निर्णय नं. २३९२ - मोही निष्काशन गरी चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३९२ - मोही निष्काशन गरी चलन चलाई पाउँ भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०५/१८ १८४५ निर्णय नं. २३९२ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ५१७ मुद्दा : मोही निष्काशन गरी चलन चलाई पाउँ । पुनरावेदक/प्रतिवादी:जिल्ला बाँके हसतापुर गा.पं.वडा नं. ६ बस्ने समद खाँ । विरूद्ध विपक्षी/वादी:जिल्ला बाँके बशन्तपुर गा.पं.वडा नं. ६ बस्ने इस्माइल खाँ । ऐ.बस्ने रमजान खाँ । ऐ.बस्ने मोहमत सरीफ खाँ । फैसला भएको मिति: २०४२।५।१८।३ मा बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट गरेको फिरादलाई म्याद भित्रको भन्न नमिल्ने । (प्रकरण नं.१४) फैसला न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. विपक्षी मोही समद खाँले हामीहरूका नाममा संयुक्त दर्ता भएको बाँके रनियापुर गा.पं.वडा नं. २ कि.नं. ३५ र ४६ समेतको ज.वि. ३–०–४ अधियाँमा जोती आएकोमा २०३७ सालको धानबालीमा उक्त जग्गा राम्रोसँग खनजोत मलजल केही नगरी जग्गाको उब्जा र मोल घटाएको र बाली बटैयामा समेत भू.सु.ऐन, २०२१ को दफा ३६ को प्रकृया नअपनाई अनधिकृत डोर ल्याई बटैया गरेको कुरा ०३७।११।२३ मा भू.सु.का. बाट बटैया मुचुल्काको नक्कल लिँदा थाहा पाएकोले भू.सु.ऐन, २०२१ को दफा २९(२) को (क) बमोजिम उक्त जग्गाबाट विपक्षीको मोहियानी हक निष्काशन गरी चलन चलाई पाउँ भन्ने वादी । ३. वादी दावी कि.नं. ३५ र ४६ तथा दावी नपरेको कि.नं. ३७ को समेतको जग्गा तिंकुर सर्तमा जोती कमाई आएको अधियाँमा कमाएको छैन दावी झुठ्ठा हो वादीको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर । ४. धानमा के कस्तो रोग लागेको हो र के औषधी गरिएको हो सो सम्बन्धमा समेत केही उल्लेख वादीले गर्न नसकेको र भू.सु.ऐन, २०२१ को दफा ३६ बमोजिम प्रकृया पूरा नगरी जग्गाधनी प्रति खुल्ला ह्दयले बटैया गरेकै समेत देखिन नआएकोले भू.सु.ऐन, २०२१ को दफा २९(१)(क) को आधारमा मोहियानी हक निष्काशन हुने ठहर्छ भन्ने जिल्ला अदालतको फैसला । ५. शुरू जि.अ.को इन्साफमा चित्त बुझेन बदर गरी वादी दावीबाट फुर्सद पाउँ भन्ने पुनरावेदन जिकिर । ६. मोहियानीबाट निष्काशन गर्ने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत भे.अं.अ.को ०३९।९।१२ को फैसला । ७. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको २०४०।१।२३ को आदेश । ८. मोहियानी हक निष्काशन गर्ने गरेको शुरू इन्साफ मनासिव ठहराएको अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको मिति २०४०।७।२५ को फैसला । ९. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णयमा भू.सं.ऐन, २०२१ को दफ २९क.(क) को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ, भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।१०।२३ को आदेश । १०. पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रस्तुत फिराद बटैया मुचुल्का सारी थाहा पाएको भनी गरेको छ । तर भू.सु. ऐनको दफा २९क(क) अनुसार काम कुरा भए गरेको मितिले ३५ दिनभित्र परेको छैन । तसर्थ वादी दावी खारेज हु