निर्णय नं. २३८१ - लिखत बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३८१ - लिखत बदर हक कायम भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०७ २२५५ निर्णय नं. २३८१ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ५७९ मुद्दा : लिखत बदर हक कायम । पुनरावेदक/वादी:महोत्तरी पर्सा पतेली गा.पं.वार्ड.नं.६ बस्ने मदन मिश्र भन्ने मोद नारायण मिश्र । विरूद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने मदन भन्ने रामेश्वर मिश्र । फैसला भएको मिति:२०४२।५।७।६ मा सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पनि पर्याप्त हुँदैन । (प्रकरण नं.१६) पुनरावेदक वादी तर्फवाट:विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव विपक्षी प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४१।३।५।३ को फैसलामा कानुनी त्रुटि हुँदा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी मदन मिश्र भन्ने मोदनारायण मिश्रको यस अदालतमा पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत लिखत बदर हक कायम मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छन् : २. पिता दुखाई र आमा समेत परलोक भई प्रतिवादीसँग रही कामकाज गरी सगोलमा बसी आएकोमा विपक्षी रामेश्वरकी श्रीमती र मेरी श्रीमतीका बीच मेल नरही प्रतिवादीले इष्र्या, द्वेष राखी खान लाउन हेला गरेकोले २०३१।१।५ गते अंशबण्डा गरी देऊ भन्दा दिन नमानेकाले निज प्रतिवादी उपर अंश मुद्दा दिई अंश मुद्दा चली रहेको छ । मेरो मञ्जूरी बेगर प्रतिवादीले जग्गा बिक्री गर्न नपाउनेमा जि.म. पर्सा वतैली गा.पं. वार्ड नं. ७ को कि.नं. १९५, २१६, ३०७ को १–११–१५ जग्गाको मोल रु. २०,०००। मा २०३१।३।२४ गते प्रतिवादी रामचन्द्रको नाममा राजीनामा लेखी रजिष्ट्रेशन गरिदिएको ०३२।३।१५ गते रामचन्द्रले उक्त जग्गामा हलो जोताई रहेकोबाट थाहा हुन आएकोले १ वर्षभित्र नालेश गर्न आएकोछु । मेरो मञ्जूरी बेगर बिक्री गरेको उक्त आधि जग्गाको दर्ता बदर गरी हक कायम गराई पाउँ भन्ने व्यहोराको मदन भन्ने मोदनारायण मिश्रको फिरादपत्र । ३. वादी विदेशी हुनाले अदलको ३ नं. बमोजिम जग्गामा दावी गर्ने हक अधिकार छैन। स्थानीय पञ्चायतलाई तुष्टी गराई दुखाई मिश्रको छोरा मदन भन्ने मोदनारायण मिश्र हुन् भन्ने सिफारिश गरेको छ भन्ने सुने पनि गा.पं.लाई नाताको प्रमाणपत्र दिने अधिकार नभई वैध नभएकोले विपक्षीलाई नालेश गर्ने अधिकार छैन । वादीले आफ्नो उमेर ५० वर्ष भन्ने नालेशमा लेखाएको भई वादी रामेश्वरको भाइ साँचो भएको भए अजोध्या नुनियाइनीले स्वर्गीय पिताजीलाई मोग्लानिया कायम गरेको उजूरीबाट कारवाही भई चलेको २००१ सालको मुद्दाबाट र म रामेश्वर मिश्र उपर स्वर्गीय आमा आधारवतीले दायर गर्नुभएको दर्ता बदर दर्ता मुद्दाको फिरादपत्रबाट पनि स्वर्गीय दुखाई मिश्रको म रामेश्वर मिश्र बाहेक निज वादी पनि छोरा देखिन पथ्र्यो सो नभई अरु छोरै नभएको भन्ने आमा आधारवतीले म उपर दायर गरेको दर्ता बदर मुद्धाबाट देखिन आउँछ । उजूरै लाग्न नसक्ने भएकोले दर्ता बदर भई हक कायम हुन नसक्ने भन्ने समेत व्यहोराको प्र.रामेश्वर मिश्र र प्र.रामचन्द्रको संयुक्त प्रतिउत्तरपत्र रहेछ । ४. वादीले प्रतिवादीबाट अंश पाउनु पर्ने अंशी भाइ हुन्, भाइको अंश मार्ने उद्देश्यले प्रतिवादीले जग्गा बिक्री गरिदिएका हुन् भन्ने समेत व्यहोराको वा