निर्णय नं. ६०३४ - जग्गा खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०३४ - जग्गा खिचोला चलन भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५१/१२/२१ ३९९२ निर्णय नं. ६०३४ ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४९ सालको दे.पु.नं. ... १०३३ फैसला मिति : २०५१।१२।२१।३ मुद्दा : जग्गा खिचोला चलन । पुनरावेदक/वादी: जि.ध. यदुकुवा गा.वि.स. वडा नं. १ बस्ने बैजनाथ हाथीको श्रीमती सीतादेवी हाथी । विरुद्ध विपक्षी/प्रतिवादी: जि.ध. सपही गा.वि.स. वडा नं. १ मा बस्ने विन्देश्वर यादवका छोरा अं. वर्ष १८ को विजय कुमार यादव । जे जस्तो किसिमबाट सर्भे नक्सामा बाउण्ड्री कायम भई कित्ता काट हुन्छ सो नै प्रत्येक कित्ताको बाउण्ड्री समेतको सो कित्ताको स्वरुप कायम भएको मान्नु पर्ने हुंदा सो अनुसार भोग गरेको मान्नु पर्ने स्थिति हुन्छ । अतः नक्साको स्वरुप बाउण्ड्रीलाई मिची भोग गरेको कथित भनाइको आधारमा कित्ता काटको वाउण्ड्रीलाई अमान्य गर्ने स्थिति नहुने । (प्रकरण नं. १७) कित्ताकाट भै बाउण्ड्री कायम हुंदैका अवस्था सो नमिले उसै बखत पक्षले उजूर गरी सच्याउने मिलाउने कुरा हो । (प्रकरण नं. १७) पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रतिवादी विपक्षी तर्फबाट: विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव अवलम्बित नजिरःX फैसला न्या.त्रिलोकप्रताप राणाः पुनरावेदक वादी पु.वे.अ. जनकपुरबाट भएको मिति २०४९ साल जेष्ठ ८ गते रोज ५ को फैसला उपर चित्त नबुझी यस सम्मानीत अदालत समक्ष पुनरावेदन गर्न आउनु भएको रहेछ । मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छ । २. अंशबण्डा हुँदा श्रीमान हाथीका नाममा दर्ता भै मेरो स्वर्गीय पति बैजनाथ हाथीको हिस्सामा रहेको जि.ध.ज.न.पा. वडा नं. १ कि.नं. ६१ को जग्गा मध्ये कित्ताकाट भई ऐ. वा.नं. १(ख) कि.नं. ६०४ को ०–१–१५ जग्गा निज मेरो पतिको मृत्यु पश्चात मेरो नाममा नामसारी गराई मेन्टीनेन्स नापी शाखाबाट खटिएको अमिनले जग्गा छुट्याई किल्ला समेत गाडीएकोमा उक्त जग्गा भन्दा पश्चिम तर्फको कि.नं. ६४ बाट कित्ताकाट भई कि.नं. ६४२ को खाली जग्गा विपक्षीको हुँदा पनि केही अवघात पर्न गएको थिएन । म आफ्नो ससुराली जुदुकाहामा बस्ने गरेको अवस्थामा विपक्षीले बद्नियत चिताई सो मेरो कि.नं. ६०४ र ०–१–१५ जग्गा मध्ये दक्षिण पश्चिम कोनाबाट ०–०–१/२ जग्गा आफ्नो कि.नं. ६४२ को जग्गामा मिसाई पार्खलले समेत घेरी खिचोला गरेबाट खिचोला मेटाई चलन समेत चलाई पाउँ भन्ने समेतको फिरादपत्र । ३. सर्भेबाट कायम भएको ज.न.पा. वार्ड नं. १(ख) कि.नं. ६१ जग्गाको पश्चिम दक्षिण तर्फ रत्नकुमारीका नाममा दर्ता रहेको कि.नं. ६४ ज.वि. ०–१–८ जग्गा मध्ये विभिन्न मितिमा विभिन्न व्यक्तिले जग्गा खरिद गरी लिँदा निजको नाममा कि.नं. ६४१ कायम भै सो कि.नं. ६४१ भन्दा पूर्व तर्फबाट मैले ०–०–५ जग्गा खरिद गरी कित्ताकाट हुँदा कि.नं. ६४२ कायम भई चारैतिर पर्खाल लगाई भोगी आएको छ । फिराद कथन अनुसारको जग्गा खिचोला गरेको भए विपक्षीले भनेको कि.नं. ६०४ र मेरो कि.नं. ६४२ समेत नापनक्सा गरेमा प्रमाणित हुन आउने नै छ । विवादित जग्गाहरु शहरी क्षेत्रको जग्गा हुँदा नरघटी भै रहेको कारण घटेको जग्गा मेरो जग्गाबाट पूर्ति गर्ने उद्देश्यले यो मुद्दा दायर भएको औचित्य प्रति पनि ध्यानाकर्षण गराउन चाहन्छु । तसर्थ मैले विपक्षीको जग्गा खिचोला गरेको नहुँदा फिराद दावीबाट छुटकारा गरी पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर । ४. मिति २०४५।५।१० मा भएको नक