निर्णय नं. २३९० - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३९० - ज्यान भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/१८ २१९५ निर्णय नं. २३९० ने.का.प. २०४२ अङ्क ६ फुल बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फु.बे.नं. ३२ सम्वत् २०४२ सालको फौ.सा.नं. १४ मुद्दा : ज्यान । पुनरावेदक/प्रतिवादी: महाकाली अंचल,कन्चनपुर जिल्ला महेन्द्रनगर नगर पञ्चायत वा.नं. ७ बस्ने गोपाल जाग्री । विरूद्ध प्रत्यर्थी/वादी:जयमल जाग्रीको जाहेरीले श्री ५ को सरकार । वादी/पक्ष:जयमल जाग्रीको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी : जि.कन्चनपुर महेन्द्रनगर न.पं.वा.नं. ७ बस्ने मानसिंह जाग्री । ऐ.ऐ बस्ने गोपाल जाग्री । ऐ.ऐ बस्ने मानसिंहको घरमा डेरा गरी बस्ने प्यारु धामी । ऐ.ऐ बस्ने बहादुर महता । ऐ.ऐ बस्ने पिरीलाल धामी । ऐ.ऐ बस्ने बुदे भन्ने राम बहादुर जाग्री । फैसला भएको मिति:२०४२।६।१८।६ मा ज्यान सम्बन्धीको १३(३) बमोजिम यसको चोटबाट मरेको भन्ने नदेखिँदा सबैलाई जन्मकैदको सजायँ हुन्छ भनी गरेको इन्साफ नमिल्ने । (प्रकरण नं.४०) पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त र विद्वान अधिवक्ताहरु श्री शम्भु थापा र श्री बालकृष्ण न्यौपाने प्रत्यर्थी/वादी तर्फवाट :विद्वान सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः प्रस्तुत मुद्दा मिति ०४२।१।१२।४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको रायमा मतैक्य हुन नसकी राय बाझी निर्णयार्थ यस फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. ०३७।२।७ गते अन्दाजी राति १०।११ बजेको समयमा प्यारु धामी, पिरीलाल धामी, मानसिंह जाग्री, बुधे जाग्री, बहादुर महता, गोपाल जाग्री समेत ६ जना नभएको अवस्थामा मेरो घरमा आई छोरा रणबहादुर जाग्रीलाई बाबु खोज्न साथै लगेको भन्ने कुरा श्रीमतीले बताउँदा थाहा पाई खोज तलास गर्दा नभेटिएकोले भारत तर्फ खोज्न जाँदा वनवासा पुल पारी जान लाग्दा नहरकै आसपासमा मानिसहरूको भिड देखि हेर्न जाँदा छोराको लासलाई चिनी कञ्चनपुर अस्पतालमा ल्याएको छु मेरो श्रीमतीलाई पहिले तिनै व्यक्तिहरूले भगाई लगेको रिसइवीबाट कुटपीट गरी मुद्दा समेत चलिरहेको हुँदा तिनीहरूले नै मेरो छोरालाई मारी महाकाली नदीमा लाश फालेको पूर्ण शंका लागेकोले कारवाही गरिपाउँ भन्ने व्यहोराको जयमल जाग्रीको जाहेरी दर्खास्त । ३. जिब्रो बाहिर निस्की ओठले च्यापेको, निधारको हड्डी कच्चाक कुचुक भएको, पेट थिच्दा पानी ननिस्केको लाश पुरै सुनिएको भन्ने समेत व्यहोराको ०३७।२।१३ को लाश प्रकृति मुचुल्का । ४. टनकपुरबाट फर्की घर आउँदा महाकाली नदी तर्न लाग्दा मनजित तरेको र रणबहादुर डुबी मरेको कुरा सुनेको हुँ । म समेत भई रणबहादुरलाई मारी फालेको हैन भन्ने समेत गोपाल जाग्रीले प्रहरीमा गरेको कागज । ५. रण बहादुरलाई घर गई बोलाई कर्तव्य गरी मारेको समेत कुनै कुरा होइन भन्ने प्यारु धामीको प्रहरीमा भएको कागज । ६. टनकपुरबाट घर फर्कदा महाकाली नदीमा म तरी भाइ डुबी मरेको भन्ने कुरा झुठ्ठा हो प्यारु समेतका व्यक्तिहरूले भाइ रणबहादुरलाई मारेको हुनुपर्छ भन्ने व्यहोराको मनजीत जाग्रीको प्रहरीमा भएको कागज । ७. मिति ०३७।२।७ गते राति १०।११ बजे प्यारु धामी, गोपाल जाग्री समेतका मानिस मेरो घरमा आई छोरा रणबहादुरसँग मुद्दा मिलापत्र गर्न पर्