निर्णय नं. २३६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०४/०८ १९०० निर्णय नं. २३६४ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. २४१४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला भोजपुर नेपाले डाँडा गा.पं.वा.नं.९ खेवाछा बस्ने वी रबहादुर चापागाईं । विरूद्ध विपक्षी :भोजपुर जिल्ला अदालत,भोजपुर । कोशी अंचल अदालत,धरान । पूर्वाञ्चल क्षेत्रीय अदालत ,धनकुटा । कुदाक काडेल गा.पं. वडा नं. ६ बस्ने हिरालाल राई । आदेश भएको मिति:२०४२।४।८।३ मा आफ्नो अधिकारक्षेत्र भित्रको कुरामा सबूद प्रमाणको मूल्याङ्कन गरी गरेको उक्त जिल्ला, अञ्चल तथा क्षेत्रीय अदालतको फैसला र आदेशहरूमा कानुनको त्रुटि गरी निर्णय गरेको भन्ने देखिन नआएको हुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.११) आदेश न्या.धनेन्द्र बहादुर सिंहः पूर्वान्चल क्षेत्रीय अदालत सिंगल बेञ्चको मिति २०४१।२।२८ को आदेश लगायत विपक्षीहरूको त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अनुसार पर्न आएको आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ । २. १९५६ सालको मोठमा अमरसिं राईका नाममा दर्ता भएको खेत माटो मुरी ।२० को कित्ता १, १९९० सालको नाबु २० मा वडनिज अमरसिंको दर्ता माटो मुरी ।२ को कित्ता १ समेत जग्गा दर्तावाला अमरसिंले १९६६ साल माघ १७ गते यज्ञनिधि चापागाईंलाई राजीनामा लिई निजको परलोक पछि मेरा बाबु कृष्णभक्तको हक भएको निजको परलोक पश्चात डम्बरबल्लभ चापागाईंको हक हुन आई निजबाट मेरी आमा विष्णुमायाले १९९६ साल मार्ग १६ गते घरसारमा बण्डापत्र गरी २०१४ साल आश्विन ६ गते भोजपुर मालबाट बण्डापत्र रजिष्ट्रेशन पास गरी हक हुन आएको आमालाई रिझाए वापत मिति २०१४।६।७ मा हालैको बकसपत्र पाई जग्गा भोगचलन गर्दै आइरहेको छु । हाल पूर्व कि.नं. ६२७ को नबु मेरै खेत पश्चिम कि.नं. ६२९ मेरै खेत नबु उत्तर कि.नं. ६३३ घुर्सेनी कुलो दक्षिण कि.नं. ६२४ को टारी कुलो यति ४ किल्ला भित्रको कि.नं. ६२८ मा पूर्व कि.नं. ६२८ नाबु मेरै खेत पश्चिम कि.नं. ४२२ खोल्सी उत्तर कि.नं. ६३० नाबु कुलो दक्षिण कि.नं. ६२४ को टारीकुलो यति ४ किल्ला भित्रको कि.नं. ६२९ को मेरो हक भोगको जग्गामा विपक्षीले बाबु मरी मेरो हक भोग भएको भनी मौखिक आधारमा नापीमा भनी नापी गोश्वाराले कि.नं. ६२८ र ६२९ को जग्गा विपक्षीका नाममा अस्थायी दर्ता गरिदिने गरेको निर्णय बदर गरिपाउँ भन्ने फिरादी दावी गरेकोमा कि.नं. ६२८ र ६२९ को जग्गा बाबु मरी मेरो हक हुन आई बाजेकै पालादेखि भोगचलन गरिआएको हुँदा उक्त जग्गा मेरै नाममा सदर गरिपाउँ भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर भएको कि.नं. ६२९ को जग्गा प्र.का. नाममा अस्थायी दर्ता भएको मनासिव छ । कि.नं. ६२८ को जग्गा वादीका नाममा दर्ता हुने ठहर्छ भनी भोजपुर जिल्ला अदालतले गरेको फैसला उपर दुवै पक्षको पुनरावेदन परी प्रतिवादीले दावी गरेको माटो मुरी १।१७।५ को खेत आफूले अघि नै छोरासँग राजीनामा लिई सकेको भनी पुनरावेदन जिकिर लिई सो प्रमाणित गर्न घरसारको राजीनामा पेश गरेको देखियो । फिरादमा नलेखेको घरसारको प्रमाणलाई पुनरावेदनबाट प्रमाणको रूपमा लिन कानुनसंगत नदेखिने हुँदा कि.नं. ६२८ को जग्गा सम्म पुनरावेदकको ठहर्छ । कि.नं. ६२९ को जग्गा आफ्नु हुनुपर्ने भन्ने पुनरावेदन दावी पुग्न नसक्ने ठहर्छ भनी कोशी अं.अ.बाट भएको फैसला