निर्णय नं. २३८९ - लुटपीट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३८९ - लुटपीट भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/२५ १८९३ निर्णय नं. २३८९ ने.का.प. २०४२ अङ्क ६ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं. ७२ मुद्दा : लुटपीट । निवेदिका/प्रतिवादी:झापा जिल्ला बुधवारे गा.पं.वार्ड नं. ९ बस्ने भागिरथा न्यौपाने । विरूद्ध विपक्षी/वादी:ऐ.ऐ. बस्ने लक्ष्मी प्रसाद कोइराला । फैसला भएको मिति:२०४२।६।२५।६ मा कर्जा नतिरेसम्म धितो राखेको माल नेपाल बैंक लिमिटेडको हुने । (प्रकरण नं.१३) निवेदिका/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री सीताराम तिवारी र विद्वान अधिवक्ता श्री रेवन्त कुँवर विपक्षी वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.बब्बर प्रसाद सिंहः प्रतिवादीले डिभिजन बेञ्चबाट मिति ०३९।११।१२।५ मा भएको फैसला दोहर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहर्‍याई हेरिदिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ आज यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षी भागिरथाको गोदाम मैले भाडामा लिई नेपाल बैंकसँग कारोबार गरेको नं. २३ को गोदामबाट २५ नं. गोदाममा रहेको चामल सार्दा विपक्षी भागिरथाले अरु मानिस समेतलाई गोदामको चामल बोरा १९२ र ११ बोरा कोदो समेत लुटपीट गरी लगे, मेरो भागमा पर्ने चामल बोरा ९५ को बिगो रु. १७,००५। दिलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोरा भएको फिराद रहेछ । ३. राम कुमार शर्मासँग अघि देखि कारोबार गरिआएकोमा सो कर्जा वापतको चामल बोरा ८८ निकाली दिएकोले लिएको मात्र हुँ लुटपीट गरेको छैन भन्ने प्र.भागिरथा न्यौपानो र ०३०।१।४ गतेका दिन छोरा हरि प्रसादलाई घ्यू पुर्‍याउन गएको छु लुटपीट गरेको होइन भन्ने देवीप्रसाद समेतको एउटै प्रतिउत्तरपत्र । ४. प्रतिवादी जिकिर बमोजिम सबूद गुज्रन नसकेकोले र लुटपीटको चामल मध्ये ८८ बोरा चामल लगेकोमा प्र.भागिरथा सावितै देखिँदा वादी दावी बमोजिम प्र.भागीरथा समेतले लुटपीट गरेको ठहर्छ भन्ने समेत व्यहोरा भएको ०३३।१।२९।३ को इलाम जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन शुरू इन्साफ उल्टाई मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी झुठ्ठा लुटपीटको दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोरा भएको प्र.भागिरथाको पुनरावेदन । ६. वादीको साक्षीहरूको बकाई एक अर्कासँग परस्पर बाझिएकोले शुरू इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम र क्षेत्रीय अदालत नि.अनुसार झगडिया झिकाई पेश गर्नु भन्ने पूर्वान्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३५।९।६।३ गतेको आदेश रहेछ । ७. इलाम जि.अदालतबाट वादी दावी बमोजिमको चामल पुनरावेदिका र प्रतिवादी समेतले लुटपीट ठहराएको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोरा भएको मिति ०३६।१।२ गतेको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला रहेछ । ८. उक्त पूर्वान्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदिका प्रतिवादी भागिरथा न्यौपानको यस अदालतमा पर्न आएको निवेदन रहेछ । ९. बैंकसँग कारोबार गरी नेपाल बैंकलाई धितो राखेको गोदामको चामल बोरा लुटी लग्यो भन्ने वादी दावी भएको प्रस्तुत मुद्दामा पेटबोलीबाट अ.बं. १३९ नं. बमोजि