निर्णय नं. २३७४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३७४ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०१/१३ २२४३ निर्णय नं. २३७४ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं. ६०६ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:प्र.ह.ज्ञान बहादुर खत्री समेतको प्रतिवेदन जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:गोरखा बुंकोट गा.पं.वडा नं. खात्दी तिवारी गाउँ बस्ने शुसिला तिवारी । फैसला भएको मिति:२०४२।१।१३।५ मा रक्षा शिक्षा दिने आफ्नो आमाले घाँस काट्न जा भनी अर्हाउँदा नमानेकी हुँदा मर्नेको हितको लागि कुटपीट गर्दा भवितव्यमा परी मृत्यु भएको देखिन्छ, तसर्थ ज्या.स.को ६(३) बमोजिम रु. ५०। जरिवाना हुने । (प्रकरण नं.२१) पुनरावेदक/वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ताहरु श्री बसन्तराम भण्डारी र श्री लोकभक्त राणा उल्लेखित मुद्दाःX फैसला न्या.बब्बर प्रसाद सिंहः पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ उपर चित्त नुबझी वादी श्री ५ को सरकारको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने यस अदालतमा पर्न आएको निवेदनबाट पुनरावेदन गर्ने अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् । २. ०३७।३।३१ गते दिनको ११.३० बजे वैनी गीता घाँस काट्न गएकी धेरैबेरसम्म नआएकोले हामी मेलाबाट खबर पाई आई खोज्दा खनायोको रुखको हाँगामा डोरीको पासो लगाई झुण्डी मरी रहेको देखी पिता तारानाथले गाउँघरका मानिस जम्मा गरी लाश सुरक्षित राखी जाहेरी दिन आएको छु । लाश जाँच गरिपाउँ भन्ने समेतको गिरीराज तिवारीको जाहेरी दर्खास्त । ३. गोरखा बुंकोटतर्फ गस्ती गर्न जाँदा बुझ्दा गीता तिवारी झुण्डी मरेको नभई निज गीताको आमा सुशिला तिवारी १, बाबु तारानाथ १, दाजु गिरीराज तिवारी १ र भाइ एकराज समेत भई कर्तव्य गरी मारेका हुन् भन्ने गाउँघरमा चर्चा भइरहेकोले जना ४ लाई पक्राउ गरी दाखिला गर्न ल्याएका छौं । कानुन बमोजिम हुनुपर्छ भन्ने समेत व्यहोराको प्र.ह.ज्ञानबहादुरको प्रतिवेदन। ४. ०३७।३।३१ गते आमाले मलाई बोलाई गीतालाई घाँस काट्न जा भन्दा नमानेकीले रिस उठी मुठी भरको दाउराले २ चोटि कुटेको मरी त्यसकारण बाबु दाजुलाई बोलाई ल्याउ यो कुरा कसैलाई नभन्नु भनी आमाले भनेपछि म गई सो कुरा बाबु दाजुलाई भनेपछि हामीहरू तुरुन्तै घर फक्र्र्यौं । घटनास्थलमा आउँदा गाउँले भेला भएका गीताको लाश बारीको कुनामा सुतिरहेको देखें । भोलिपल्ट दाजु गिरीराजले जाहेरी दिएँ भन्ने समेत एकराज तिवारीको प्रहरीमा कागज । ५. ०३७।३।३१ गते बुद्धि खोला खेतमा गई बहिनी छैन भनेपछि घरमा आई श्रीमती सुशिलालाई सोद्धा गीतालाई देखेको छैन भनेपछि खोरी वा बारीमा छोरी गीता मरी सुतिरहेकोे, मैले घाउ चोट हेरिन, लाशको घाँटीमा डोरीको टुक्रा पनि झुण्डिरहेको थियो भन्ने समेत व्यहोराको तारानाथ तिवारीले प्रहरीमा गरेको बयान कागज । ६. मिति ०३७।३।३१ गते गीतालाई घाँस काट्न जा भन्दा नमानेकीले २ मुड्की हानेको एकैछिनमा बेपत्ता भयो । खोज्दा भेटेर २ चोट दाउरोले टाउकोमा हानेको लडी मरी छोपछाप पारी घर आई खाना खाइसकेपछि लोग्नेलाई छोरी मरेको भनेँ दुबैले झुण्ड्याउने हिसाबले गाँठो पार्दा डोरी चुडियो । लोग्ने छोरा गिरीराजलाई मेरो सल्लाहबाट झुण्डाएको भन्न पठाएको भन्ने समेत व्यहोराको सुश