निर्णय नं. २३७५ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३७५ - ज्यान मार्ने उद्योग भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०२ २८३७ निर्णय नं. २३७५ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ४४३ मुद्दा : ज्यान मार्ने उद्योग । पुनरावेदक/प्रतिवादी: जि.धनकुटा भेडेटार गा.पं. वडा नं.१ घर भै हाल कारागार शाखा धनकुटामा रहेका कर्मसिं राई। विरूद्ध विपक्षी/वादी:पृथ्वीबल राईको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।५।२।१ मा ज्यान मार्ने सम्मको मनसायको अभावमा ज्यानसम्बन्धीको १५ नं. बमोजिम प्रतिवादीलाई १० वर्ष कैदको सजायँ गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुने । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX फैसला न्या.बब्बर प्रसाद सिंहः पूर्वान्चल क्षेत्रीय अदालतको मिति ०४०।१।१८ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मिति ०३९।५।३१ गतेका दिन प्रतिवादी कर्मसिं राईले म र मेरो परिवार समेतलाई मार्ने नियत गरी नाति बिजे राई समेतको टाउकोमा तरवारले काटी मार्ने सूर गरेकाले प्रहरी समेतको मद्दतबाट पक्राउ गरी ल्याएका छौं, कानुन बमोजिम प्र.कर्मसिं राईलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको पृथ्वीबल राईको जाहेरी दर्खास्त । ३. लाल बहादुर राई समेतले मेरो ४ कित्ता जग्गा बन्धकी खाएकोमा सो जग्गा उकास गरिदिन्छु सहिछाप मात्र गरिदिनुहोस् भनी जाहेरवालाले भन्दा सहिछाप गरिदिएको थिएँ । सो जग्गा कुल बहादुरलाई बिक्री गरी मेरो थातवास नै उठाएको हुँदा सो रिस थाम्न नसकी जाहेरवालालाई तरवारले काट्न लाग्दा निजको नातिलाई चोट लागेछ, मार्ने नियतले काटेको होइन भन्ने समेत व्यहोराको प्र.कर्मसिं राईले प्रहरीमा गरेको बयान । ४. जाहेरवाला र निजको नाति बिजे राईलाई प्र.कर्मसिंह राइले ज्यान मार्ने नियतले काटेको हो भन्ने एकथरी र होइन भन्ने अर्कोथरीको भनाई समेत भएको मिति ०३९।६।६।४ को सरजमीन मुचुल्का । ५. कर्मसिंह राईले तरवार प्रहार गरी ०३९।५।३१ गते दिउँसो भातखाँदै गरेको अवस्था पानी खान आउँदै गर्दा मेरो टाउकोमा काटेको र बाजे पृथ्वीबललाई पनि काटेको हो भन्ने बिजे राईले प्रहरीमा गरेको सनाखत कागज । ६. सङ्कलित सबूद प्रमाणबाट प्र.कर्मसिंह राइले पृथ्वीबल राईलाई बिजे राईलाई धार भएको हतियारले काटी ज्यान मार्ने उद्योग गरेको देखिँदा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम सजायँ गरिपाउँ भन्ने समेत स.सर्वोच्च अदालत तथा प्रहरीको संयुक्त प्रतिवेदन । ७. जाहेरवालासँग मेरो अगाडि कुनै रिसइवी थिएन । म कान राम्रोसँग नसुन्ने लेखपढ गर्न नजान्ने सोझो मानिसलाई जाहेरवालाले झुक्याई एउटा कुरा भनी अर्को काम गरी मेरो घरबास नै उठाउने गरी अत्याचार गरेको हुँदा मैले त्यसको रिस थाम्न नसकी घरको पुरानो राम्रो धार नभएको तरवार लगी जाहेरवालाको टाउकोमा हानेको हुँ, कसैले सिकाएर गरेको होइन र मार्ने विचारबाट हानेको होइन भन्ने समेत व्यहोराको प्र.कर्मसिंह राईले अदालतमा गरेको बयान । ८. प्र.कर्मसिंह राई तरवारले हाने काटेको कुरामा सावित भएको, केश फाराम हेर्दा चोट कडा देखिएको जोखिमी हतियारले टाउकोमा हान्दा मर्न सक्