निर्णय नं. २३७७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३७७ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०२ ३०७९ निर्णय नं. २३७७ ने.का.प. २०४२ अंङक ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको फौ.पु.नं.४३५ सम्वत् २०४१ सालको फौ.पु.नं.६८१ सम्वत् २०४१ सालको फौ.सा.नं.११८ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी: जि.ओखलढुङ्गा,माम्खा गा.पं.वा.नं.९ हाल उदयपुर कारागारमा कैदमा थुनिई बस्ने मान बहादुर कार्की । विरूद्ध पुनरावेदक/वादी: बोध बहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी: जि.ओखलढुङ्गा सेनी गा.पं.वा.नं.५ चिसपानी घर भई जि.का. कारागार शाखा, ओखलढुङ्गामा थुनामा बस्ने चन्द्र बहादुर बस्नेत । फैसला भएको मिति:२०४२।५।२।१ मा स्वतन्त्र प्रमाणको अभावमा कसूरमा सजायँ पाउने सह अभियुक्तबाट पोलाई माग्दाकै कारणले मात्र प्र.लाई कसूरदार ठहर्‍याउन नल्मिने । (प्रकरण नं.२२) फैसला न्या.पृथ्वी बहादुर सिंहः पूर्वान्चल क्षेत्रीय अदालतको फैसला उपर प्र.मान बहादुर कार्की र श्री ५को सरकारको पुनरावेदन परी तथा साधक जाँच समेतका लागि पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकार रहेछ । २. ०३९।३।२२ गते दिनको १ बजे बच्चा रोई रहेको सुनी कटेरो घरमा गई हेर्दा भाउजू नन्दकुमारी मरी रहेकी चन्द्र बहादुरले हल्ला गरेबाट म समेत गई हेरँे । कर्तव्य गरी मार्ने निजको लोग्ने मान बहादुर वा अरु को छन् पत्ता लगाई कर्तव्यवाला उपर कानुनी कारवाही गरिपाउँ भन्ने समेत बोधबहादुर कार्कीको ०३९।३।२४ को जाहेरी दर्खास्त । ३. मेरो पहिलो पट्टिको ससुरा चन्द्र बहादुरले बुढी आइमाई ल्याई स्वास्नी बनाउनु भयो, अब मेरी छोरी ल्याई दिन्छु त्यसलाई पन्छाउनु पर्छ भनेकाले स्वीकार गरी ०३९।३।२१ गते बेलुका ८ बजेतिर ससूराले घाँटी थिच्ने र मैले खुट्टा समाउने गरी नन्दकुमारीलाई मारेको हो भन्ने मान बहादुरको प्रहरीमा भएको कागज । ४. नन्दकुमारीलाई मान बहादुर कार्की र चन्द्र बहादुर बस्नेतले मारेको हुनुपर्छ भन्ने केही र मान बहादुरले मारेको हो, चन्द्र बहादुर उपर शंका लाग्दैन भन्ने केही भएको सरजमीन मुचुल्का । ५. वारदातमा समावेश छैन, मैले समेत भई नन्दकुमारीलाई मारेको होइन, छोरी नपठाई दिएको रिसले मलाई पोलेको हो भन्ने समेत चन्द्र बहादुर बस्नेतको प्रहरीमा भएको कागज । ६. बाबु चन्द्र बहादुर र म ०३९।३।२० गते रुम्जाटार गा.पं.का अ.स.ई.ललितप्रसादको घरमा बहुविवाहको उजूरी लेखाउन गएका हौं र २१ गते बाबु र म सँगै घर फर्किएका हौं बाबुले नन्दकुमारीलाई कर्तव्य गरी मारेको होइन भन्ने नन्दमायाले प्रहरीमा गरेको कागज । ७. नन्दकुमारीलाई निजको लोग्ने मान बहादुर र चन्द्र बहादुर समेत भई मार्नु मराउनु गरेको स्पष्ट देखिन आएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ८. ०३९।३।२१ गते ससूरा चन्द्र बहादुरले मेरी छोरीलाई सौता हालेछौ, त्यसलाई तह लगाउने उपाय म गर्छु भनेकाले स्वीकार गरी कान्छी श्रीमती बसेको गोठ घरमा गई ससूराले घाँटीमा दुई हातले समाई मुन्ट्याउँदै ढोका छेउमा ल्याएँ । खुट्टा छटपट गर्दा समाई देउ भन्दा मैले खुट्टा समाएको सम्म हो, मैले मारेको होइन, ससूरा चन्द्र बहादुरले मारेको हो भन्नेसमेत मान बहादुर कार्कीले अदालतमा गरेको बयान । ९. म समेत भई मृतक नन्दकुमारीलाई मारे मराएको होइन, बहुविवाहमा उजूर गरेको रिसइवीले पोलेका हुन् भन्ने समेत