निर्णय नं. ६०३३ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०३३ - अंश दपोट भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०५/०७ २५७३ निर्णय नं. ६०३३ ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०५१ सालको दे.पु.नं. ... ... २४३९ फैसला मिति : २०५२।५।७।४ मुद्दा : अंश दपोट । पुनरावेदक/वादी: का.जि.का.न.पा. वडा नं. ३१ बस्ने पंचनारायण महर्जन । विरुद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने आशानारायण महर्जन । ऐ.ऐ बस्ने हर्षनारायण महर्जन । ऐ.ऐ बस्ने चैत्यनारायण महर्जन । ऐ.ऐ बस्ने चैत्यमाया महर्जन । एकासगोलको अंशियारको नाममा दर्ता रहेको सम्पत्ति एकासगोलकै अर्को अंशियारलाई लिखत गरी दिएको अवस्था ह“दा अंश दपोट गरेको मान्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विश्वराज भट्टराई विपक्षी तर्फबाटःX अवलम्बित नजिरःX फैसला का.मु.प्र. न्या.सुरेन्द्रप्रसाद सिंह:न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षी प्रतिवादीहरु मेरो आमा बाबु र चैत्य नारायण, चैत्य माया मेरो दाजु भाउजू हुनुहुन्छ । विपक्षीहरु उपर अंश पाउँ भनी विवाद गर्दा ४ भागको एक भाग अंश पाउने ठहरी का.जि.अ.बाट ०४९।८।२३ मा फैसला भयो । उक्त अंश का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०–१४–१–१ जग्गा र सो जग्गामा बनेका हाल विवादास्पद घर समेत तायदातीमा चढाई पेश गर्नु पर्नेमा पेश नगरी उक्त कि.नं. ११७० को क्षे.फ. ०–१४–१–१ जग्गा कित्ताकात गरी आफ्नो एकाघरमा रहेको बुहारीलाई ०–६–० जग्गा बकसपत्र गरी दिई कि.नं. २६७९ कायम गरी दवाई तायदाती फाँटवारी पेश नगरी उक्त जग्गा र घरलाई हा.व. गरी सकेपछि बाँकी क्षे.फ. ०–८–१–१ जग्गा मात्र तायदातीमा चढाई फाँटवारी दिनु भए अनुसार उक्त कि.नं. ११७० बाट कि.का. गरी क्षे.फ. ०–६–० जग्गा र त्यसमा बनेको घर दपोट गरेको हुनाले अ.बं. ८२ अंश बण्डाको २७,३५ लेनदेन व्यवहारको ४० नं. अन्तर्गत यो फिराद गर्न आएको छु । तसर्थ का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०–१४–१–१ जग्गा कित्ताकाट गरी कि.नं. २६७९ को ०–६–० कायम गरेको जग्गा र त्यसमा बनी राखेको घर सहित तायदातीमा नदेखाई मुद्दा गरी सकेपछि कि.का. गरी कि.नं. २६७९ को क्षे.फ. ०–६–० जग्गा र त्यसमा बनेको घर समेत दपोट ठहराई मेरा नाउँमा एकलौटी दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. वादी दावी झुठ्ठा हो । म आशा नारायणले रत्नबहादुर मानन्धरबाट मिति ०२६।८।२ मा र.नं. १ १ २२ द्वारा मा.पो.का. काठमाडौंद्वारा राजीनामा पारीत गरी लिएको उक्त कित्ता जग्गामा मेरो बुहारी चैत्यमायाले माइतीबाट लिई आएको दाइजो तथा पेवा समेतको रुपैयाँबाट घर बनाई आएको र नापीमा उक्त जग्गा का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०–१४–१–१ कायम भई उक्त जग्गा पैत्रिक सम्पत्तिको आम्दानीबाट लिखत पारीत गरी नलिएको र आफ्नो निजी आर्जनबाट आर्जन गरी लिएको उक्त कित्ता जग्गा मध्ये ०–६–० जग्गा निज बुहारीलाई नै लिखत पारीत गरी दिएको हो बुहारीलाई लिखत पारीत गरी दिई बाँकी रहेको कि.नं. २६७९ को ०–८–१–१ को घर जग्गा मैले तायदातीमा बण्डा समेत नलाग्ने भनी फाँटवारी पेश गरेको थिएँ । वादीको फिराद दावी अ.बं. ८२ नं. ले हकदैया नै नभएको हुँदा फिराद स्वतः खारेज भागी छ । पिता पुर्खाको पालोको सम्पत्ति त आधासम्म घर व्यवहार चलाउन