निर्णय नं. २३७६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३७६ - ज्यान भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/२१ २२३६ निर्णय नं. २३७६ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको डि.फौ.पु.नं. ४९४ सम्वत् २०४१ सालको डि.फौ.सा.नं. १२४ मुद्दा : ज्यान । पुनरावेदक/प्रतिवादी: जि. डोटी तिखान्तर गा.पं.वडा नं.४ गणेश कांडा घर भै हाल डोटी कारागारमा थुनामा रहेको प्रेम बहादुर मगर । विरूद्ध विपक्षी/वादी:नर बहादुरको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।५।२१।६ मा आफ्नी स्वास्नीसँग रातमा सँगै बसेको अवस्थामा देखी रिस थाम्न नसकी मारेको देखिएकोले सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को हुने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ नै पर्याप्त हुने । (प्रकरण नं.६५) पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान अधिवक्ता श्री सीताराम तिवारी र विद्वान वैतनिक अधिवक्ता श्री पुण्य प्रसाद अर्याल विपक्षी वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंह: सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. २०३७।१२।११ गते हाम्रा गाई हेर्ने बालकहरूले गणेश काँडा गाउँदेखि १ माइल जति टाढा भीरमा मानिस मरेको भनेकाले गई हेर्दा मानिस मरेको देखी जाहेर गर्न आएको भन्ने समेतको नर बहादुरको जाहेरी दर्खास्त । ३. मेरादाजु तेज बहादुरको लाश भनी मृतकको सहोदरभाइ हर्कबहादुरले गरेको ०३७।१२।१५ को सनाखतकागज । ४. तपबहादुर कार्की समेत १३ जनाले घटनास्थल तथा लाश प्रकृति मुचुल्का कागज गरिदिएको । ५. मेरो छोरा तेज बहादुर चैत्र २ गते ससुराली जान्छु स्वास्नीलाई घरमा पठाई दिन्छु र मालावारीमा जग्गा किन्छु भनी घरबाट रु. १२०००। लिई गएको हुँदा सो रूपैयाँ कसैले लुटी लिई मारेमा शंका लाग्छ भन्ने मृतकको आमा पार्वतीले गरेको कागज । ६. ०३७।१२।१५ गते रगत लागेको नाइलनको झोला १ खागी रंगको रगत लागेको कट्टु १ रगत लागेको भोटो १ टोपी १ फुटेका मर्फी रेडियो १ समेत हामीहरूको रोहवरमा बरामद गरेको भन्ने भीमबहादुर कार्की समेत ९ जनाले गरेको बरामदी मुचुल्का । ७. १४, १५ दिन अगाडी भाइ तेज बहादुर मेरा घरमा खाना खाई स्वास्नी भेट्न भनी सात फेरी तर्फ गएको हो । निजसँग कति पैसा थियो थाहा छैन भन्ने समेतको काली कठायतनीको प्रहरीमा भएको कागज । ८. मृतकलाई कर्तव्य गरी मारी फाले जस्तो लाग्छ कसको कर्तव्यबाट मरेको हो भन्न सकिँदैन भन्ने समेतको हर्कबहादुर समेत २५ जना र भीरबाट लडी मरेको हो कि जस्तो लाग्दछ भन्ने रुद्रबहादुर शाही समेतका ३१ जनाले गरेको सरजमीन मुचुल्का । ९. ०३७।१२।१७ गते सूरतबहादुर मगरको घरको उत्तरपट्टि गोठमा रगतको छिटा बरामद भएको भन्ने समेतको ३१ जनाले गरेको मुचुल्का । १०. तेज बहादुर मेरा घरमा रक्सी नभएकोले गाउँतिर गएको थियो राति मेरी जेठी श्रीमती भएको ठाउँमा गुनगुन गरेको सुनी स्वास्नीलाई करणी गर्न लागी रहेको जस्तो लागि खुकुरी खोज्दा बाबुले थाहा पाई सो कुरा बताई मारिदिन्छु भनी भित्र पसी खुकुरीले हिर्काउँदा हातमा लागी कराउँदा स्वास्नी भागी निजलाई घाँटीमा १ चोट हान्दा ढलेको र २, ३ चोट हिर्काउँदा मर्‍यो । मुखिया काहाँ गई भन्दा भोलि सल्लाह गरौंला भनी घर आएँ । भोलिपल्ट मुखियासँग सल्लाह गर्दा भीर मुनि फाली दिने निधो भयो । ४ गते राति म र मेरा बाबु धनबहादुर, राम बहादुर रामी मगर, भीमबहादुर, प्रताप