निर्णय नं. ६०२४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०२४ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५२/०३/१६ २४१८ निर्णय नं.: ६०२४ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०५० सालको रि.नं. : ३२९१ आदेश मिति : २०५२/३/१६/६ विषय : उत्प्रेषण । निवेदक :काठमाडौं जिल्ला का.न.पा. वडा नं. १२ कालिमाटी बस्ने मदनमोहन श्रेष्ठ । विरुद्ध विपक्षी :मालपोत कार्यालय काठमाडौं समेत । ऐ. को मालपोत अधिकृत । मालपोत विभाग,काठमाडौं । साविक दर्ता भिडेको अदालतको अन्तिम फैसलाले ठहर गरेको कुरालाई अन्यथा गर्ने गरी मालपोत विभागले पत्र लेख्ने र मालपोत कार्यालय काठमाडौंले उक्त कि.नं. २०७ र १७७ को जग्गा रोक्का राख्ने र तिरो नबुझ्ने गर्ने गरेको सम्पूर्ण कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । दर्ता भएको उक्त जग्गाको मालपोत बुझिलिनु र रोक्का समेत फुकुवा गरी दिनु भनी मालपोत कार्यालय काठमाडौंको नाममा परमादेशको आदेश समेत जारी हुने। (प्र.नं. ८) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री प्रेम बहादुर खड्का ,विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी तर्फबाट :विद्वान वरिष्ठ सरकारी अधिवक्ता देवशरण प्रसाद अवलम्बित नजीरःX आदेश न्या. मोहन प्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरो स्वर्गीय पिता बेखालालका नाउँमा साविक दर्ता धोविखोला रोपनी ६–०–० र ऐ. १–०–इ मोठ लगत श्रेस्ताबाट भिड्ने जग्गा मध्ये २०२१ सालको नापीको समयमा खोला पसी बाँकी नरहेको जग्गा महादेवस्थान गा.प. वडा नं. ५ कि.नं. ४२ कायम भै रोपनी ३–१–० जग्गा नापी भै ०३०/५/२३ मा म निवेदकको नाममा नामसारी भएको जग्गा भए तापनि साविक श्रेष्ता बमोजिमको मालपोत ने.रा.बैंकमा जम्मा गर्दै आएकोमा ०४२ सालमा नयाँ नापी हुँदाको अवस्था खोलाले जग्गा छाडी मेरो भोगमा रहेको नापी हुँदाका का.जि.का.न.पा. वडा नं. १० कि.नं. २ र ५० मा क्रमशः रोपनी ५–६–०–३ र १–७–२–२ गरी जम्मा ६–१३–३–१ रोपनी कायम भए अनुसार ०४३/७/३ मा सूचना प्रकाशित हुँदा कसैको पनि उजुरी नपरी २०२१/२/३० को लगत नं. ३७७ हा.नं. ४२६ को रसिद नेपाल राष्ट्र बैंकको भौचर तत्कालिन का.न.पा. का सिफारिश समेतको आधारमा अख्तियार प्राप्त अधिकारीको ०४६/७/१६ को निर्णयानुसार मेरो नाममा दर्ता भएको जग्गा मध्ये ३–१३–२–० रोपनी जग्गा पश्चिम तर्फबाट घुसाएको हुँदा सार्वजनिक कायम गरी वाँझो राखी पाउँ भनी का.जि.का.न.पा. वडा नं. १० बस्ने शिवराम भट्टराईको का.जि.अ. मा परेको मुद्दामा न निवेदकको सबूद प्रमाणको मूल्याङ्कन गरी मेरो नै ठहराउने गरी ०५०/४/२० मा फैसला भै अन्तिम रुपमा रहेको छ । मालपोत कार्यालयले कार्य दल आयोगको हवाला दिँदै मेरो कि.नं. २ कित्ताकाट गरी कि.नं. २०६ र २०७ गरी कि.नं. २०७ बाट १–३–२ रोपनी र कि.नं. ५० कित्ताकाट गरी कि.नं. १७६ र १७७ गरेको कि.नं. १७७ बाट ०–१–० रोपनी जग्गा पछि ठहरे बमोजिम हुने गरी रोक्का राखी बाँकी ४–१४–२ को मात्र मालपोत बुझ्ने गरी ०५०/९/२९ मा भएको आदेश भएबाट अन्यायमा परी यो निवेदन गर्न आएको छु । ३. मेरो पिता बेखालालको नाममा साविक २०२१ सालको नापी हुनु भन्दा अगाडि देखि ७–०–० रोपनी दर्ता भए मध्येकै जग्गा ०४६/७/१६ का निर्णयले दर्ता भएको हो भन्ने कुरा ०५०/४/२० को का.जि.अ. को फैसलाले पुष्टी गरेको छ । उक्त फैसला प्रतिकूल हुने गरी निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई कुनै ऐनले