निर्णय नं. ६०२६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०२६ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५१/०१/२५ २८७९ निर्णय नं. : ६०२६ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४९ सालको रि.नं. : ३२१३ आदेश मिति : २०५१/१/२५/१ विषय : उत्प्रेषण । निवेदक :जि.धनुषा मडुवा गा.वि.स. वडा नं. २ बस्ने लक्ष्मेश्वर मण्डल केवट । विरुद्ध विपक्षी :जि.धनुषा कपिलेश्वर गा.वि.स. वडा नं. ७ बस्ने सुवेश यादव । धनुषा जिल्ला अदालत,जनकपुर । पुनरावेदन अदालत,जनकपुर । बेरितको म्याद तामेलीका सम्बन्धमा अदालतबाट पटक पटक विचार भई लिलाम बदर नहुने भईसकेपछि पुनः सोही विषयलाई लिई रिट निवेदन दिएकोलाई युक्तिसंगत मान्न नसकिने। (प्र.नं. ८) पुनरावेदन अदालत जनकपुरबाट मिति २०४९/७/२८ मा गरेको आदेशको नक्कल मिति २०४९/८/१४ मा प्राप्त गरेको कुरा रिट निवेदनमा उल्लेख भएको देखि“दा नक्कल सारेपश्चात पनि तदारुखताका साथ रिट दिन नआई मिति २०४९/१२/१३ मा मात्र रिट निवेदन दर्ता गराएको र पटक पटक म्याद तामेल भएको समेतको परिप्रेक्षमा समेत रिट निवेदन स्वीकारोग्य नदेखिने । (प्र.नं. ८) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री सीताराम तिवारी विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव,विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट अवलम्बित नजिरःX आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संषिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी सुवेश यादवले म उपरको लेनदेन मुद्दाको टुङ्गो लागेपछि विपक्षी जिल्ला अदालत तहसिल फाँटमा दे.नं. ३१४ विगोको कारवाही चलाएकोमा निजले तामेलदारलाई मिलाई कीर्ते जालसाँजको अपराध हुन सक्ने गरी गराई उक्त अदालतबाट मेरो नाउँमा जारी भएको सूचना मलाई बुझाउँदै नबुझाई म्याद मारी दिएकोमा मैले जालसाँजी मुद्दा दिएको र अरु मुद्दा दिने तर्फ कारवाही समेत चलिरहेको अवस्थामा उक्त तामेली बेरितको ठहर्‍याई विपक्षी धनुषा जिल्ला अदालतबाटै म्याद बदर गरिएको थियो । उक्र विगोको कारवाही मुद्दामा डाक लिलाम हुने भनी जारी गरिएको म्याद सूचना उही जालसाँजीको अपराध हुन सक्ने गरी यस अघिपनि म्याद सूचना तामेल गर्ने व्यक्ति तामेलदार शिवनारायणलाई नै विपक्षी जिल्ला अदालतबाट जिम्मा लगाइएकोमा यस पटक पनि मिति ०४८/१२/१५ मा मलाई सूचना म्याद बुझाएपछि सो मितिको तामेली म्याद नदेखाई अघिको मिति अर्थात ०४८/११/२० को मिति राखी अदालतमा म्याद दाखिला गरेका रहेछन् । उक्त गैर कानूनी म्याद तामेलीको आधारबाट मेरो सम्पत्ति लिलाम हुनुपर्ने होइन भनी विपक्षी जिल्ला अदालतमा निवेदन चढाएकोमा म्याद तामेल भएको रितपूर्वक मानी फैसला कार्यान्वयन गर्ने मिति ०४८/१२/२५ मा आदेश भएउपर अ.वं. १७ नं. अनुसार विपक्षी पुनरावेदन अदालत जनकपुरमा मैले निवेदन दिएकोमा कानून बमोजिम गर्नु भन्ने भएको आदेशका नक्कल प्राप्त गरेपश्चात सम्मानित अदालतको शरणमा आएको छु । बेरितको म्याद सूचनाको आधार लिई गरेको लिलाम बदर गरी पाउनु मु.ऐ. दण्ड सजायको ६१ नं. अनुसार विपक्षी जिल्ला अदालत र पुनरावेदन अदालतमा अ.वं. १७ नं. अन्तर्गत चलाएको कारवाही भएको आदेश र गैरकानूनी लिलामलाई बदर गरी पाउँ आजै छुट्टै उत्प्रेषणको मुद्दा दायर गरेको छु । मेरो भएको व्यहोराको निम्नानुसार उल्लेख गरेको छु । (१) मलाई मिति ०४८/१२/१५ मा बुझाइएको सूचना म्यादमा म्याद तामेल भएको दिनको मितिसम्म पनि उल