निर्णय नं. २३६८ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३६८ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/२० २४३८ निर्णय नं. २३६८ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रि.नं. २३१७ विषय : उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ । निवेदक :का.जि.का.न.पं.वडा नं. ३३ ज्ञानेश्वर बस्ने राजिव दाहाल । विरूद्ध विपक्षी :गुठी संस्थान केन्द्रीय कार्यालय । गुठी संस्थान लगत तथा तहसिल कार्यालय भद्रकाली । का.न.पं. वडा नं. १० बस्ने सुनिता वस्नेत । ऐ.ऐ बस्ने गङ्गामान मर्हजन । आदेश भएको मिति:२०४२।५।२०।५ मा निवेदनमा निवेदकका माग अनुसारको कारवाही गर्नुपर्ने नपर्ने कुराको कुनै निर्णय भएको गरेको भन्ने लिखित जवाफबाट देखिँदैन, तसर्थ रिट निवेदकले दिएको भनेको निवेदनमा कानुन बमोजिम कारवाही निर्णय गर्नु भनी प्रत्यर्थी गुठी संस्थान र गुठी लगत तथा तहसिल कार्यालयका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.९) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विपक्षी तर्फबाट :विद्वान अधिवक्ताहरु श्री इच्छाहर्ष बज्राचार्य, श्री अनुपराज शर्मा र श्री श्यामध्वज कार्की उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः गुठी संस्थान लगत तथा तहसिल कार्यालयको मिति ०४०।२।४ को निर्णय समेत बदर गरिपाउँ भनी संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ : २. साविक का.जि.वानेश्वर महादेवस्थान गा.पं.वडा नं. ८(क) हाल का.जि.का.न.पं.वडा नं. १० बानेश्वर महादेवस्थानको पूर्व सिद्धिभक्त राजभण्डारी र सुन्दरकुमारी बोगटीको जग्गा पश्चिम विश्वनाथ उपाध्यायको जग्गा उत्तर जेठाकाजी राजभण्डारीको जग्गा र दक्षिण काठमाडौं भक्तपुर राजमार्ग यति चार किल्ला भित्रको कि.नं. ६९ को जग्गाको साविक जोगमान महर्जनको मृत्यु भई निजको शेषपछि स्वास्नी कान्छी महर्जन र नाबालक छोरा गङ्गामान महर्जन बाहेक एकासगोलका अरु कोही हकवाला नभई निज कान्छी महर्जनले हकभोग गरिआएको सो जग्गाको केही भाग दक्षिणतर्फ बनिरहेको राजमार्गमा परेदेखि बाहेक अन्दाजी १० आना जति बाँकी रहने अनुमान गरी निज कान्छी महर्जनले मेरो एकासगोलकी माता इश्वरी उपाध्यायलाई रु. २०००। मा मिति २०३६।१०।१ मा घरसारको लिखत गरी फार्छे राजीनामा गरिलिएकोमा नापीमा गल्तीले निजी विर्ता जग्गाको जग्गाधनीमा श्री ५ को सरकारको गुठी र मोहीमा जोगमान मानन्धर लेखिन गई लिखत म्यादभित्र पारित हुन नसकेको, कान्छी महर्जन पोइल गएकी र प्रत्यर्थी गंगामान ३, ४ वर्षको नाबालख हुँदा उक्त जग्गा हाम्रो भोग चलनमा थियो । प्रत्यर्थी गंगामान साबालख भएपछि २०३९।२।२४ मा मोही आफ्नो नाममा नामसारी गराएकोमा जग्गाधनी तर्फ २०३८।१२।२९ मा नयाँ लगत कायम भई उक्त कि.नं. ६९ को जग्गा त्रिपुरेश्वर महादेवस्थानमा नित्यभजन गर्ने गुठी कायम गरेको जग्गाधनी दर्ता प्रमाण पूर्जा तथा गुठी संस्थान लगत तथा तहसिल कार्यालयको २०३९।१।३ को निर्णयबाट प्राप्त हुन आएको छ । सो जग्गाको पश्चिमतर्फबाट भन्ने बोली पारी ज.रो. ०–१२–३ विपक्षी गंगामानबाट २०३९।५।१८ मा मैले रजिष्ट्रेशन पारित गराई बकसपत्र गराई लिए । सो कि.नं. ६९ को चार किल्लाभित्र मलाई बकसपत्र गरिदिए बाहेक चार आना जग्गा मात्र बाँकी छ अरु जग्गा २०३६ सालमा बनेको राजमार्गमा परिसकेको जग्गा मैले लिएको होइन । उक्त कि.नं. ६९ को जग्गा मध्ये राजमार्गमा परी बाँकी र