निर्णय नं. ६०२५ - वकसपत्र, लिखत बदर दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०२५ - वकसपत्र, लिखत बदर दर्ता बदर दर्ता कायम भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५१/१२/२१ ३८६९ निर्णय नं. ६०२५ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत २०५० सालको दे.पु.नं. १६९६ फैसला मिति : २०५१।१२।२१।३ मुद्दा : वकसपत्र, लिखत बदर दर्ता बदर दर्ता कायम । पुनरावेदक/प्रतिवादी:जि. सप्तरी बरमझिया गा.प. वडा नं. २ बस्ने शारदा देवी थरुनी । विरुद्ध प्रत्यर्थी/वादी:ऐ घोधनपुर गा.पं. वडा नं. ५ शीतली देवी थरुनी । ऐ. ऐ. बस्ने धनेश्वर चौधरी थारु । ऐ. ऐ. भुपेन्द्रनाथ चौधरी थारु । ऐ. ऐ. पशुपतिनाथ चौधरी थारु । अंशवण्डाको १९(१) नं. मा भएको व्यवस्था हेर्दा अंश नलिएका स्वास्नी छोरा वा विधवा बुहारी हुने मानिसलाई पिता पूर्खाका पालाको चल सम्पत्तिको हकमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई मन्जुरी नभएपनि आफूखुस गर्नपाउने गरी अधिकार प्रदान गरेको पाइन्छ । रिझ वापत भनी गरी दिएको वक्सपत्रबाट व्यवहार चलाउन हक छाडी दिएको भनी अर्थ गर्न नमिल्ने । (प्र.नं. १८) “व्यवहार चलाउन” भन्ने शब्दाँशबाट त्यसको प्रतिफल सबै सगोलका अंशियारले पाउनुपर्ने हुन्छ र त्यस्तो प्रतिफल लिने सगोलका अंशियारले त्यसको परिणाम समेत भोग्नुपर्ने । (प्र.नं. १८) निजी सन्तुष्टिको प्रतिफल सबै अंशियारले भोग्नुपर्ने प्रश्न नै आउँदैन । विवादको सम्पत्ति बेचविखन भएको नभई वक्सपत्र भएको छ । वक्सपत्र भएको विषयमा दानवक्सको १ नं. को व्यवस्थालाई हेर्नुपर्छ । दानवक्सको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा वक्स गरिदिन हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दानवकस गरी दिन हुँदैन भन्ने व्यवस्था रहेको पाइन्छ । दान वक्सको महलमा अंशवण्डाको १९(१) को व्यवस्था जस्तो कुनै व्यवस्था रहेको पाइदैंन । दान वक्सको प्रकृति बेचविखनको प्रकृतिसँग पनि मिल्दैन । दुवैको प्रकृति भिन्ना भिन्नै छ । बेच विखनबाट अर्थ प्राप्ति हुन्छ, जसबाट पारिवारिक व्यवहार चलाउने हुन्छ भन्ने दान वक्सबाट आत्मसन्तुष्टी मात्र प्राप्त हुन्छ । त्यसैकारण दान बक्सको महलमा अंशवण्डाको १९(१) मा गरेको व्यवस्था जस्तो व्यवस्था रहेको पाइदैंन । दानबक्सको कुरामा दावी गर्नेको अंश हक पुग्छ, पुग्दैन, सो विषय नै महत्वपूर्ण हुन्छ । उमेरको प्रश्नले महत्व नराख्ने । (प्र.नं. १८) पुनरावेदक तर्फबाट:विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या. केशव प्रसाद उपाध्याय: तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अदालतको पुनरावेदनको अनुमती प्रदान नगरिएको आदेश उपर न्याय प्रशासन सुधार ऐन (संशोधन सहित), २०३१ को दफा १३(५)(ख)(ग)(घ) तथा १३(७) अन्तर्गत पुनरावेदनको अनुमति पाउन यस अदालतमा निवेदन परी यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. प्र. भोला प्रसादको एकमात्र स्वास्नी म वादी शितली र छोरा तीनमा जेठा म बादी पशुपतिनाथ माहिला धनेश्वर, कान्छा भुपतेन्द्रनाथ हुँ हामी सबै साझा सगोलमा रही वसी आएको र पूख्र्यौली जग्गा जमिन सबै प्र. भोला प्रसादको नाउँमा रहेको, निज भोला प्रसाद चौधरीले ०४१/१२/११ मा हामीहरुको अंश हक हटक गर्न पूख्र्यौली जग्गा मध्ये निजको नाउँमा दर्ता रहेको जि.स.गा.पं. धोधनपुर वडा नं. ४ कि.नं. ५१ को ०–७–७ जग्गा प्र. शारदा देवीलाई हालको बक