निर्णय नं. २३५७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३५७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०९ १९०६ निर्णय नं. २३५७ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं.२२२९ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : का.जि.का.न.पं.वार्ड नं. १७ बस्ने जोग कुमारी बज्राचार्य । विरूद्ध विपक्षी :श्री भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय काठमाडौं । का.जि.का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी ढल्कोटोल बस्ने श्यामकृष्ण डंगोल । आदेश भएको मिति:२०४२।५।९।१ मा दर्तावाला मोहीको आफ्नो छोरा नभएको अवस्थामा सौतेनी छोराले ऐन बमोजिम मोही हक प्राप्त गर्न सक्छ भन्न मिल्ने देखिँदैन । (प्रकरण नं.१०) निवेदक तर्फबाट : विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट :विद्वान विरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली र विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय काठमाडौंको मिति ०४१।१।१३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदन तथ्य यस प्रकार छ । २. का.जि.का.न.पं.वार्ड नं. १९(ख) कि.नं. ५१ को क्षेत्रफल ३–१–० जग्गा मोही मेरी जेठी आमा सेतीमायाका नाउँमा जोत दर्ता भएको थियो । निजको २०२८ सालमा परलोक भएकोले जोत मेरो नाउँमा नामसारी गरिपाउँ भनी विपक्षी श्यामकृष्ण डंगोलले विपक्षी कार्यालयमा निवेदन गरेपछि उक्त जग्गामा निवेदिकाको एकलौटी हकभोग तिरोको हो भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ मा मोहियानी हक मोहीका शेषपछि पति पन्ती वा छोरा मध्ये जग्गाधनीले पत्याएको व्यक्ति मात्र मोही कायम गरी जोत नामसारी गर्न मेरो मञ्जूर छैन भनी मैले प्रतिवाद गरेकोमा जोगकुमारी बज्राचार्यले सेतीमायाको परलोक भई जोत कट्टा गरिपाउँ भन्ने दावी गरी दर्खास्त दिएकोमा मोहियानी हक छोराले पाउने हुँदा जोत कट्टा गर्न मिल्दैन भनी ०३५।४।२० मा भएको निर्णय उजूर गरी बदर गराएको देखिँदैन । श्यामकृष्ण डंगोल सौताको छोरा नै देखिन आएको हुँदा उल्लिखित जग्गा निजका नाउँमा नामसारी हुने ठहर्छ भनी विपक्षी कार्यालयबाट मिति ०४१।१।१३ मा निर्णय भयो । ३. मैले जग्गा कमाउन दिनलाई सेतीमाया बाहेक अरु कसैलाई पनि पत्याएको छैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) ले पत्याउनु पर्ने कानुनी बाध्यता पनि छैन। सौतेनी छोरालाई छोरा हो भन्न कदापि मिल्दैन । अतः विवादित जग्गा मेरो नाउँमा जोत नाउँसारी गर्न समेत नदिई मलाई मेरो मौलिक हकबाट बञ्चित गराई विपक्षीको नाउँमा उक्त जग्गा जोत नाउँसारी गर्ने गरी विपक्षी कार्यालयबाट मिति ०४१।१।१३ गते भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखित जवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने सिंगल बेञ्चबाट ०४१।२।७ गते भएको आदेश । ५. निवेदक सौताका छोरा नै देखिन आएकोले निजको नाउँमा जोत नामसारी गर्ने गरी यस कार्यालयबाट कानुन बमोजिम नै निर्णय भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने भूमि सुधार कार्यालय काठमाडौंको लिखित जवाफ । ६. मोही जोत नाउँसारी वा पत्याउने सम्बन्धमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ (१) मा वा कुनै पनि दफामा आफ्नो छोरा सौ