निर्णय नं. ९२२२ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२२२ - लेनदेन भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०१/०८ ३३२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की फैसला मिति : २०७१।१।८।२ ०६८-CI-०२६८ मुद्दा : लेनदेन । पुनरावेदक/प्रतिवादी : जिल्ला बैतडी, रिम गाउँ विकास समिति वडा नं. ९ बस्ने मोहनदेव जोशी विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला बैतडी, रिम गाउँ विकास समिति वडा नं. ६ डरम गाउँ बस्ने पदमबहादुर साउद § आर्थिक दायित्व सिर्जना हुँदाका बखत निजले उक्त लिखतमा आफ्नो उमेर २० वर्ष उल्लेख गरी लिखतलाई स्वीकार गरेको अवस्थामा ऋण तिनुपर्ने दायित्वबाट उम्कनका लागि पछि आएर नाबालकको जिकिर लिनु मनासिब नदेखिने । (प्रकरण नं.४) § विपक्षी र आफूबीच भएको कारोबारलाई पुनरावेदक प्रतिवादीले इन्कार गरेको देखिन्न । लिखत हुँदाको बखत किर्ते वा करकापले लिखत गरेको भन्ने जिकिर लिएको पनि देखिन्न । बरू लिखतबमोजिमको रकम आफूले बुझाएको भनी प्रतिवाद गरेको देखिँदा यी पुनरावेदक प्रतिवादीले विपक्षी वादीसँग कारोबार नै नगरेको भए रकम बुझाउने प्रश्नै नहुने, रकम बुझाएको कानूनबमोजिमको प्रमाणको अभावमा सो पनि स्वीकार गर्न सक्ने अवस्था नरहने हुन्छ । लिखतमा आफ्नो उमेर आफैँले २० वर्ष भनी उल्लेख गरेको र सो तथ्य अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा निजले गरेको कारोबार नाबालकले गरेको सरह मानी यी प्रतिवादीलाई आर्थिक दायित्वबाट छुट दिन नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय प्रेमसिंह धामी र मधुर पाठक प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अ.बं. २४ नं. § मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १८ नं. सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री स्वीकृति पराजुली पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री डिल्लीराज आचार्य मा.न्या.श्री बाबुराम रेग्मी फैसला न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, महेन्द्रनगरबाट मिति २०६८।१।१४ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवम्‍ ठहर निम्नबमोजिम रहेको छ : १. तथ्य खण्डः मिति २०५८ साल मङ्‍सिर १२ गतेका दिन विपक्षी प्रतिवादी मेरो घरमा आई मेरो नयाँ घर निर्माण कार्य भइरहेको हुँदा अहिले रूपैयाँको अभावको कुरामा विश्वास गरी मिति २०५८।८।१२ गते रू.२५,०००।– कर्जा दिई सो कर्जा चुक्ता गर्ने मिति २०५८।८।१७ भित्र भाखा राखेकोमा सो कर्जा लिएको ८ वर्ष भै सक्दा पनि पटकपटक कर्जा चुक्ता गर भन्दा अनेकौँ बहाना बनाई १० वर्ष भुक्तान गरी कपाली तमसुकको औचित्यविहीन गर्ने विपक्षी प्रतिवादीको नियत भई रकम माग गर्दासमेत नदिएबाट मिति २०५८।८।१२ मा लिएको कर्जा रू.२५,०००।– र आजसम्म कानूनबमोजिम सयकडा १० ले हुन आउने व्याज १९,८३८।३० समेत जम्मा रूपैयाँँ ४४,८९८।३० को साथै फैसला भई अन्तिम किनारा नहुन्जेलसम्मको व्याजसमेत विपक्षीबाट असुलउपर गरिपाउँ भन्नेसमेत व्यहोराको पदमबहादुर साउदको बैतडी जिल्ला अदालतमा दायर भएको फिराद दावी । विपक्षीसँग लिएको ऋण र व्याजसमेत मैले मिति २०६२।७।५ गते फिर्ता बुझाएको थिएँ । ऋण लिएको रू.२५,०००।– र व्याज १०,०००।–समेत जम्मा रू.३५,०००।– निज फिरादीलाई रिम गा.वि.स.वडा नं. ९ को स्थानीय बजार गौरीधारा साहु इन्द्रदत्त जोशीको माथिल्लो तलाको कोठामा रोहबरमा इन्द्रदत्त जोशी, धनीदत्त जोशी, प्रेमसिंह कार्की, डम्बरदत्त जोशी, केशवराज भट्टसमेत भएक