निर्णय नं. २३७१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३७१ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०२/१८ २२८९ निर्णय नं. २३७१ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको फौ.सा.नं. १९९ मुद्दा : कर्तव्य ज्यान । वादी:केशवराज पाण्डेको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:स्याङजा जिल्ला चण्डी भञ्ज्याङ गा.पं.वा.नं.४ बस्ने याम कुमारी पाण्डे समेत । फैसला भएको मिति:२०४२।२।१८।६ मा अवला नारीले समाजको लोकापवादबाट बच्न त्यसरी छिपाउन निमित्त गाड्नु स्वाभाविवकै देखिँदा माथि लेखिए बमोजिमको सजायँ गर्दा चर्को पर्न जाने हुँदा निजलाई कैद वर्ष ५(पाँच) सम्म गर्नु उपयुक्त ठानी अ.बं. १८८ नं. अनुसार जाहेर गरेतर्फ हेर्दा उल्लिखित कारणहरूबाट समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतले उक्त अ.बं. १८८ नं. लगाई व्यक्त गरेको राय मनासिव ठहर्छ। (प्रकरण नं.१२) वादी तर्फबाटःX विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः मेरो भाइ बुहारी विधवा यामकुमारी पाण्डेले नाबालख छोरी २ पाली बसेकी निज मोहिनीलालसँग ०३६।५ देखि करणीमा बिग्री गर्भ रहन गई ०३७।२।११ गते बेलुका छोरा जातक जन्मी जन्मने बित्तिकै बारीमा लगी खाल्टो खनी माटाले पुरी ढुङ्गाले अठ्याएकी हुन् भनेकोले जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको केसौराजको जाहेरी । २. ०३६।५।११ गतेका दिन अं. १२ बजे टागे धारामा पानी लिन गएको अवस्था मोहिनीलाल पनि पानी लिन गएका पानी भरी गाग्री बोक्ने अवस्थामा निजले गाग्री बोक्न नदिई मेरा कम्मरमा समाई कान्लातर्फ लगेकोले मेरो पनि करणी गराउने मञ्जूर भएकोले करणी लिनु दिनु भइसकेपछि पानी लिई घरमा गएँ सोही दिनबाट गर्भ रहन गएछ । गर्भ रहेको कुरा कसैलाई थाहा नदिई बसेको ०३७।२।११ गते बेलुकाको समयमा कम्मर दुखी घरदेखि पछाडि बारीमा जाँदा सालनाल सहितको छोरा जातक जन्मेकोले हत्तपत्त माटो पन्छाई खाल्टो पारी खाडलमा हाली माटाले पुरी ढुंगाले थिची दिएको हुँ भन्ने समेत यामकुमारी पाण्डेको कागज । ३. यामकुमारी ०३६। भाद्र देखि मोहिनीलालसँग करणीमा बिग्री छोरा जातक जन्माई कर्तव्य गरी मारेको हो मार्नेमा मोहिनीलाल तथा अन्य कुनै व्यक्तिको हात छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ४. ०३६ साल भाद्र ९।१० गते केमा हो गाउँ कै टांगे धारामा पानी लिन गएको सो अवस्थामा कुरा गर्दा यामकुमारीले करणी गर्ने मञ्जूर गरेकोले भित्तामा उभिई उभिई करणी लिनु दिनु गरेर मेरै करणी विर्यबाट गर्भ रहेछ गाउँलेले कुरा गरेको सुन्दा मेरो गर्भ बोकेका भए हिँड भन्दा बोकेको छैन भनिन् यही ज्येष्ठ ११ गते छोरा जातक पैदा गरी जन्मने बित्तिकै घाँटी अठ्याई माटा ढुंगाले पुरी कर्तव्य गरी मारेको हुन गर्भ बोकेको कुरा प्रचारमा नल्याउने दबाउने छिपाउने विचारले मलाईसमेत छली बच्चा मार्ने गाड्नेसमेत गरिछन् भन्ने समेत व्यहोराको मोहिनीलालको बयान कागज । ५. जाहेरी तथा अभियुक्तको कागज मौकाको सरजमीन समेतबाट यामकुमारीले मोहिनीलालसँग करणीमा फसी निजको विर्यबाट रहेको गर्भ ०३७।२।११ गते जिउँदै जन्माई कर्तव्य गरी मारी गाडेको स्वसिद्ध देखिन आएकोले निज यामकुमारी पाण्डे उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३।३ अनुसार सजायँ हुन माग दावी गरेका छौं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ६. ०३६।५।९ गते पानी लिन पँधेरामा गएको थिएँ । त्यसैबेला मोहिनीलाल पनि गएका रहेछन् पानी भर्ने ठाउँ खोल्सो भएकोले कसैले नदेख्ने थियो