निर्णय नं. २३७२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३७२ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०४/१७ २१७० निर्णय नं. २३७२ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. २३४८ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पं.वडा नं.२४ बटु टोल बस्ने जगत बहादुर बासुकला । विरूद्ध विपक्षी :का.न.पं.का प्र.पञ्च कमल चित्रकार । का.जि.का.न.पं. वडा नं.२४ वटु टोल बस्न सेर बहादुर वासुकला । आदेश भएको मिति:२०४२।४।१७।५ मा तेरो मेरोको प्रश्न उपस्थित भएको स्थितिमा नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतमा जान सुनाउनु पर्ने । (प्रकरण नं.८) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः विपक्षी का.न.पं.को २०४१।२।४ को गैरकानुनी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षिप्त निम्न प्रकार छ : २. यसमा घरबनाउने भनेको जग्गाको नक्सासाथ पेशगरेको प्रमाण र ओभरसियरले पेशगरेको प्रतिवेदन समेतबाट एकै मिलान देखिएकोले प्रतिवादीको उजूरी दावी मनासिव देखिएन। वादीले पेश गरेको नक्सा बमोजिमको घर बनाउन नक्सा पास पुर्जी गरिदिने ठहर्छ भन्ने समेत व्यहोराको का.न.पं.को २०४१।२।४।५ को फैसला । ३. विपक्षी नं. २ मेरो भिन्न भएका दाजु हुनुहुन्छ । मलाई पूर्व उत्तर दक्षिण सँधियार देखाई का.न.पं. वडा नं. २४ को कि.नं. ४२६ को लम्बा फिट १६।७ चौडा फिट २०।५ उचाई फिट ४४ को नक्सा बमोजिम घर बनाउन का.न.पं.मा दर्खास्त दिएको । सो जग्गा दाजु र म सगोल छँदा लक्ष्मीदेवी, तुलसीदेवीसँग २०११।१।७।१ मा पारित गरिलिएको थियो । २०१८।८।२६ गते बण्डापास गर्दा उत्तर दक्षिण २ नाले २ कवले ४ तल्ले घर र पूर्वपट्टिको लम्बा हात ७ गज हात ९ को घर पाताल आधि आधि लिई दिई बण्डा बमोजिम भोगचलन गरिआएको विपक्षीको जग्गा पश्चिम मोहडामा १४ फुट ६ इन्ची मात्र भएकोमा विपक्षीले १६ फुट ७ इन्ची आफ्नो हक भन्दा बढी नक्सा दिनु भई सूचनाको म्यादभित्र का.न.पं.मै विपक्षी दाजुको १४ फुट ६ इन्ची मात्र हो बढी २ फुट १ इन्ची जग्गा मेरो कायम गरी मात्र घर बनाउन दिन मञ्जूर छ भनी विरोध दर्शाई उजूर दिएको थिएँ । विपक्षी बसी आएको घर विवादको जग्गा समेत कि.नं. ४२६ को क्षेत्रफल ०–२–३–२ र मेरो स्ववासी घरको कि.नं. ४२५ को क्षेत्रफल ०–१–०–२ र विवादको जग्गाको कि.नं. ४२४ को क्षेत्रफल ०–०–२–२ को ज.ध.प्र.पू. पाइसकेको छु त्यसमा कसैको विरोध छैन । यस्तो स्थितिमा नक्सा बमोजिमको घर बनाउन नक्सा पास पुर्जी गरी निवेदन दिने ठहर्छ भन्ने विपक्षी का.न.पं.ले निर्णय गरेको घर बनाउने जग्गामा नै तेरो मेरो विवाद चलेको मिसिलबाट प्रष्ट देखिन्छ । त्यस्तो हक बेहक परेको छुट्याउनु पर्ने देखिएकोमा नक्सा पास हुने फैसला गर्न पाउने नगर पञ्चायत ऐनले अधिकार दिएको छैन । न.पं.ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आउनु भनी सुनाउनु पर्नेमा आफैंले न्यायिक हक कायम गर्ने गरेको विपक्षी का.न.पं.को २०४१।२।४ को फैसला नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ४. विपक्षीबाट लिखित जवाफ झिकाई आएपछि पेश गर्नु भन्ने सिंगल बेञ्चको आदेश। ५. यसमा नापीमा २०३५।१२।२४ मा द.नं. १५