निर्णय नं. २३७३ - गैरकानुनी लाभ हानी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३७३ - गैरकानुनी लाभ हानी भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०२/३२ २८४३ निर्णय नं. २३७३ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ५३८ मुद्दा : गैरकानुनी लाभ हानी । पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२९ गलको पाखो बस्ने राजकुमार साही खड्गी । विरूद्ध विपक्षी/वादी:श्री ५ को सरकार (विशेष प्रहरी विभाग) फैसला भएको मिति: २०४२।२।३२।६ मा क्षेत्रीय अदालत नियमावली, २०३६ को नियम १८(ग) मा पाँच हजार रूपैयाँ भन्दा बढी दण्ड जरिवाना हुने मुद्दा डिभिजन बेञ्चबाट हेरिने भन्ने उल्लेख भएको । (प्रकरण नं.२२) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विपक्षी वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दाःX फैसला न्या.बब्बर प्रसाद सिंहः मध्यमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी पुनरावेदक प्रतिवादी राजकुमार खड्गीको यस अदालतमा परेको पुनरावेदनबाट पुनरावेदन गर्ने अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् । २. नेपाल बैंक लि.के.का.मा मिति २०३६।४।२९ मा रु. ३६२५०। आफ्नो नाममा खाता खोली जम्मा गरी राखेकोमा २०३७।५।३ मा रु. ३६२४०। झिक्न जाँदा सोही बैंकको कर्मचारीले खातामा रकम खत्तम भइसकेको छ, भनेकोले उक्त खाता खोल्दा साथमा जाने राजकुमार साहले सोही बैंकका कर्मचारी रामशरण बस्नेतलाई हात लिई मेरो सही समेत कीर्ते गरी रकम झिकी हिनामिना गरेकोले निजहरू उपर कारवाही गरी मेरो रूपैयाँ दिलाई पाउँ भनी व्यहोरा वि.प्र.वि.मा प्रेम बहादुर प्रधानको कागज रहेछ । ३. यस बैंकको बचत नं. ३७२१५ प्रेम बहादुर प्रधानको खाताबाट ६ पटक गरी जम्मा रु. ३६१००। भुक्तानी भएको देखिन्छ । मैले झिकेको होइन भनी खातावालाले निवेदन गरेकोले बैंकलाई गैरकानुनी हानी र आफूलाई गैरकानुनी लाभ पुर्‍याई भ्रष्टाचार गर्न लागेको देखिएको कारवाही गरिपाउँ परिचय गर्ने राजकुमारले भन्ने गरेको देखिन्छ । राजकुमार शाह र चेकमा उल्लिखित अमर राणा भन्ने व्यक्ति एकै हुन् निजैले नै खाता खोल्दा परिचय गरेका र सबै रकम लिन यिनै आएका थिए भन्ने समेत व्यहोराको नेपाल बैंक लिमिटेड प्रधान कार्यालय कानुन विभागको प्राप्त पत्र रहेछ । ४. अमर राणा भन्ने राज शाहको नामबाट परिचय भएकोले पहिला रु. ८००। को चेक लिई म कहाँ आएको र पटक–पटक जम्मा ४ थान चेक लिई आएको र सही मेरो ससूरा बिरामी भएकोले तपाई ग्यारेन्टी बसी दिनुहोस् भनी अनुरोध गर्दा ग्यारेन्टी बसी दिएको सम्म हो निजले झुठ्ठा बयान किन गरे निजै जानून् भन्ने समेत व्यहोराको वि.प्र.वि.मा ततिम्बा सहित रामशरण बस्नेतले गरेको बयान । ५. प्रेम बहादुर प्रधानको खाताबाट रूपैयाँ झिक्न लागेको कुरा रामशरण बस्नेतलाई थाहा नभई पटक–पटक गरी मैले अमर राणाको नामबाट रु. ३६,१००। भुक्तानी लिएको ६ थान चेक यही हो, सनाखत गरें म आफैंले लिई खाएको छु चेक अर्धकट्टी च्याती आगोमा पोली सकेको हुँदा दाखिल गर्न सक्दिन भन्ने व्यहोराको वि.प्र.वि. मा ततिम्बा सहितको राजकुमार शाह खड्गीले गरेको बयान कागज रहेछ । ६. प्रेम बहादुरको भनाई अनुसार कुनै रकम हिनामिना गरी मैले लिएको खाएको छैन भन्ने समेत व्यहोराको वि.प्र.वि. मा सोभितबहादुर थापाले गरेको बयान कागज । ७. भुक्तानी रु. ३०,०००। लिन आउने व्यक्ति अमर राणालाई चिन्दिन खातावाला प्रेम बहादु