निर्णय नं. ६०३६ - जग्गा हक कायम खिचोला मेटाई चलन चलाई पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०३६ - जग्गा हक कायम खिचोला मेटाई चलन चलाई पाउं । भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०७/२८ २६२९ निर्णय नं. ६०३६ ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०५१ सालको दे.पु.नं. ... २१११ फैसला मिति : २०५२।७।२८।३ मुद्दा : जग्गा हक कायम खिचोला मेटाई चलन चलाई पाउं । पुनरावेदक/प्रतिवादी: बलभद्रको छोरा कास्की जिल्ला पोखरा नगरपालिका वडा नं. ७ बस्ने उमाकान्त शर्मा । सेवकनाथ छोरा पर्वत जिल्ला कान्छा गा.पं. वडा नं. ५ बस्ने तुलसी प्रसाद शर्मा । विरुद्ध विपक्षी/वादी: कास्की जिल्ला पोखरा नगरपालिका वडा नं. १७ बस्ने लक्ष्मण वास्तोला । वादीको आफ्नो हक स्वामित्वको जग्गा प्रतिवादीको नाममा वादीलाई थाहा जानकारी नभई कित्ताकाट गराएकोमा वादीले थाहा पाएको मिति कायम गरी सोबाट हदम्याद भित्रै परेको फिरादलाई हदम्याद नाघी परेको भन्न नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा विपक्षीवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शेषनारायण ढुंगाना अवलम्बित नजिरःX फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत पोखराको मिति २०४९।३।१० गते भएको फैसला उपर मुद्दा दोहोर्‍याइने निस्सा भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी मध्येका उमाकान्तले गजेन्द्रबहादुरबाट लिएको कि.नं. ३५८ को जग्गाको पिछाड कम भएकोले मलाई अलिकति जग्गा दिनु होस भनी भन्नु भएकोले मेरा नाममा दर्ता भएको कि.नं. ३५७ मध्ये ०–१–२–० जग्गा राजीनामा पास गरी दिएको थिए । मैले दिएको जग्गा कि.नं. १४२८ मा कित्ताकाट गराई लिनु भएको छ । सो कित्ता कटाई सकेपछि कि.नं. ३५७ सँगै जोडिएको कि.नं. ३५९ को जग्गा मध्येको सडक छेउको क्षेत्रफल ०–२–०–० को जग्गा पनि सोही राजीनामाको नाताले माल तथा नापीका कर्मचारी समेतलाई मोर्‍याई कि.नं. १४३० मा कित्ता कटाई दर्ता गराई सोही जग्गा विपक्षी मध्येका तुल्सीप्रसाद आचार्यलाई मिति २०४३।३।१६ गते राजीनामा पास गरी दिनु भएको रहेछ । सो कुरा कि.नं. ३५९ मध्येको पश्चिम उत्तर तर्फको कोण ढुंडाखसाली पर्खाल लगाउन लागेको देखि मेरो जग्गामा किन लगाउन लाग्नु भएको भन्दा मैले उमाकान्तबाट राजीनामा लिएको छु भन्नु भएकोले के रहेछ भनी कास्की मालमा गई बुझ्दा मेरो कि.नं. ३५९ को जग्गाबाट कि. फोड गरी कि.नं. १४३० विपक्षी उमाकान्तले आफ्ना नाममा दर्ता गराएको देखियो । मैले उमाकान्तलाई मिति २०३४।१।१४ गतेमा र.नं. २८३० को १ राजीनामा मात्र गरी दिएको २८३१ को होइन । र.नं. २८३० को राजीनामामा कि.नं. ३५७ मध्येबाट मोहडा हात ४ र पिछाड हात २१ को जग्गा मात्रै दिएको छु । जुन जग्गा कि.नं. १४२८ मा विपक्षीले पाउनु भएको छ । सो बाहेक मेरो हक छुटाएको लिखत बेगर विपक्षीले कि.नं. ३५९ बाट कि. फोड गराई कि.नं. १४३० लिन पाउने अधिकार नभएको हुँदा सो कित्ताको दर्ता र उमाकान्तले तुल्सीप्रसादलाई दिएको राजीनामा लिखत अमान्य हुँदा बदर गरी सो आधारमा गरिएको तुल्सीप्रसादको दर्ता बदर गरी सो जग्गामा विपक्षीको खिचोला मेटाई मेरो हक कायम गरी पाउँ भन्ने समेत लक्ष्मण वास्तोलाको फिरादपत्र । ३. प्रतिवादी मध्येको म उमाकान्तले गजेन्द्रबहादुरसँग मिति २०३३।४।१८ गतेमा साविक लुकुम स्वारा गा.पं. वडा नं. १ को हाल पो.नं.पं. वडा नं. १७ को छोरेपाटन भन्ने जग्गा राजीनामा पारीत गरी लिएको हुँ । सो जग्गा घडेरीका निमित्त अपुग भएबाट मिति २०३४।१।१४ गत