निर्णय नं. ६०१९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०१९ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५२/०२/१५ २५२४ निर्णय नं. : ६०१९ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०५१ सालको रिट नं. : ३१७९ आदेश मिति : २०५२/२/१५/२ विषय : उत्प्रेषण । निवेदक :जि. प्युठान धर्मावति गा.वि.स. वडा नं. १ बस्ने आसानन्द पण्डित । विरुद्ध विपक्षी :प्यूठान जिल्ला अदालत । पुनरावेदन अदालत, नेपालगञ्ज । जि. दाङ तुल्सीपुर न.पा. वडा नं. ९ बस्ने भिम बहादुर डाँगी । रिट निवेदिकाले अंशवण्डा पास भएको कानून बमोजिमको लिखत भए तर्फ आफ्नो निवेदनमा उल्लेख गरेको पाइन्न । सबूद प्रमाणको मूल्यांकन गरी रिट निवेदिका र निजको पति चक्रपाणीको अंश छुट्टिई सकेको छ या छैन भनी रिट क्षेत्रबाट मूल्यांकन गरी निरोपण गर्न मिल्ने अवस्था हुँदैन । यसै गरी जुन कित्ता जग्गाहरुबाट विगो असुल गरिने भएको छ सो मेरो दाइजोको र निजी हो भन्ने रिट निवेदिकाको भनाई भएकोमा रिट क्षेत्रबाट सबूद प्रमाणको मूल्यांकन गरी विवादको कित्ता जग्गाहरु दाइजो निजी हो वा होइन निर्णय गर्न मिल्ने अवस्था समेत नदेखिई रिट जारी गर्नु पर्ने अवस्थाको नदेखिँदा रिट निवेदन खारेज हुने । (प्र.नं. १४) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री कुल देव राजशाही अवलम्बित नजीरःX आदेश न्या. त्रिलोक प्रताप राणा: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्ष भिम बहादुरले मेरो पति चक्रपाणीसँगको लेनदेन मुद्दामा फैसला बमोजिम विगो भरिभराउको लागि म निवेदिकाको धर्मावति गा.वि.स. वडा नं. १ को कि.नं. ४२४ कि.नं. ११२५ को जग्गा समेतबाट भरिभराउको लागि दरखास्त परेको भनी प्यूठान जिल्ला अदालतबाट म निवेदिकाको नाउँमा जारी भएको १५ दिने सूचना ०५०/४/३० मा तामेल भएकोमा मेरो जेथाबाट भरिभराउ हुन सक्ने होइन भनी २०२५ सालको घरसारको वण्डापत्र, २०३५/३/२३ को राजिनामा, २०४०/८/२३ को दाइजो मासी दिए वापत गरि दिएको राजिनामाको फोटोकपि समेत संलग्न राखी प्युठान जिल्ला अदालतमा निवेदन परेको थियो । ३. २०५०/५/२० मा जिल्ला अदालतबाट जिल्ला प्रशासन कार्यालय प्युठानबाट प्राप्त ०४७ सालको मतदाता मानावलीमा प्रतिवादी चक्रपाणी पण्डित तथा निवेदिका आसानन्द पण्डित एकासगोलमा वसि घर संख्या १७ मा समावेश भएको र चक्रपाणीको कान्छी श्रीमती अलग बसी घर संख्या १८ देखिएबाट द.स. को २६ नं. को आधारमा समेत निवेदकले देखाएको जेथाबाट असुल उपर गर्न मिल्ने नै देखिँदा कानून बमोजिम विगो भरी भराउ गराई दिने भन्ने आदेश भयो। उक्त आदेश उपर अ.वं. १७ नं. अन्तर्गत पुनरावेदन अदालत नेपालगञ्जमा निवेदन गरेकोमा पुनरावेदन अदालतबाट ०५०/९/९ वा जिल्ला अदालतबाट भएको आदेश मनासिव भएकोले कानून बमोजिम गर्नु भन्ने आदेश भएको छ । सो आदेशको नक्कल लिई अन्य उपचारको व्यवस्था समेत नहुँदा सर्वोच्च अदालतको असाधारण क्षेत्रको प्रयोग गराई माग्न आएको छु । ४. २०२५ सालमा छुट्टी भिन्न भएको प्रमाण शुरु जिल्ला अदालतमा पेश छ । उक्त वण्डापत्र अनुसारका खेतबारीहरु पनि वेचलिखत भैसकेका छन् । अंशवण्डाको ३० नं. अनुरुप मान्यता प्राप्त लिखतलाई मतदाता मानावलीमा घर संख्या एकै देखिएको भन्ने आधारले उक्त कानून अनुरुप प्राप्त हक अतिक्रमण हुन सक्दैन । वण्डा हुनु भन्दा अगावैको ऋण हो भन्न पनि सकिएको छैन । ०३५/३/२३ को राजिनामा र दाइजो मासी दिए वापत पति