निर्णय नं. २३८८ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३८८ - लिखत पास भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/२५ १८७५ निर्णय नं. २३८८ ने.का.प. २०४२ अङ्क ६ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.फु.नं. ५५ मुद्दा : लिखत पास । निवेदक/प्रतिवादी:बाँके जिल्ला ईन्द्रपुर गा.पं.वडा नं. १ बस्ने सैफु तेली । विरूद्ध विपक्षी/वादी:ऐ.ऐ. वार्ड नं. ३ बस्ने नारायण सिंह च्यामजुङ । फैसला भएको मिति:२०४२।६।२५।६ मा अदालतको आदेश बमोजिम विशेषज्ञ जाँच हुँदा समेत बोल्न समर्थ देखिएको भन्ने विशेषज्ञको राय भएको वीर अस्पतालको पत्रबाट देखिएकोले अ.बं. २५ नं. को विपरीत कागज भएको भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१४) निवेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी/वादी तर्फवाट:विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी उल्लेखित मुद्दाःX फैसला न्या.बब्बर प्रसाद सिंहः प्रतिवादी सैफु तेलीले डिभिजन बेञ्चबाट मिति ०३९।८।२७।१ मा भएको फैसला दोहर्याई पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र.बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ आज यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. प्रतिवादीले रु. ३५,०००। लिई इन्द्रपुर गा.पं.वा.नं. १(क) कि.नं. १४४, १४६, १८७, २४१, २५१ को ज.वि. १–८–१३ र घरबास मिन्हा ऐ. पञ्चायत वार्ड नं. १ को भगौती चिडीभार सो पश्चिम बच्चु तेली सो उत्तर भगौती तेली सो पूर्व सडक सो दक्षिण पूर्व पश्चिम १४ हात र उत्तर दक्षिण ९ हात माटोको देवाले खपडाको छानो गोठ घर १, गोठ देखि उत्तरको उत्तर दक्षिण २० हात पूर्व पश्चिम १३ हात भएको दुबारा जग्गा दुबारा र गोठ घर सो पश्चिम उत्तर दक्षिण १३ हात पूर्व पश्चिम ७ हात माटोको देवाल खपराको छानो भएको भूइँतले बैठक घर एक गोठ घर सो पूर्व उत्तर दक्षिण लम्बा १७ हात पूर्व पश्चिम ९ हात माटाको देवाल खपडाको छानो भएको तरवाहदार बस्ने घर एक भगौती तेलीका घर सो पश्चिम ओटीलाल खटिकको घर सो पूर्व बच्चु तेलीको बारी सो उत्तर दुवारा जग्गा सो दक्षिण ०–०–६ घडेरी बारी जग्गा १ समेत २०३३ साल फाल्गुण २१ गते राजीनामा गरिदिई म्यादभित्र पारित गरिदिनुहोस भनी प्र.सँग भन्दा आलटाल गरी ६ महिना म्याद गुजारी दिनु भएकोले रजिष्ट्रेशनको ४ नं. का म्याद ३५ दिनभित्र फिराद गर्न आएको छु भन्ने समेत नारायण सिंहको फिरादपत्र । ३. ०३४।६।१९ गतेको इतलायनामा म्याद प्र.सैफु तेलीले गुजारेको । ४. वादी नारायण सिंहलाई विकाता गरेको घर जग्गा घरसारको राजीनामाबाट लेखिदिएको उक्त राजीनामा जुनसुकै अवस्थामा साहू आसामी मिली लेखी लेखाई दिने र बच्चु तेलीको अंश मुद्दाको फिराद ०३४।४।३२।४ मा परेपछि घरसारको आडले ०३४।६।६ मा नारायण सिंहले सैफु तेली उपर पास गरिपाउँ भनी दिएको नालेशमा अंश मुद्दा पर्दा पर्दैको अवस्थामा भएको र बच्चु तेलीको अंश मार्नको लागि मिलोमतो गरेको समेत देखिनाले वादीदावीबमोजिमको राजीनामा लिखतरजिष्ट्रेशन पारित हुनेठहर्छ भन्नेसमेत बाँ.जि.अ.को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी नारायण सिंहको पुनरावेदन । ६. पुनरावेदकले जुन जग्गा आफूलाई राजीनामा पास गरिपाउँ भन्ने फिराद गरेको छ सो नै जग्गा प्रमाणको रूपमा आएको अंश मुद्दाको तायदातीमा पुनरावेदकलाई बिक