निर्णय नं. २३६७ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३६७ - लेनदेन भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०४/१५ २६२७ निर्णय नं. २३६७ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.पु.नं. ६७२ मुद्दा : लेनदेन । पुनरावेदक/वादी : काठमाडौं जिल्ला कालीमाटी स्थित नेपाल बैंक लि.का तर्फबाट सोही बैकंका शाखा प्रबन्धक गजेन्द्रमान पती । विरूद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ काठमाडौं नगर पञ्चायत वार्ड नं. २१ अन्तर्गत लगनटोल बस्ने महेश्वर मान शाक्य । फैसला भएको मिति : २०४२।४।१५।३ मा बाणिज्य बैंक ऐन, ०३१ को दफा ४७ तथा ४७(क) ले व्यवस्था गरे मुताविक नेपाल राष्ट्र बैंकको निर्देशित तरिका समेतका आधारमा दावी गरेको साँवा ब्याज प्रतिवादीबाट भरी पाउँदैन भन्न मिल्ने पनि देखिँदैन । (प्रकरण नं.१७) पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५(ख) बमोजिम मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. महेश्वर मान शाक्यका तर्फबाट निजका मानिस सिंहराज बज्राचार्यले बिल बमोजिम भनी विभिन्न किसिमका साइकलका सामानहरू धितो राखी यस बैंकबाट १५,९००। पन्ध्र हजार नौ सय रूपैयाँ कर्जा लिई सो साँवाको सयकडा १६ प्रतिशतका दरले ब्याज लगाई ६ महिनामा बुझाउँला भन्ने समेत व्यहोराको बैंक नियमानुसार २०३३ साल चैत्र २४ गते कर्जा नं. ३९।९९ को तमसुक बमोजिम सो धितो राखेको माल निखन्न नआएको बराबर ताकेता गर्दा पनि सो माल निखन्नमा वास्ता नराखेकोले सो मालसामानहरू बिक्री गरी बैंकको थैली असूल उपर गर्नको लागि २०३५ साल आश्विन २ गतेको गोरखापत्रमा प्रकाशित गरिएको सूचना बमोजिम सो मालसमान खरिद गर्न ग्राहकहरू उपस्थित नभएको हुनाले सो दिन सो बिक्री गर्ने कार्य श्री ५ को सरकारको कार्यालयका प्रतिनिधिहरूको रोहवरमा स्थगित राखी निज महेश्वरमान शाक्यको रोहवरमा उल्लिखित गोदामबाट मालसामानहरू सारी लिएको व्यहोरा निजबाट ०३५।४।१५ गते बैंकलाई सम्बोधन गरी लेख्नु भएकोबाट स्पष्ट छ यस्तो अवस्थामा सो धितो रहेको मालहरू बिक्रीको लागि पुनः गोरखापत्रमा प्रकाशित गरिएकोमा सो कर्जाको संरक्षण गर्न थप जमानी गर्ने वा निखनी लाने काम गर्नेछु हाललाई लिलाम बिक्री रोक्का गरिपाउँ भन्ने महेश्वरमानले २०३५।७।६ मा सम्बोधन गरी लेखी दिनु भई सो अनुसार केही काम गर्न नआउनुभएको हुनाले यस्तो स्थितिमा ०३६।९।५ को सूचना अनुसार २०३६ पौष १६ गते सरकारी कर्मचारीहरूको रोहवरमा सबै भन्दा बढी ३२००। तीनहजार दुई सयमा भाइराजाले कबोल गरेको कुरा निज पाटीलाई जानकारी दिँदा पनि केही विचार नराखेको हुँदा भाइराजा बज्राचार्यलाई ३२००। मा २०३७।१०।२८ मा दिई आएका रकम उक्त हिसाबमा जम्मा गरेको छ । सो अनुसार २०३७ साल चैत्र मसान्तसम्ममा साँवा ब्याज समेत जम्मा रु. २६६७१।६२ मा धितो माल बिक्रीबाट आएको कट्टा गरी बाँकी रु. २३४७१।६२ र २०३८ साल बैशाख १ गते देखि लाग्ने ब्याज समेत बुझाउन ल्याउनु होला भनी निज पाटी महेश्वरमानलाई मिति ०३८।१।२ मा प.सं. ४४।५३ पत्र लेख्दा पनि बेवास्ता गरेबाट बैंकको थैली हजम गरी लिने बदनियत गरेकोले निजलाई यस अदालतबाट झिकाई कानुन बमोजिम गरी उक्त साँवा रु. १५,९००। को लिखित मिति ०३३ चैत्र २४ गते देखि २०३८ साल फाल्गुण मसान्तसम्मको ब