निर्णय नं. ९१६९ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१६९ - सवारी ज्यान भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०२/२७ ७५६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।२।२७।३ ०७०–CR–०९३४ मुद्दा : सवारी ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला पाल्पा, पालुङ मैनादी गा.वि.स. वडा नं. ६ बस्ने टेकबहादुरको छोरा कृष्णबहादुर कुँवरसमेत विरूद्ध प्रत्यर्थी/वादी : कृष्णबहादुर थापाको जाहेरीले नेपाल सरकार § व्यक्ति विशेषबाट मृतकको हत्या भएको भए वा मृतक बाटोमा दैवी परी लडी मरेको भए एउटै चोटबाट त्यसकिसिमले टाउको क्षतविक्षत हुने कुरा सामान्यतया सम्भव हुँदैन । मृतकउपर कसैबाट हतियार प्रहार भएको थियो भन्ने कुरा शव परीक्षण प्रतिवेदनलगायतका लिखतबाट खुल्न सकेको छैन । तमाम मिसिल र स्वयम्‍ प्रतिवादीहरूको बयानमा मृतकको मृत्यु अरू कसैबाट भएको वा मृतक आफैं लडी मरेको कुरा उल्लेख हुन नसक्नु र उक्त दिनसमयमा वारदातस्थल हुँदै ना. ३ ख ६९० नं. को ट्रक चलाएको कुरालाई स्वीकार गर्नु जस्ता परिस्थितिहरू (circumstances) र स्वतन्त्र प्रमाणहरूको रोहमा र प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) को देहाय (१) अनुसार मौकामा बयान गर्दा प्रतिवादीहरू होशमा नरहेका वा देहाय (२) वा (३) अनुसारको प्रलोभन, यातना, आदि दिएको वा कुटपीट आदि भएको कुरा प्रमाणित हुन नसकेबाट प्रतिवादीहरूको प्रहरी साबितीलाई अमान्य गर्न मिल्ने नदेखिने । § प्रतिवादीले गरेको कुकृत्यबाट आक्रोशित भै तत्काल समाज वा प्रहरीले प्रतिवादीलाई कुटपीट आदि गरी वा अड्डीवाल प्रतिवादीलाई फकाई फुल्याई साबित गराएको भए पनि प्रतिवादीले कसुर गरेको कुरा अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा उक्त दफा ९(२)(क) को देहाय (२) वा (३) को अवस्था रहेको भनी प्रतिवादीलाई सफाइ दिनु न्यायसम्मत नहुने । (प्रकरण नं.६) § अनुसन्धानको हरेक कमीकमजोरीको प्रतिवादीले फाइदा पाउन थालेमा समाजमा दण्डहीनताले प्रश्रय पाउने, पीडित र समाजले न्यायको अनुभूति गर्न नसक्ने र न्याय पराजित हुने अवस्था आउँछ । यस सन्दर्भमा प्रमाण ऐन, २०३१ को दफा ५४ ले कुनै प्रमाण बुझिएको वा नबुझिएको कारणबाट मात्र कुनै फैसला वा आदेश बदर हुने छैन । तर त्यसबाट निर्णयमा असर पर्न गएको रहेछ भने त्यस्तो फैसला वा आदेश बदर हुनेछ भनी गरेको व्यवस्थालाई न्यायमूर्तिले विचार गर्नैपर्ने । (प्रकरण नं.७) § खतरनाक हँकाईबाट मानिस मरेमा चालकलाई अधिकतम्‍ १४ वर्षसम्म कैद र जरिवानासमेत हुन सक्छ भने मानिस नमरेमा अधिकतम्‍ २ वर्ष कैद वा जरिवाना वा दुबै तथा कम्तीमा १ वर्षका लागि सवारी चलाउन नपाउने सजाय हुने देखिन्छ । लापरवाहीपूर्ण हँकाईबाट मानिस मरेमा चालकलाई बढीमा ५ वर्षसम्म कैद वा जरिवाना वा दुबै र मानिस नमरेमा ५ स्तरसम्मको जरिवाना र सवारी अनुमतिपत्रमा पेनाल्टी प्वाइण्ट जनाउने वा निश्‍चित अवधिको लागि सवारी चलाउन नपाउने सजाय हुन सक्ने । § त्यस अतिरिक्त कठोर दायित्वको कसुर भन्‍न नमिले पनि प्रतिवादीउपरको प्रमाण आदिको भारले गर्दा कठोर दायित्वकै समकक्षी सरहको causing death by careless or inconsiderate driving when under the influence of drink or drugs कसुरमा अधिकतम्‍ १४ वर्षसम्म कैद हुने । (प्रकरण नं.१३) पुनरावेदक/प्रतावदीका तर्फबाट : विद्वान्‍ वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ तथा विद्वान्‍ अधिवक्ता राज्यलक्ष्मी बज्राचार्य प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेकाप २०६६ को पृष्ठ ४७८, ऐ