निर्णय नं. ६०१८ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०१८ - उत्प्रेषणयुक्त परमादेश भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५०/१०/११ २६३६ निर्णय नं. : ६०१८ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह २०४७ सालको रिट नं. ११५८ आदेश मिति : ०५०/१०/११/२ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदक :काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं. २ बस्ने सोम प्रसाद आचार्य । विरुद्ध विपक्षी :गुठी संस्थान, गुठी लगत तथा तहबिल कार्यालय, भद्रकाली । ऐ. को वरिष्ठ शाखा अधिकृत माधव प्रसाद शर्मा दुवाडी । गुठी संस्थान केन्द्रिय कार्यालय,रामशाहपथ । नापीका समयमा खोला पसेकोले नापी नभएकै आधारमा पछि आवाद योग्य भएको जग्गामा निवेदकको दावी पुग्न सक्दैन भन्न न्यायसंगत नहुने । (१) (प्र.नं. ७) खोला फर्केपछि सो जग्गा साविक बमोजिम चलन गर्न पाउने हुँदा गुठी लगत तथा तहबिल कार्यालयको मिति ०४७/१०/४ को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । अब कानून बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षीको नाममा परमादेश समेत जारी हुने । (प्र.नं. ७) निवेदक तर्फबाटःX विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX आदेश न्या. सुरेन्द्र प्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. श्री पशुपतिनाथका स्थानमा नित्य गुठी बाँड्ने नै सदावर्त गुठीमा दरिएको साविक बागमती डोल भन्ने खेत रोपनी ११०।।। मध्ये डुकाबु खेत रोपनी १२ को साविक मोही जोगलाल श्रेष्ठ भएको र का.ई. किलागल बस्ने तालुकदार गयानन्द वैद्य मार्फत साल सालको तिरो तिरी आएको जग्गा रमादेवी उपाध्यायनीसँग रु. १९००/– लिई भोगवन्धकी दिई राखेको रुपैयाँ समेत तिर्न र घर खर्च गर्न समेत रु. ६००१/– निज जोगलाललाई दिई २०११/११/१७/२ मा रजिष्ट्रेशन पास गरी मेरो हक भोगको जग्गा हो । सो जग्गामा कहिले खोला पस्ने कहिले छोड्ने गरेको र कमाएको बेलाको कुत कहिले गुठीयार विद्यानन्द वैद्यलाई र कहिले गुठियार तालुकदार गयानन्द वैद्यलाई बुझाई भरपाई लिँदै आएको छु । २०२१ सालमा सर्वे हुँदा गोठाटार गा.वि.स. वडा नं. ४(क) कि.नं. २४ र ४७ को क्षेत्रफल क्रमशः ३–१२–० र २–३–२ र नपुग बाँकी जग्गा हाल खोलाले छोडेकोले मैले कमोद गरी आएको हुँदा मेरो नाममा दर्ता गरी पाउँ भनी प्रत्यर्थी नं. १ मा निवेदन दिई स्थलगत सरजमिन गर्दा खोलाले खानुभन्दा अगाडि देखि निवेदकले नै कमाएको र खोलाले छाडेपछि पनि निवेदकले नै कमाई आएको हो भन्ने समेतको सरजमिन मुचुल्का भयो । गुठीयार तथा तालुकदार गयानन्द वैद्यलाई झिकाई बुझ्दा पनि सोही व्यहोरा लेखाई दिएका छन् । मेरो निवेदन उपर कारवाही हुँदा जग्गा नापी समेत नभएको र नक्साबाट वागमती बगर देखिने हुँदा यस कार्यालयबाट कारवाही गर्न नमिल्ने कुराको जानकारी निवेदकलाई दिने सम्बन्धमा उठेको टिप्पणी मिति ०४७/१०/४ मा सदर भयो । ३. उक्त जग्गा गुठीको होइन भनी विपक्षीले भन्न सकेका छैनन् । जग्गाको बाँकी भाग मेरो नाममा नै दर्ता छ । यस्तो जग्गा दर्ता गर्ने अधिकार विपक्षीलाई छ । गुठीको उक्त निर्णय गुठी संस्थान ऐन, २०३३ को दफा २६(१) विपरित छ । नापीको अवस्थामा खोला पसेको कारणले नापी नभएको कारणले मैले राजीनामा पास गरी लिएको जग्गाबाट मेरो मोहीयानी हक समाप्त गर्न मिल्दैन । मोहियानीको आधार नापी तथा फिल्डबुक होइन भनी सर्वोच्च अदालतबाट पटक पटक प्रतिपादित सिद्धान्त अनुसार पनि नापी समेत नभएको भनी गुठीको जग्गा