निर्णय नं. २३७० - मोही निष्काशन गरी चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३७० - मोही निष्काशन गरी चलन चलाई पाउँ भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/१८ २१५३ निर्णय नं. २३७० ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ५१३ मुद्दा : मोही निष्काशन गरी चलन चलाई पाउँ । पुनरावेदक/प्रतिवादी:जि.बाँके हसनापुर गा.पं. वार्ड नं. ६ बस्ने दौलत खाँ । विरूद्ध विपक्षी/वादी:जि.बाँके बसन्तपुर गा.पं.वार्ड नं. ६ बस्ने इस्माइल रग । ऐ.ऐ बस्ने रमजान खाँ । ऐ.ऐ बस्ने मोहमद सरिफ खाँ । फैसला भएको मिति:२०४२।५।१८।३ मा बाली बटैयाको मुचुल्काको नक्कल सारी थाहा भएको मितिले फिराद गर्न पाउने ऐनले व्यवस्था गरेको देखिएन, तसर्थ बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट परेको फिरादलाई म्यादभित्रको भन्न नमिल्ने । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी वादी तर्फवाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. मोही अब्बास खाँ मरी विपक्षी मोही नाउँमा संयुक्त दर्ता भएको बाँके रनियापुर गा.पं.वार्ड नं. २ को कि.नं. ६९ दौलत खाँले हामी फिरादीको ज.वि. ०–१५–३ मोहीको हैसियतले अधियाँ बटैयामा जोती कमाई आएकोमा उक्त जग्गामा ०३७ सालको धान बालीमा राम्रोसँग खन जोत मल जल केही नगरी आई आर एट धान लागेकोमा बालीको रेखदेख नगरी उक्त जग्गाको हैसियत र मोल उब्जा घटाएको र बाली बटैया गर्दा पनि भू.सु.ऐनको प्रक्रिया नअपनाई अनधिकृत डोर ल्याई उक्त जग्गाको ३ क्वीन्टल ५० किलो धान उब्जा देखाई हामीहरूको हिस्सा १ क्वीन्टल २५ किलो बटैया गरेको कुरा ०३७।११।२३ मा भू.सु.बाट बटैया गरेको मुचुल्काको नक्कल लिँदा थाहा पाएकोले भू.सु.ऐन, ०२१ को दफा २९(१) को (क) बमोजिम उक्त जग्गाबाट मोही निष्काशन गरी चलन चलाई पाउँ भन्ने फिरादपत्र । ३. वादी दावी कि.नं. ६९ तथा दावी नगरेको कि.नं. ६८ समेत तिंकुर शर्तमा कमाई आएको छु । अधियाँमा जोतेको छैन । दावी कित्तामा ०३७ सालमा रोपेको धानमा किरा लागि बाली नाश भई राम्रो उब्जा नभएकोले वादीको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर । ४. बालीमा के कस्तो किरा लागेको हो र के कस्तो औषधी प्रयोग गरेको हो सो कुरा कागज गराउँदा प्रतिवादीले उल्लेख गर्न नसकेको र धान बटैया गर्दा भू.सु., ०२१ को दफा ३६ को प्रकृया पूरा नगरी जति बाली देखायो त्यति नै बटवारा गरेको समेत देखिएकोले र मोहीले जग्गाधनी प्रति खुला ह्दयले बटैया गरेको समेत देखिन नआई भू.सु. ऐनको दफा २९(१)(क) को व्यवस्था प्रति उदासिन रही उल्लघंन समेत गरेकोले मोही निष्काशन हुने ठहर्छ भन्ने शुरू जिल्ला अदालतको फैसला । ५. शुरू जि.अ.को इन्साफ बदर गरी वादीदावीबाट फुर्सदपाउँ भन्नेसमेत पुनरावेदन जिकिर, मोहियानीबाट निष्काशन गर्ने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत भे.अं.अदालतको ०३९।९।१२ को फैसला । ६. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको ०४०।१।२३ को आदेश । ७. मोहियानी हक निष्काशन गर्ने गरेको शुरू इन्साफ मनासिव ठहराएको अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्न