निर्णय नं. ६०३१ - लोग्ने नाता कायम गरि पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०३१ - लोग्ने नाता कायम गरि पाउं भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५२/०२/०३ ३७४३ निर्णय नं.:६०३१ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्वत् २०५० सालको फौ.पु.नं. : ७३६ फैसला मिति : २०५२/२/३ मुद्दा : लोग्ने नाता कायम गरि पाउं । पुनरावेदिका/वादी:जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १ बस्ने पूर्णा सुनार। विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. वडा नं. ६ बस्ने इन्द्र बहादुर भण्डारी । ऐ.ऐ बस्ने लेखगाउँ गा.वि.स वडा नं. ४ बस्ने पुट्टे सुनार । सामान्यतया जातकका सम्बन्धमा आमाको भनाई विश्वसनीय हुने भए पनि सो को पुष्ट्याई गर्ने पर्याप्त आधार हुनु जरुरी हुन्छ । सोको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कायम हुने भनी सम्झन न्यायिक दृष्टिकोणबाट मिल्ने नदेखिने । (प्रकरण नं. १९) ठोस प्रमाणको अभावमा वादी दावी बमोजिम लोग्ने नाता कायम गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १९) पुनरावेदिका तर्फबाट: विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी, विद्वान अधिवक्ता श्री श्यामप्रसाद गौतम अवलम्बित नजिरःX फैसला न्या.कृष्णकुमार वर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. सुर्खेत जिल्लाको गोठीकाडा गाउँमा वस्ता म र अन्यायी मेलापात घाँस दाउरा जाँदा वन जङ्गलमा विपक्षीको र मेरो भेटघाट हुने गर्दथ्यो । २०१७ साल भदौ २८ गतेका राती अन्यायी म सुतेका ठाउँमा मेरा घरमा आई मलाई करणी गर्न खोज्दा समाजले थाहा पाएमा र गर्भ रहन गएमा बेइजत हुन्छ । त्यसैले करणी नगरौ भन्दा म विदेश भरतमा लगी पाल्छु चिन्ता नगर भनि विश्वासमा पारी पूर्व सिरान पश्चिम गोडयान बनाई मलाई करणी गरेका र त्यसपछि पनि मलाई बारम्बार करणी गर्दै आएकोमा मिति २०१७।६।२५ गतेको राती गरेको करणी विर्यले मेरा पेटमा गर्भ रहन गई मिति २०१८।४।१० मा छोरा टेकबहादुर जन्म भएको हुँदा सुत्केरी खर्च समेत दिई २०४५ साल चैत्र महिना सम्म अन्यायीले मलाई इज्जत आमद अनुसार खान लाउन दिई छोरा स्वास्नीको रुपमा राखी राखेकोमा २०४६।१।४ गते देखि तिमी आमा छोरालाई म खान लाउन केही दिन्न, तिमीहरु मेरा स्वास्नी छोरा पनि होइनौ, जहाँ गै जे गर्न पर्छ गर भनी अन्यायीले जवाफ दिएकोले मुलुकी ऐन ५ नं. बमोजिम अन्यायी सँग मेरो लोग्ने स्वास्नीको नाता कायम गरी पाउँ भन्ने समेत व्यहोराको पुणी भण्डारीले दिएको फिरादपत्र। ३. यी वादीसँग मेरो करणी हुने र निजलाई घर कटेरो बनाई बसाली खानपिनको बन्दोवस्त कुनै गरेको छैन । म प्रतिवादी इन्द्रबहादुर काम गर्न भनी २०१७ साल मार्ग महिनामा विदेश भारतमा गई ०१८ साल आश्विन महिनामा दशैं मान्न मात्र घरमा आएको छु । यी वादीका लोग्ने पुट्टे सुनार भएको र निज पुट्टे सुनारको र यी वादीको करणी विर्यबाट दावीमा उल्लेख भएकोले टेकबहादुर सुनार ०१८।१।१७ गते जन्म भएको हो । उक्त कुरा निज टेकबहादुर सुनारले प्रस्तुत मुद्दा पर्नु पूर्व ०४२ सालमा जिल्ला कार्यालय सुर्खेतबाट प्राप्त गरेको ना.प्र.नं. ५९९९ बाट समेत सिद्ध देखिने नै छ । निज टेकबहादुर सुनार पुट्टे सुनार र यी वादीको करणीबाट नजन्मी मेरो करणीबाट जन्मेको भए नागरिक्ता लिँदा बाबु पुन्टे सुनार नदेखाई मेरो नाम उ