निर्णय नं. २३८७ - लिखत पास जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३८७ - लिखत पास जालसाजी भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/१८ २०२६ निर्णय नं. २३८७ ने.का.प. २०४२ अङ्क ६ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.फु.नं. ६२ मुद्दा : लिखत पास जालसाजी । निवेदक/प्रतिवादी: पाल्पा तानसेन नगर पञ्चायत वार्ड नं.९ असन टोल बस्ने महेश्वर प्रधान मरी मु.स.गर्ने ऐ.ऐ घर भै हाल का.जि.का.न.पं. वार्ड नं.५ हांडी गाउँ ब्लक नं. २५/१३७ बस्ने राजेन्द्र प्रधान विरूद्ध विपक्षी/वादी:पाल्पा बौद्ध गुम्बा गा.पं.वार्ड नं. ८ आम डांडा जमुने बस्ने विष्णु प्रसाद घिमिरे । फैसला भएको मिति:२०४२।६।१८।६ मा साक्षीहरूको रोहवरमा रूपैयाँ लिनदिनु गरी राजीनामा कागज भएको रहेछ भन्न सकिने अवस्था समेत नदेखिएकोबाट त्यस्तो लिखत ऐनको रीत पुगेको नदेखिँदा लिखत पारित हुने ठहर्याएको इन्साफ मिलेको देखिएन । (प्रकरण नं.१३) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री हरिहर दाहाल उल्लेखित मुद्दाःX फैसला न्या.बब्बर प्रसाद सिंह: निवेदकले श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए यसमा लेखिएको “त्यस अदालतबाट छिनिएको लिखत पास जालसाजी मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम गर्नु” भन्ने हुकुम बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई आज निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षी महेश्वर प्रसाद प्रधानले मसँग रु. २५,०००। लिई खेत विगहा २–१३–९ मिति ०३०।८।२७।४ मा हक हक छाडी राजीनामा लिखत गरिदिएको म्यादभित्र पारित गरिनदिएकोले पारित गराई पाउँ भन्ने समेत विष्णुप्रसाद घिमिरेको फिराद । ३. राजीनामा बमोजिमको रु. २५,०००। मेरो पेट बाँकी नभई मैले जानी बुझी खुसीराजीले सहीछाप गरेको नहुँदा सो राजीनामा मैले पारित गरिदिनु पर्ने होइन । वादीको एकासगोलको मुख्य बाबु थानेश्वर घिमिरे स्वयं बसी लेनदेन हर हिसाब गर्दा यस अघिको कुनै लेना पनि छैन र साथै रजिष्ट्रेशन पास गर्न बाँकी रहेको कुनै किसिमको राजीनामामा समेतका हक छाडेको लिखत समेत छैन भन्ने मलाई र मेरा परिवार समेतलाई पूर्ण विश्वास भएकोले लिखत गरिदिएको छु भनी राजीनामाको मिति भन्दा पछि ०३१।२।२७ मा मलाई कागज गरिदिएबाट प्रष्ट हुन आउँछ भन्ने समेत महेश्वरप्रसाद प्रधानको प्रतिउत्तरपत्र । ४. प्र.महेश्वरलाई मेरो खुसीबाट कुनै लिखत गरिदिएको छैन । ०३१।२।२७ गतेका दिन १२।१ बजे प्र.महेश्वर निजको छोरा राजेन्द्र प्रहरी देवीबहादुर, नचिनेको २ जना समेत ३ जना प्रहरी समेत गै पक्राउ गरी ल्याई कोठामा थुनी बन्दूक देखाई के व्यहोराको कागज लेखी ल्याई पढी वाची नसुनाई सहिछाप गराएका हुन् अन्याय गर्ने सबै उपर छुट्टै उजूर गर्ने भएकाले उसैबाट इन्साफ पाउने हुँदा यी देखाइएका लिखत करकापबाट गराइएको हो भन्ने समेत थानेश्वरको बयान। ५. ०३०।८।२७।४ को सक्कल राजीनामा देखाउँदा देखें जानी बुझी गरिदिएको होइन झुक्याई सहिछाप गराई जालसाजी गरेका हुन्, खुशीराजीले गरिदिएको हैन, लिखत खडा गरेमा थानेश्वर र वादीलाई सजायँ गरिपाउँ भन्ने समेत मुद्दा सकार गर्ने राजेन्द्रप्रसादको बयान । ६. जालसाजी राजीनामा खडा गरेको हैन खुसीराजीले गरिदिएको हुन् ०३१।२।२७ को लिखत थानेश्वरले राजीखुसीले गरिदिएको हैन पक्राउ गरी कोठाभित्र बन्द गरी जोर जुल