निर्णय नं. २३६० - अंश हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३६० - अंश हक कायम भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०३ २०८९ निर्णय नं. २३६० ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ६१७ मुद्दा : अंश हक कायम । पुनरावेदक/प्रतिवादी:रौतहट जिल्ला गम्हरिया विर्ता गा.पं.वडा नं.९ बस्ने चिचनी थरुनी । ऐ.ऐ बस्ने राम सहाय चौधरी । ऐ.सखुअवा धर्माहा गा.पं. वडा नं. ५ बस्ने सत्यनारायण धामी थारु । ऐ.ऐ बस्ने अस्तुरनी थारुनी । विरूद्ध विपक्षी/वादी:रौतहट जिल्ला प्र.चानी पश्चिम प्रतापपुर पल्टुवा गा.पं. वडा नं.३ रंगपुर गा.पं.वडा नं. २ बस्ने हितादाश चौधरी । ऐ.ऐ बस्ने पाचुदाश थारू । फैसला भएको मिति: २०४२।५।३।२ मा तथ्ययुक्त सबूद प्रमाण बेगर विवादको जग्गामा अंश हक कायम छ भनी ठहर गर्न सकिने अवस्था रहेन । (प्रकरण नं.१२) फैसला का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाउपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. अन्दुदाशको जेठो जोखनदाश, माहिलो जितन दाश, साहिला महितादाश, काहिला बसगितदाश, कान्छा म पाचुदाश सगोलमा बसी तीनै जनाको अंश भोगको जग्गा बसिगत दाशकै नाममा दर्ता राखी भोगचलन गरिआएकोमा पछि चित्त नमिली घरसारमा बाँडफाँड गरी मानो छुट्याई जग्गा दर्ता निज बसिगत दाशकै नाममा दर्ता कायम गरी आफ्नो अंशको जग्गा भोगचलन गर्दै आएकोमा बसिगत दाश २०३३ सालमा परलोक हुनु भयो र निज बसिगत दाशको छोरा नभएको विपक्षी मध्येका चिचनी तथा अस्तरनी निज बसिगत दाशको छोरीहरू हुन् हाम्रो अंश भागको प्रतापपुर गा.पं.वडा नं. २ को कि.नं. १५१ को ज.वि. २–०–० मध्ये हामी फिरादवालाको दुवैको भाग भोगको जग्गाहरूमा २०३७।३।३०।१ का दिन अं. १० बजे हामी हलो जोती राखेको बखत विपक्षीहरू चारै जना पुगी हाम्रो बाबु ससुरा बसिगत दाशको नामको जग्गा हो तपाई नै जोत्नु होस् भनी यो जग्गा हामीहरूको अपुताली हक लाग्ने हो । तपाईहरूलाई आज देखि जग्गा भोगचलन गर्न दिन्छौं अदालतबाट आफ्नो आफ्नो हक कायम गराई ल्याउनु होस् अनि मात्र भोगचलन गर्न दिने छौं भनेकाले हाम्रो अंश हक कायम गरी बसिगत दाश चौधरीको नाम दर्ताको जग्गाको ३ खण्डको २ खण्ड जग्गा दर्ता बदर गरी हामीहरूको नाममा दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी रहेछ । ३. वादीहरू मध्येको वादी हितादाश चौधरी हामी प्रतिवादीहरू मध्येका प्र. चिचनी थरुनी र प्र. अस्तुरनी थरुनीको साहिला बाबु वादी पाचुदाश चौधरी कान्छा बाबु भई सोही नाताबाट निज वादीहरू हामी प्र. रामसहाय थारु र प्र.सत्यनारायण धामी थारुको क्रमशः साहिला बाबु, ससुरा, कान्छा बाबु, ससुराहरू हुनुहुन्छ । वादीहरूको परिवारको हामी प्र.हरू मध्येको कोही पनि अंशियार नरहेकोले हामीबाट वादीले अंश पाउने कुरा नै कानुन नमिल्दो हुँदा हामीउपरको अंशतर्फको कारवाही वादीदावी झुठ्ठा हो र हाम्रो बाबुससुरा स्व.बसिगत दाश चौधरीको नामको सबै जग्गाहरू वादीहरूकै परिवारको भोग दखलमा छ । २०३७।३।३० का दिन हामीले त्यसमा कब्जा गरी लिएको भन्ने कुरा पनि झुठ्ठा हो भन्नेसमेत प्र.को प्रतिउत्तरपत्र । ४. यसमुद्दामा दे.नं.८३७ को अपुताली हक मुद्दामा प्रतिवादी मध्ये चिचनी र अस्तुरनीले बसिगत दाशको अपुताली पाउने ठहरी आजै फैसला भएको हुँदा बसिगत दाशको नाम दर्ताको जग्गामा वादीहरूको हक पुग्ने भन्न नसकिने भएकोले यो मुद्दा खारेज हुने ठहर्छ