निर्णय नं. २३८६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३८६ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/२५ २०६६ निर्णय नं. २३८६ ने.का.प. २०४२ अङ्क ६ फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको रि.फु.नं. ५४ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पं.वा.नं. १० बानेश्वर घर भई व्यावसायिक किट विज्ञान आयोजना खोपासीमा कार्यरत किटविज्ञ गोपाल प्रसाद काफ्ले । विरूद्ध विपक्षी :लोक सेवा आयोग केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौं । बढुवा समिति सचिवालय,कृषि मन्त्रालय,सिंहदरबार,काठमाडौं । सचिव,श्री ५ को सरकार कृषि मन्त्रालय,सिंहदरबार काठमाडौं । कृषि मूल्यांकन समिति,मुकाम अनुसंधान महाशाखा । शिक्षाध्यक्षको कार्यालय,त्रिभुवन विश्वविद्यालय,कीर्तिपुर । विभागीय प्रमुख महानिर्देशक,कृषि विभाग हरिहर भवन,ललितपुर । का.जि.ठमेल घर भै किट विज्ञान शाखा,खुमलटारमा किटविज्ञको हैसियतमा कार्यरत श्रीमती राम बदन प्रधान । आदेश भएको मिति: ०४२।६।२५।६ मा कृतिको मूल्यांकन गर्न पाउने अधिकार निजामती सेवा नियमावली, २०२१ को नियम ३,५(४) को देहाय (ज) बमोजिम गठित मूल्यांकन समितिलाई नै भएकोले कृति वापत भएको मूल्यांकन र सो आधारमा प्रदान गरिएको अंकको बारेमा अन्यथा हुने भन्ने प्रश्न उठ्न नसक्ने । (प्रकरण नं.११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्ल विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लेखित मुद्दाःX आदेश का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंह: सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म निवेदक २०२२।१०।२१ मा रा.प.तृतीय श्रेणीको सहायक कीटविज्ञको हैसियतमा शुरू नियुक्ति भई २०३४।८।१ मा द्वितीय श्रेणीमा बढुवा भई श्री ५ को सरकार निजामती सेवामा रही इमान्दारी पूर्वक काम गर्दै आएको छु । कृषि मन्त्रालय अन्तर्गत रिक्त भएको कृषि सेवा एन्टीमलोजी रा.प.प्रथम श्रेणीको प्राविधिक पद १ बढुवाद्वारा पूर्ति गर्ने सन्दर्भमा प्रत्यर्थी मध्ये लोकसेवा आयोगले ०४०।१।२२ मा सूचना नं. ६।०४० प्रकाशित गरी ०३९ पौष मसान्तसम्ममा सम्भाव्य उम्मेदवार हुन सक्नेहरू मध्येबाट माग दर्खास्त आव्हान भए अनुसार म निवेदकले पनि सूचनामा निर्धारित सबै शर्तहरू पूरा गरी तोकिएको ढाँचामा दर्खास्त भरी विधिवत रूपमा दर्ता गरेकोमा कार्य सम्पादन मूल्याङ्कन शैक्षिक योग्यता, अनुसन्धान, कृति जस्ता सबै वापत मैले प्राप्त गर्नु पर्ने अंक योग्यतम उम्मेदवारको हैसियतले नियमानुसार बढुवा पाउनु पर्नेमा प्रत्यर्थी मध्येको बढुवा समितिले विपक्षी श्रीमती रामवदन प्रधानको नाम सिफारिश गरी निर्णय गरेको कुरा २०४०।७।८ को गो.प.मा प्रकाशित सूचनाद्वारा अवगत हुन आयो । उक्त विपक्षीको निर्णय निम्न लेखिएको कानुनी आधारमा गैरकानुनी भएको कुरा निम्न जिकिरहरूद्वारा प्रष्ट पारेको छ । ३. जिकिर : म भन्दा घटी अंक प्राप्त गर्ने विपक्षीको कसरी सिफारिश हुन पुग्यो सो सम्बन्धमा बुझ्दा निज श्रीमती प्रधानले नेपालबाट प्रकाशित हुने (जनरल अफ नेचुरल हिष्ट्री म्यूजियम) मा केही वर्ष कृषि विभाग अन्तर्गत विभिन्न अनुसन्धान केन्द्रद्वारा सञ्चालन भइरहेको वार्षिक कार्यक्रममा परेको परीक्षण कार्यको निरीक्षण भ्रमणमा जाँदा अवलो