निर्णय नं. ८६५४ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६५४ - उत्प्रेषण परमादेश भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/०९/०१ ३८६७ ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६५४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की २०६६–WO–१३११ आदेश मितिः २०६७।९।१।५ विषयः– उत्प्रेषण/परमादेश । निवेदकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ घर भै हाल ऐ. ऐ.वडा नं. २९, ठमेल स्थित फन्किबुद्ध रेष्टुरेण्ट एण्ड बारका सञ्चालक वर्ष ३५ को सुनील गुरुङ्ग समेत विरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § शान्ति सुरक्षा प्रदान गर्ने कर्तव्य निर्वाह गर्दा कसैको कानूनप्रदत्त हक अधिकारमा रोक लगाउन, नागरिकको कार्य र व्यवहारलाई कानूनविपरीत नियन्त्रित गर्नु र पेशा व्यवसायलाई कानूनको अधिकार र आधारबिना नियमन एवं सीमाङ्कन गर्नु युक्तिसंगत तथा कानूनी भन्न नमिल्ने । § रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने व्यावसायी वा यसका कर्मचारीले अथवा यस्ता स्थलमा जाने सेवाग्राही वा उपभोक्ताले कानून उल्लंघन गरेको अवस्थामा कानूनी कारवाहीबाट छूट पाउने कुरा हुँदैन । तर यस्ता स्थलमा यदाकदा कानून उल्लंघनको कुनै घटना भएमा त्यस्ता कानून उल्लंघनकर्तालाई कानूनबमोजिमको कारवाही गर्नुपर्ने अवस्थामा सो व्यवसायलाई नै कानूनविपरीत नियन्त्रित र नियमित गर्नु उचित मान्न नसकिने । (प्रकरण नं.३) § राज्यको कुनै संयन्त्रबाट व्यक्ति, व्यावसायी, प्रतिष्ठान वा अन्य कसैउपर नैतिकता, सदाचार र अनुशासन पालना निमित्त कुनै नियन्त्रण वा नियमन गर्न परेमा सो नियन्त्रण औचित्यपूर्ण देखिनुपर्ने हुन्छ । त्यस्तै नियन्त्रण कानूनद्वारा प्रदत्त अधिकारअन्तर्गत गरिएका हुनुपर्छ तथा कानूनको आधारबिना प्रशासकीय आदेशबाट मात्र यस्तो नियन्त्रण गरिन नहुने । § कानूनी व्यवस्थाको अभावमा भिन्न–भिन्न समय वा भिन्न–भिन्न पदाधिकारीबाट व्यवसायको समय सीमा निर्धारण गर्ने, आफ्नो इच्छाअनुकूलको निर्देशन जारी गर्ने र व्यवसायको सञ्चालनमा अवरोध उत्पन्न हुन सक्ने गरी अन्य काम कुरा गर्ने कार्य उचित र मनासिव मान्न नसकिने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू चन्द्रकान्त ज्ञवाली, डा.भीमार्जुन आचार्य, नेत्र आचार्य, दीपेन्द्र पौडेल, ऋषिराम घिमिरे र सुवास आचार्य विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दायर भई पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : हामी निवेदकहरूले प्रचलित नेपाल कानूनका अधीनमा रही आ–आफ्ना व्यवसायहरू सञ्चालन गर्दै आएका छौ । रात्रिकालीन समयमा हाम्रा व्यवसायहरू सञ्चालन हुनुपर्ने हुँदा यी व्यवसायका स्वभाव र प्रकृति अन्य व्यवसायको भन्दा केही भिन्न र पृथक छन । व्यवसायिकरुपमा हेर्दा रात्रिकालीन समयमा दोहोरी, गजल, डान्स रेष्टुरेण्ट, लञ्च बार, पब, रेष्टुरेण्ट एण्ड बार, लाइभ ब्याण्ड र डिस्को सञ्चालन भैरहेका छन् । यी रात्रिकालीन व्यवसायहरू मध्ये डिस्को, पब र लञ्च बार पूर्णतः रातिको समयमा मात्र सञ्चालन हुने व्यवसाय हुन् । लगानीको आधारमा पनि यी व्यवसायहरू अन्य व्यवसायभन्दा महङ्गो र खर्चिला हुन्छन । बाहिरी वातावरण र अन्य मानिसहरूको नियमित क्रियाकलापहरूमा असर नपरोस भन्ने उद्देश्यले यस्ता डिस्को, पब र लञ्च बारहरू पूर्णतः साउण्डप्रुफ