति लिई नक्सा पास गराएको र स्वीकृति अनुसार नै आफ्नो जग्गाभित्र बनाएको पर्खाल भत्काउने भन्ने निर्णय न.पं. ऐनको दफा ५३ को विपरीत छ । नगर पञ्चायतको निर्णय ऐन कानुनमा आधारित नभई प्रमाण ऐनको दफा ६ बमोजिम एक चोटि एकाको पर्खाल लगाउन पाउने हक सृजना गरिदिएको कानुन बमोजिमको लिखित सूचना दिई प्राकृतिक न्याय अनुशरण गरी रोक्का वा बदर नगरी पुनः सोही व्यक्तिले पर्खाल लगाउन नपाउने गरी स्वेच्छाचारी पत्र वा सिफारिश कानुनमा आधारित नहुँदा निर्णयाधार हुन सक्तैन । स्वीकृति लिई बनाएकोमा सो स्वीकृति बदर नभएसम्म वा स्वीकृति बमोजिम नबनाएको भन्ने निर्णय नभएसम्म नगर पञ्चायतको निर्णय प्रारम्भ शुन्य निष्कृय र प्रभावहीन छ । म निवेदकले अञ्चलाधीश कार्यालयमा भएको कागज बमोजिम दक्षिणतर्फ ७” छोडी पर्खाल बनाएको र त्यसदेखि बाहेक निजी हकको सम्पत्ति छोड्नु पर्ने होइन । तसर्थ नगर पञ्चायतको उक्त निर्णयले संविधानको धारा १०(१) र धारा ११(८)(ङ) द्वारा प्रदत्त ह