निर्णय नं. २३६३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३६३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०३/२७ १९४८ निर्णय नं. २३६३ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १९६२ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :विराटनगर जुट सप्लाई कम्पनीको प्रो.जि.सुन्सरी धरान न.पं.वार्ड नं.५ बस्ने महेश कुमार लेटिया । विरूद्ध विपक्षी :कर कार्यालय, विराटनगर। श्री राजस्व न्यायाधीकरण धरान । आदेश भएको मिति:२०४२।३।२७।५ मा ऐनले निर्दिष्ट गरेबमोजिम रीतपूर्वकको सूचना भन्ने देखिँदैन त्यस्तो सूचनालाई आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (४) बमोजिमको सूचना भनी मान्न पनि मिलेन । (प्रकरण नं.१८) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री सुसिल कुमार सिन्हा विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंह: कर कार्यालय विराटनगरको मिति ०३९।२।२३ को आयकर निर्धारण आदेशसमेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. कर कार्यालय विराटनगरले मेरो फर्मको आ.व. ०३२।३३ को लागि खूद आय रु. ५५,२५१।५० उल्लेख गरी सो मा आयकर रु. १४,६६३।३३ ज.रु. ७५४।११ लगाई मिति ०३९।२।२३ मा आयकर निर्धारण आदेश गरी दाखिल गर्न आदेश पठाउनु भएकोमा सो आदेश कानुन तथा न्यायसंगत नभई सो आदेश उपर राजस्व न्यायाधीकरण धरानमा पुनरावेदन गरेकोमा राजस्व न्यायाधीकरण बाट न्यायिक मनको प्रयोग नगरी अ.बं. १८५ नं. विपरीत गरी हचुवा तथा अनुहारबाट नै गैरकानुनी देखिएकोले आयकर निर्धारण आदेशलाई मिति ०४०।८।२ मा सदर गर्ने गरी फैसला भएको छ । ३. आयकर भनेको करदाताको वास्तविक खूदआयमा लाग्ने कर हो दातालाई आयकर ऐन,०३१ को दफा ३३ (२) बमोजिम खूद आय निर्धारण गरी कर लगाउनु पर्छ । सो बमोजिम खूद आय निर्धारण गर्दा ३३(२) बमोजिमका आधार मध्ये कुनै आधारमा कर निर्धारण गर्न लागिएको हो, खूद आय कसरी के कति कुन आधारमा कायम गरियो सो आधार स्पष्ट खुलाई आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम करदाता लाई लिखित सूचना दिनुपर्छ भन्ने ऐनले गरेको बाध्यात्मक व्यवस्था पालन नगरी मलाई सो बमोजिम सूचना नदिई प्रतिवाद गर्ने सफाईको मौका नै नदिई मनोमानी तथा हचुवा तवरले खूद आय कायम गरी गरेको कर कार्यालय विराटनगरले ०३९।२।२३ को कर निर्धारण आदेश गैरकानुनी भई त्रुटिपूर्ण रहेको र त्यस्तो आदेशलाई सदर गरेको राजश्व न्यायाधीकरण धरानको मिति ०४०।८।२ को फैसला समेत गैरकानुनी भई त्रुटिपूर्ण हुँदा उक्त फैसला र आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानुन बमोजिम आयकर निर्धारण गर्नु भनी विपक्षी कर कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत महेशकुमार लोहियाको मिति ०४०।११।२।३ को रिट निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखित जवाफ मगाई पेशगर्नु भन्ने यसअदालत सिं.बे.को मिति ०४०।११।२१ को आदेश । ५. पुनरावेदकले हिसाब किताबको आधारमा आयको विवरण पेश गरी सबूद प्रमाणद्वारा पुष्ट्याई गर्न नसकेको हुँदा यो यतिकै खरिद बिक्री भएको भन्ने प्रमाण नभएकोले कर कार्यालयले न्यायोचित अनुमानको आधारमा खूद आय निश्चित गर्नु बाहेक अन्य विकल्प नभई आयकर ऐनको दफा ३३(४) बमोजिम सफाई पेश गर्ने मौका समेत दिई सोही ऐनको दफा ३३(२) मा व्यवस्था भएको प्रकृया समेत