निर्णय नं. २३६१ - परमादेश वा जो चाहिने पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३६१ - परमादेश वा जो चाहिने पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/११ २११९ निर्णय नं. २३६१ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह सम्वत् २०४० सालको रि.नं. १४५४ विषय : परमादेश वा जो चाहिने पुर्जी जारी गरिपाउँ । निवेदक : जिल्ला मोरङ लखन्तरी गा.पं. वार्ड नं. ८ घर भै हाल जि.का.कारागार शाखा वीरगन्जमा थुनामा रहेको गुलुवा सरदार वातर । विरूद्ध विपक्षी :मोरङ जिल्ला अदालत । जिल्ला कार्यालय कारागार शाखा,विराटनगर । जिल्ला कार्यलाय कारागार शाखा,वीरगंज । आदेश भएको मिति:२०४२।५।११।३ मा दण्ड सजायँको ३८ नं. को देहाय १ र चोरीको २८ नं. ले सो जरिवानावापत कैद वर्ष ४ मात्र लाग्ने देखिन्छ, वर्ष ४ चारमात्र लाग्नेमा कैद वर्ष ८ ठेकिएको त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं.८) आदेश न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. विशनलालको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा विपक्षी मोरङ जिल्ला अदालतको फैसलाले फौ.ल.नं. ३७४ को लगतले लागेको जरिवाना रु. ६६५४। लखेश्वरको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा उक्त अदालतको फैसला र ०३०।०३१ को फौ.ल.नं. ३४५ को लगतले लागेको जरिवाना रु. १६५९। समेत जरिवाना रु. ८३१३। र कैद वर्ष ९। र छूतहरू थारुको जाहेरीले वादी श्री ५ को सरकार भएको चोरी उद्योग मुद्दामा ०३०।०३१ को फौ.ल.नं. ३४६ को लगतले लागेको कैद दिन ।१५ समेत जरिवाना कैद भएकोमा मैले सो शुरू फैसला उपर पुनरावेदन गरिन । पुनरावेदन नगरेपछि जतिसुकै मुद्दामा जतिसुकै जरिवाना कैद लागे पनि जरिवाना वापत कैद म्याद ठेक्नु पर्दा दण्ड सजायँको ३८(१) नं. ४१ नं. र चोरीको २८ नं. समेत ४ वर्ष भन्दा बढी कैद म्याद ठेक्न ठेकाउन नहुनेमा ऐन विरुद्ध गरी विपक्षी मोरङ जिल्ला अदालतले जरिवाना वापत ८। वर्षको कैद म्याद ठेकी सोही अनुसार गर्न विपक्षी कारागार शाखाहरुलाई लगत दिए बमोजिम जरिवाना बापत ८ वर्ष म्यादी कैद डाँकातर्फ ९। वर्ष र चोरी उद्योगमा १५ दिन समेत गरी जम्मा कैद वर्ष १७ वर्ष १५ दिन ठेके ठेकाएको स्वतः कानुन विरुद्ध छ । अतः गैरकानुनी तवरबाट बढी ठेकेको कैद वर्ष ४।१५ चार वर्ष पन्ध्र दिनको लगत घटाई सच्याई दिन भन्नु विपक्षीहरूका नाउँमा आज्ञा, आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन जिकिर । ३. विपक्षी कार्यालयबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने मिति ०४०।५।२६ को सिंगल बेञ्चबाट भएको आदेश । ४. यसमा विपक्षी कार्यालयले म्यादभित्र लिखित जवाफ पठाएको रहेनछ । ५. यसमा रिट निवेदकका माग बमोजिमको आदेश जारी हुनु पर्ने हो हैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ । ६. यसमा निर्णयतर्फ हेर्दा रिट निवेदकलाई बिशनलालको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा मोरङ जिल्ला अदालतको फैसलाले गर्ने गरेको जरिवाना रु. ६६५४। र लेखश्वरको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा उक्त अदालतका फैसलाले गर्ने गरेको जरिवाना रु. १६५९। समेत यी दुई मुद्दामा जरिवाना रु. ८३१३। भएकोमा सो जरिवानाको सम्बन्धमा कैद म्याद ठेक्नु पर्दा दण्ड सजायँको ३८(१) नं. र चोरीको २८ नं. समेतले ४ वर्षभन्दा बढी कैद म्याद ठेक्नु नहुनेमा ८ वर्ष कैद म्याद ठेकिएको कानुन विरुद्ध छ भन्ने रिट निवेदन जिकिर देखिन्छ । ७. दण्ड सजायँको ३८ नं. मा जर