निर्णय नं. २३७९ - जग्गा खिचोला हक कायम दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३७९ - जग्गा खिचोला हक कायम दर्ता भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०५ २३४२ निर्णय नं. २३७९ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४० सालको दे.पु.नं. ६२९, ६२८ मुद्दा : जग्गा खिचोला हक कायम दर्ता । पुनरावेदक/प्रतिवादी:ल.पु.जि.सुनाकोठी गा.पं.वडा नं. ८ ढोलाहिटी बस्ने जगत बहादुर खत्री । विरूद्ध पुनरावेदक/वादी : जिल्ला मकवानपुर हटिया गा.पं.वडा नं. ८ बस्ने क्षेत्र बहादुर थापा क्षेत्री । फैसला भएको मिति:२०४२।५।५।४ मा आफ्नो हक नपुग्ने जग्गामा दावी गरेको देखिनाले वादीको हकको जग्गामा प्रतिवादीले खिचोला गरेको देखिँदा वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान अधिवक्ता श्री शम्भु थापा पुनरावेदक वादी तर्फवाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुबै पक्षको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ : २. मणिराज माझीका नाउँमा १९९३ सालको नम्बरी श्रेस्तामा प्र.दोस्तीय मौजे हर्दियाका मेठबन्दी भित्रको रै.नं. २ कि.नं. २ मा ज.वि. १–७–१५ दर्ता भएकोमा पछि उक्त जग्गा मध्ये काले माझीले ज.वि. ०–१३–१७ र जतमान माझीले ज.वि ०–१३–१८ पर्ति सकारेको र २०२९।१२।१९ मा काली माझीबाट पूर्व बाटो पश्चिम श्यामबहादुर उत्तर रामहरि दक्षिण श्यामबहादुर समेत यति ४ किल्ला राखी उक्त ज.वि. ०–१३–१७ जग्गा म.क.मालबाट राजीनामा रजिष्ट्रेशन पारित गरी लिई आएको जम्मा कित्ता १ र जि.म.फापरबारी गा.पं.वडा नं. ८ को रै.नं. १७ को कि.नं. १५ को पूर्व पर्ति पश्चिम दलबहादुर उत्तर हरि प्रसाद दक्षिण दलबहादुर यति ४ किल्ला भित्रको ज.वि. ०–६–६ जग्गा हाल सर्भे नापीका बखत उक्त जग्गा कि.नं. ६६८ मा निज दाताकै नाममा ज.वि. ०–५–१२ कायम भई २०३२।१।४।५ मा जि.म.हटिया गा.पं.वडा नं. ८ फुर्केचौर बस्ने गणेशबहादुर भण्डारी क्षेत्रीबाट म.क.माल मार्फत राजीनामा रजिष्ट्रेशन पारित गरी लिई आफ्नो जग्गा कित्ता १ समेतका कित्ता २ जग्गा मेरो हक भोग दर्ता तिरो भरो भई आएको नम्बरी जग्गा हो । हाल नापीका बखत म वीरगन्ज क्याम्पसमा अध्ययनमा व्यस्त भई फिल्डमा उपस्थित हुन आउन नसकेको कारणबाट मेरो उक्त साविक कि.नं. २ को जग्गा हाल कि.नं. ६७३ र ६७४ मा कित्ताकाट भई कि.नं. ६७३ मा ज.वि. ०–१५–९।। र कि.नं. ६७४ मा ज.वि. १–१४–७।। नाप नक्सा समेत भई नाम खाली रहन गएको रहेछ । नाम खाली भई मेरो नाममा दर्ता हुन नसकी पछि दर्ता गरिपाउँ भनी सम्बन्धित नापी टोलीमा निवेदन समेत दिइसकेको छु । रजिष्ट्रेशन पारित राजीनामाको आधारमा दर्ता तिरो भरो गरी अविच्छिन्न र निर्विवाद रूपबाट हकभोग गरिआएको साविक कि.नं. २ र १५ को मेरो हालको कि.नं. ६७३, ६७४, ६६८ मा तीन कित्ता जग्गामा कुनै हक दावी नै पुग्न नसक्ने उपरोक्त विपक्षीहरूले नापीमा अनाधिकार झुठ्ठा उजूरी निवेदन दिई मेरो नम्बरी जग्गा हात पार्ने दुषित उद्देश्यले लिखित खिचोला जनाउन आउनुभएको छ । विपक्षी जगतबहादुरले दावी गर्न आएको उक्त मौजाको जग्गाहरू साविक कि.नं. १४ मा ज.वि. १–१४–४ जग्गा निजले आफ्नो दाता रुन्के माझीबाट प्राप्त गर्नु भएको छ । निजले कि.नं. १३ को जग्गा हटिया गा.पं.वडा नं. ८ बस्ने शंकर भन्ने चित्राबहादुर कार्कीलाई बिक्री