निर्णय नं. २३५९ - उत्प्रेषण प्रतिषेध वा उपयुक्त आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३५९ - उत्प्रेषण प्रतिषेध वा उपयुक्त आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०७ २०७५ निर्णय नं. २३५९ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं.१२७१ विषय : उत्प्रेषण प्रतिषेध वा उपयुक्त आदेश जारी गरिपाउँ । निवेदक : जि.झापा गौरादह गा.पं.वा.नं. ५ बस्ने बाबुराम जोशी । ऐ.राजगढ गा.पं.वा.नं.५ बस्ने बालकृष्ण मिश्र । विरूद्ध विपक्षी :जिल्ला कार्यालय झापाको प्र.जि.अ.बाबुराम पौडेल । जिल्ला कार्यालय झापा । गौरीगन्ज प्रहरी थानाका इन्चार्ज स.ई. दान बहादुर थापा । रा.प.उपाध्यक्ष गोपाल चन्द्र सिंह राजवंशी । खजुरगाछी गा.पं.का उप प्र.पं. श्याम कृष्ण चौधरी । जि.झापा जुरेपानी गा.पं.वा.नं.८ बस्ने श्यामलाल राजवंशी । ऐ.ऐ बस्ने शरपलाल राजवंशी । आदेश भएको मिति :२०४२।५।७।६ मा रोक्का बाली बाँडफाँड गरिदिने गरी निर्णय गर्न सक्ने अधिकार स्थानीय प्रशासन ऐन, २०२८ ले प्रमुख जिल्ला अधिकारीलाई भएको देखिँदैन । (प्रकरण नं.११) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल र विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ : २. निवेदक बाबुराम जोशीका नाउँको झापा खजुरगाछी गा.पं.वा.नं. ८ख. अन्तर्गत कि.नं. ४६४ को ज.वि. ३–१९–१० र म बालकृष्ण मिश्रका नाउँको कि.नं. ४६३, ४७७, ४७८, ४८० समेत ०–४–३ समेतको जग्गा आफ्नो दर्ता भोगको हुँदा ०४० सालको बाली आफ्नै तर्फबाट लगाएका थियौं यस्तैमा २०४० सालको बाली मध्ये मकै धान आलु विपक्षी श्यामलाल राजवंशी समेतले लुटपीट गरेको हुँदा कारवाही चलाउँदै रहेको अवस्था उल्लिखित जग्गाको अगहनी धान पाक्नु अगावै शान्ति सुरक्षा साथ बाली कटाई दिनु भन्ने आदेश गराई बाली कटाउन शुरू गरेपछि विपक्षी श्यामलालले उक्त बाली लगाउने सम्बन्धमा दावी गरी विवाद खडा गरेपछि उक्त बाली गौरीगञ्ज प्रहरी ठाना मार्फत कटानी भई सम्पूर्ण बाली रोक्का रहेको थियो । विपक्षी प्र.जि.अ.ज्यूले विपक्षीहरूको मोलाहिजामा लागि उक्त रोक्का रहेको बाली मध्ये वनीबोटी आधा विपक्षी श्यामलाललाई दिनु भनी आदेश गरी गौरीगञ्ज थानामा पठाई सो थानाले पनि रोक्का रहेको बालीको रूपैयाँ मध्ये आधा रूपैयाँ दिएकोले मौलिक हकबाट बञ्चित हुनु परेको छ । अतः विपक्षी प्र.जि.अ.ज्यूले अर्काको सम्पत्ति माथि अनाधिकृत अधिकार ग्रहण गरी जबरजस्ती बाली बण्डा गराएको निर्णय बदर गरी विपक्षी कार्यालयका नाउँमा कारवाहीमा राख्न नपाउने गरी प्रतिषेधसमेत जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ३. प्रतिरक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने मिति ०४१।४।३१ को यस अदालतको सिंगल बेञ्चको आदेश । ४. विवादित बाली ०४० सालमा श्यामलाल राजवंशी समेतले लगाएको हो भनी सम्बन्धित गा.पं.का. बाट सरजमीन व्यहोरालाई सहमति जनाई आएको देखिँदा उक्त जग्गाको बनीभाग बाली लगाउनेलाई र धनी भाग बाली जग्गाधनीलाई दिनु भनी प्रहरी थाना गौरीगञ्जलाई निर्णयानुसार लेखी पठाएको हो । विवादित रोक्का बाली फुकुवा समेत भइसकेको हुँदा विद्यमान कानुनी आधारमा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जि.का. झापाका प्र.जि.अ.को लिखित जवाफ । ५. रिट निवेदन खारेज हु