निर्णय नं. २३८५ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३८५ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/२२ १९२८ निर्णय नं. २३८५ ने.का.प. २०४२ अङ्क ६ फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.फु.नं. ३९ विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । रिट निवेदक: का.जि.का.न.पं.वडा नं. ४ भाटभटेनी बस्ने सुवर्ण शमशेर ज.ब.रा. । विरूद्ध विपक्षी :कर कार्यालय, काठमाडौं । राजश्व न्यायाधिकरण,काठमाडौं । मध्यमान्चल क्षेत्रीय अदालत । आदेश भएको मिति:२०४२।६।२२।३ मा खूद आयमा मात्र कर निर्धारण गर्नु पर्नेमा त्यसरी कर निर्धारण नगरी घर बहालको कूल आयमा नै कर निर्धारण गर्ने गरी कर कार्यालय काठमाडौंले गरेको आदेश त्रुटिपूर्ण हुने । (प्रकरण नं.१४) रिट निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री रविन्द्र मान प्रधान विपक्षी तर्फबाटः विद्वान का.मु.सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दाःX आदेश का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहःडि.बे.का मा.न्या.हरूका बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालतनि., २०२१ को नियम ३३(क) बमोजिम फु.बे.को लगतमा दर्ता भई निर्णयार्थ आज यसबेञ्चमा पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. रिट निवेदकले पेश गरेको विवरण अनुसार आ.व. २०२१।०२२ को लागि पारिश्रमिकबाट रु. १८,०००। र घर जग्गा बहालबाट रु. १९,००८। समेत जम्मा रु. ३७,००८। को रकममा लाग्ने कर रु. २६४१।२० र आयकर ऐन, २०३१ को दफा ५९(१) बमोजिम रु. १।, दफा ५९(२) बमोजिम रु. ३६९७।६८ जरिवाना समेत गरी जम्मा रु. ६३३९।८८ आयकर निर्धारण गरिएको कर कार्यालय काठमाडौंको मिति २०३५।३।१६ को आदेश उपर राजश्व न्यायाधीकरणमा पुनरावेदन परेकोमा कानुन बमोजिम आयकर निर्धारण गरेको मिलेकै देखिएको र जरिवाना गरेको सम्म मिलेको देखिएन भनी राजश्व न्यायाधीकरणबाट मिति २०३८।२।१८ मा निर्णय भयो । सो निर्णय उपर अनुमतिको लागि निवेदन दिएकोमा मध्यमान्चल क्षेत्रीय अदालतबाट मिति २०३९।५।२४ मा पुनरावेदनको अनुमति प्रदान हुन सक्तैन भनी आदेश भएको रहेछ । ३. उक्त निर्णय तथा आदेशहरू त्रुटिपूर्ण छन् । २०३२।९।१४ को राजपत्र संख्या ३७ पृष्ठ २ ले जरिवाना मिन्हा गरेकोमा बाँकी रहेको कटाउनु पर्ने नकटाएको त्रुटिपूर्ण छ । पारिश्रमिक तर्फ परिवहन तथा पुस्तक, पत्र–पत्रिका खर्च समेत १० प्रतिशत कट्टा हुनु पर्नेमा सो गरिएको छैन । उक्त आर्थिक वर्षमा मैले घर बहालमा लगाएको छैन भने घरजग्गा बहाल भनी कर निर्धारण गर्न मिल्दैन । आय कर ऐन, २०१९ को दफा ३ बमोजिम नभएको आयमा कर लगाउन मिल्दैन । घर मर्मत गर्न लागेको खर्चको बेवास्ता गरी कर निर्धारण गरेकोले पारिश्रमिकमा मात्र कर निर्धारण होस् भनी राजश्व न्यायाधीकरणमा पुनरावेदन गरेको थिएँ । आय नै नभएको घर जग्गा बहालमा कर लगाउन मिल्दैन । आयकर र घर जग्गा बहाल तर्फ छुट्टा–छुट्टै कर निर्धारण गर्नु पर्नेमा सो गरिएन । घर जग्गा बहालको आयमा २० प्रतिशत छुट दिनु पर्ने आयकर ऐन, २०१९ को दफा १५ मा भएको व्यवस्था प्रतिकूल गरी छुट दिएको छैन । राजश्व न्यायाधीकरणको यस्तो त्रुटिपूर्ण फैसला उपर पुनरावेदनको अनुमति नदिने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको आदेश पनि त्रुटिपूर्ण छ । नेपालको संविधानको धारा ५८ मा कानुन बमोजिम बाहेक कर लगाइने र उठाइने छैन भन्ने व्यवस्था भएकोमा त्यसको प्र