निर्णय नं. २३६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/३० २४९५ निर्णय नं. २३६६ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको रिट नं. २४१२ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :कञ्चनपुर जिल्ला महेन्द्रनगर नगर पञ्चायत वडा नं. १७ बस्ने हरिदेव भट्ट । विरूद्ध विपक्षी :प्र.जि.अ.श्री रेवती रमण खनाल १ जिल्ला शिक्षा अधिकारी श्री नवराज शर्मा १ मालपोत अधिरकृत श्री जगन्नाथ प्रसाद श्रेष्ठ १ समेत भएको शिक्षण संस्थान समिति व्यवस्था जिल्ला समिति कंचनपुर । कंचनपुर वन सुढृढिकरण अधिकारी सम्पन्न समिति,कंचनपुर । कंचनपुर जिल्ला महेन्द्रनगर नगर पंचायत वडा नं.१२ स्थित पूर्ण निम्न माध्यामिक विद्यालय,ऐरी। प्रधान पंच महेन्द्रनगर नगर पंचायत,कंचनपुर । आदेश भएको मिति:२०४२।५।३०।१ मा जग्गा ऐलानी नै हो भन्ने कुरा विवादरहित देखिएन, यसबाट वनक्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समितिको अधिकार क्षेत्रभित्र यो पर्छ भन्ने कुरा यकीन गर्न सकिने अवस्था देखिएन । (प्रकरण नं.११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट :विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा र विद्वान अधिवक्ता श्री लक्ष्मण प्रसाद रिसाल उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः शिक्षण संस्था सम्पत्ति व्यवस्था जिल्लासमिति कञ्चनपुरको मिति २०४१।२।२६ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ : २. कञ्चनपुर जिल्ला साविक भुजेला गा.पं. हाल महेन्द्रनगर नगर पञ्चायत अन्तर्गत प्लट नं. १८ को कि.नं. ६७, ७७ को ३–६–१ जग्गा २०२८ सालमा म निवेदकले तीन वर्ष पछि पारित गरी लिने शर्तमा म स.ई.सन्तबहादुर तामाङ्गसँग खरिद गरी पक्की घर समेत बनाई बसोबास भोगचलन गरेको साथै रूपादेवीका नाममा नापी भएको कि.नं. ६२ पर्ति जनिएको ५–१०–१५ विगहा मध्ये आठ कठ्ठा जग्गा मैले भोगी आएको । रूपादेवी भन्ने भारतीय व्यक्ति निज परलोक भएको निजको शेषपछि निजका तर्फबाट कसैले दावी लिन नआएकोले २०२८ सालदेखि आजसम्म अवछिन्न म निवेदकले घरबास गरी बसोबास गरिआएको छु । कञ्चनपुर जिल्ला वन सुदृढीकरण अधिकार सम्पन्न समिति समक्ष म निवेदकले जग्गा आफ्ना नाममा दर्ता गरी पाउन २०३९।२।१० मा निवेदन पत्र चढाएको थिएँ । मेरो निवेदन पत्र परी सकेपछि विपक्षी विद्यालयले सोही जग्गा आफ्ना नाममा दर्ता गरिपाउँ भनी २०३९।६।८ मा उजूर निवेदन दिएको रहेछ । दुवै पक्षको निवेदन समितिको बैठकमा पेश हुनुपर्नेमा मेरो निवेदनलाई त्यसै राखी समितिले २०४१।१।६ मा विद्यालयको नाममा नियमानुसार दर्ता गर्न शिक्षण संस्था सम्पत्ति व्यवस्था जिल्ला समितिको अधिकारमा रहेकोले सोही समितिमा पठाउने भनी फाइल फिर्ता गरी शिक्षण संस्थान सम्पत्ति व्यवस्था समिति कञ्चनपुरको मिति २०४१।२।२६ मा बसेको बैठकले म निवेदकको हक भोगको उल्लिखित जग्गा विपक्षी विद्यालयको नाममा दर्ता गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा दिनु भनी लेखी पठाउने भनी निर्णय गरेको रहेछ । ३. निर्णय गर्दा सरजमीन पञ्चायतको सिफारिश सो जग्गामा अधियाँ कमाएको भन्ने हरिकृष्णले गरेको कागजलाई प्रमाण लगाएको छ । संचालक समितिको मानिसले विद्यालयको जग्गा भनेको सरजमीन प्रमाण नलाग्ने म निवेदकले विद्यालयलाई कुत बुझाउने कागज गरेको छैन । असम्बन्ध प्रमाण ग्रहण गरेको प्र