निर्णय नं. २३५८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३५८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०६ २२३० निर्णय नं. २३५८ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं.२१४६ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.मोरङ विराटनगर नगर पञ्चायत वार्ड नं. २ बस्ने हजारी मल अटल । विरूद्ध विपक्षी :श्री पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटा । श्री अञ्चलाधीश,अञ्चलाधीशको कार्यालय कोशी अञ्चल विराटनगर । श्री प्रमुख भन्सार अधिकृत,राजविराज भंसार कार्यालय । श्री ५ को सरकार डि.एस.पी पदमबहादुर स्वाँर विराटनगर जाहेरवाला । आदेश भएको मिति:२०४२।५।६।५ मा सवारी धनीको कसूर नै कायम नभएको अवस्थामा उक्त सवारी जफत गर्ने अधिकार ऐनले दिएको पाइँदैन । (प्रकरण नं.९) निवेदक तर्फबाट: विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य यस प्रकार छ । २. महेन्द्र सिंह राजपूतले भारततर्फ माल निकासी गरेको भन्ने अभियोग लगाइएको विदेशी माल निकासी मुद्दामा यस्तो मनाही विदेशी मालसामान भारत निकासी गर्न लागेको ठहर्याई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ५ को उपदफा (१) बमोजिम माल जफत र भन्सार ऐन, २०१९ को दफा ३४(क) अनुसार महेन्द्र सिंहलाई बिगो बमोजिम जरिवाना, ट्रक चालक बद्रीप्रसाद उपाध्यायलाई ऐ. को दफा ३४(क) अनुसार जरिवाना तथा मेरो को.अ.नं. २७७ को ट्रक जफत गर्ने गरी २०३०।८।२१।५ विपक्षी प्रमुख भन्सार अधिकृतज्यूबाट गर्नु भएको उक्त निर्णय उपर पुनरावेदन गरेकोमा विपक्षी अञ्चलाधीशज्यूबाट उक्त निर्णय मनासिव ठहर्याई ०३८।१०।२९।५ मा पुनरावेदन फैसला गर्नु भए उपर ऐन अनुरूप विपक्षी क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमति मागेकोमा अनुमति प्रदान हुन सक्दैन भनी मिति ०४०।११।१२ मा विपक्षी पूर्वान्चल क्षेत्रीय अदालत सिंगल बेञ्चबाट आदेश भयो । यसरी निषेधित माल जफत भन्सार ऐन, २०१९ बमोजिम नगरिएको अवस्थामा सो ऐन लगाई सवारी जफत गरिएको प्रत्यक्ष त्रुटिपूर्ण छ । एउटै मुद्दामा निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०१९ दुवै लगाई फैसला गर्न समेत मिल्दैन । तर विपक्षीहरूबाट ट्रक चालक एवं ट्रक मालिकप्रति कुनै कारवाही नहुनु पर्नेमा ट्रक जफत गर्ने समेत गरी भएको फैसलाले मेरो हक हनन् हुन गएको छ तसर्थ विपक्षीहरूद्वारा भएको उल्लिखित मितिको फैसला निर्णय आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत निवेदन जिकिर । ३. विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने सिंगल बेञ्चको मिति ०४१।१।८ को आदेश । ४. निकासी पैठारी नियन्त्रण ऐन, २०१३ ले प्रहरी जाहेरवाला हुन नसक्ने भनी बन्देज नलगाइएको र उक्त नियमावलीको नियम ९ को खण्ड (ख) अनुसार तुरुन्त तहकिकात हुनुपर्ने अवस्था भएमा बेइलाकाको प्रहरीबाट पनि गर्न सक्ने व्यवस्था भएको देखिन्छ । निवेदकहरूले अवैध निकासीको काम गरिरहेको अवस्थामा सो माल लाने कार्यमा संलग्न ट्रक सहित पक्राउ गरेको मिसिलबाट देखिन आएको र सो निकासी गर्न लागेको माल अन्य व्यक्तिको भन्ने समेत प्रमाणित हुन नआएको यस स्थितिमा अवैध निका