निर्णय नं. ६०२३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०२३ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५१/१२/२८ २५०० निर्णय नं.: ६०२३ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ सम्वत् २०५० सालको रिट नं. : ३०९३ आदेश मिति : २०५१/१२/२८/३ विषय : उत्प्रेषण निवेदक :झापा जिल्ला, अनारमनी गा.वि.स. वडा नं. ३ विर्तामोड बस्ने जीवनकुमार रिजाल। विरुद्ध विपक्षी :जिल्ला विकास समिति झापा । ऐ. को कार्यालय झापा । १ वर्षको लागि प्रदान हुने ठेक्का सम्बन्धी काम कारवाही विवादको दावी विरोध र छिनोफानो साधारणत सोही अवधि भित्र भएन भने त्यसपछिको अवधिमा त्यसको तात्विक महत्व नहुने । (प्र.नं. ११) कुनै कुराको जानकारी पाउने कुरा लिखित रुपमा सूचना पाएपछि मात्र हुन्छ भनी भन्न मिल्दैन । विषयको प्रकृति अवस्था थाहा पाउनु लिनु पर्ने दायित्व पक्षको पनि हुन्छ । १ वर्षको ठेक्का विषयमा धरौटी राखेको व्यक्तिले आफूले टेण्डर हालेको विषयमा के निर्णय भयो सो बारे कुनै चासो नै नलिई त्यत्तिकै चुप लागी बस्नुलाई स्वभाविक मान्न नमिल्ने । (प्र.नं. ११) एक वर्षको ठेक्काको विषयमा कुनै जानकारी नलिई ३ वर्षसम्म चुप लागी वास्ता नगरी निवेदक बसे होलान् भनी अनुमान गर्न नमिल्ने । (प्र.नं. ११) विधिवत धरौटी जफत भएको लिखित सूचना निवेदकले ०५०/६/१७ मा पाए पनि ०४७/०४८ को ठेक्काको विषयमा २०५०/१०/३ मा दिएको रिट निवेदन ३ वर्ष विलम्ब गरी आएको र विलम्ब हुनको उचित र मुनासिव आधार समेत निवेदकले देखाउन नसकेको अवस्थामा रिट निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ११) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्त श्री रतनलाल कनौडिया विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX आदेश न्या. मोहन प्रसाद शर्माःनेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. प्रत्यर्थी नं. १ बाट मिति ०४७/३/१५ मा विदेश निकासी हुने विभिन्न सरसामानमा असूल गरिने विदेश निकासी विकास कर असुली भन्ने ठेक्का–१, लकडी निकासी ठेक्का–१, पशु विदेश निकासी कर ठेक्का–१, शाखा सडक सवारी कर ठेक्का तथा ढुङ्गा निकासी कर ठेक्का–१ समेतको ठेक्काको लागि शिलवन्दी टेण्डर आव्हान गरी छुट्टाछुट्टै सूचना गरेको र विभिन्न सामग्री विदेश निकासी ठेक्काको सूचना बाहेकको अरु सूचनाहरुमा बैंक ग्यारेण्टी भन्ने लेखिएकोमा त्यसको सट्टामा नगद बैंक जम्मा गर्नु भन्ने संशोधन गरी ०४७/३/२५ मा अर्को सूचना प्रकाशित गरेको र मिति ०४७/३/२६ मा एउटा अर्को सूचना प्रकाशित गरेको र त्यसमा टेण्डर फाराम उपलब्ध हुने मिति ०४७/३/२७ को सट्टा ऐ. २७ गते र टेण्डर फारम दाखिल गर्ने तथा खोल्ने क्रमशः २०४७/३/२७ को सट्टा ऐ. २८ गते तथा मिति ०४७/३/२८ को सट्टा ऐ. २९ गते राखी पशु विदेश निकासी कर असूली ठेक्का र उक्त उल्लेखित अन्य वस्तुको ठेक्का करको संयुक्त एउटै टेण्डर पनि दाखिल गर्न सक्ने भन्ने उल्लेख छ । ३. प्रत्यर्थी नं. २ को मिति ०४७/३/१५, ०४७/३/२६ को उक्त सूचना अनुसार निवेदकले म्याद भित्र टेण्डर फाराम लिई म्याद भित्रै टेण्डर फाराम दाखिल गरेको र सो टेण्डरमा झापा जिल्लाबाट विदेश निकासी हुने पशु निकासी कर सम्बन्धी टेण्डर फाराम भन्ने छापिएको भए पनि लिन चाहेको ठेक्काको विवरण भन्ने महलमा विभिन्न सामग्री विदेश निकासी कर भन्ने प्रष्ट उल्लेख गरी निवेदकले म्याद भित्रै तोकेकै समयमा सो टेण्डर फाराम दाखिल गरेको र प्रत्यर्थी नं. २ बा