निर्णय नं. ६०३७ - बकसपत्र लिखत बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०३७ - बकसपत्र लिखत बदर दर्ता भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०६/२३ ३३५१ निर्णय नं. ६०३७ ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५० सालको दे.पु.नं. १०७८ फैसला मिति : २०५२।६।२३।२ मुद्दा : बकसपत्र लिखत बदर दर्ता । पुनरावेदक/वादी: जिल्ला सिराहा मझौरा गाउँ विकास समिति वडा नं. ८ बस्ने रामसुफल साहु तेली । विरुद्ध प्रत्यर्थी/प्रतिवादी: ऐ. ऐ. बस्ने करमावती तेलिन । ऐ.ऐ गा.वि.स. वडा नं. ७ बस्ने धुरनी साहु तेलिन । अंश मुद्दामा पेश भएको फाँटवारीमा उल्लेखित जग्गा भन्दा बेगल जग्गा बकसपत्र गरी दिएको देखिंदा उक्त जग्गामा वादीको समेत हक लाग्ने । (प्रकरण नं. १२) वादीको समेत हक लाग्ने सम्पत्ति हस्तान्तरण गर्दा निजको मञ्जुरी नलिई बकसपत्रको लिखत पारित भएको देखि“दा मञ्जुरी बेगरको बकसपत्रको लिखतलाई कानुनसंगत मान्न नमिल्ने। (प्रकरण नं. १२) फैसला न्या.ओमभक्त श्रेष्ठः श्री पुनरावेदन अदालत, राजविराज सप्तरीको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २ विपक्षीले मलाई धर्मपत्र बनाई मालपोत कार्यालय, सिराहाबाट मिति ०४२।११।१७ मा धर्मपुत्र लेखत पारीत भएको छ विपक्षीले मलाई इज्जत आमद अनुसार खान लाउन नदिएकोले अंश दर्ता मुद्दा दिई दे.नं. ६२६ को मुद्दा यस अदालतमा छ । यस्तो मुद्दा हुँदा हुँदै पनि विपक्षीले आफ्नो नाममा दर्ताको जि.सि.गा.पं. मझोरा वडा नं. ४ कि. नं. २९० को ०–११–१५.१/२ ऐ. कि.नं. २८५ को ०–१–१७.१/४ ऐ. कि.नं. २९३ को ०–०–१७ ऐ. वडा नं. ७ कि.नं. २४८ को ०–०–१.१/२ ऐ. कि.नं. २५२ को ०–०–११.१/२ ऐ. वडा नं. ७(ख) कि.नं. १४८ को ०–०–९.३/४ ऐ. वडा नं. ९ कि.नं. ५४६ को ०–०–१६.१/२ ऐ. वडा नं. ७(ख) कि.नं. १४६ को ०–१–१२ समेत जम्मा ज.वि. १–०–१ जग्गा मेरो समेत अंश हक लाग्नेमा मेरो छोरा छैन भनी आफ्नो छोरी धुर्नि साहुलाई मिति २०४६।११।२ गते बकसपत्रको लिखत पारीत गरी दिइछन् । सो कुरा मिति २०४६।११।१३ गते उक्त जग्गा जोताउँछु भनी जाँदा विपक्षी धुनिले बकसपत्र गरी लिएको छु भनी भनेकोले मालपोत कार्यालय सिरहामा मिति २०४६।११।१८ गतेमा नक्कल सारी लिँदा थाहा भएकोले दान बकसपत्रको १ नं. र लेनदेन व्यवहारको १० नं. अनुसार फिराद गर्न आएको छु । उल्लेखित गा.पं. मझौरा वडा नं. ४ कि.नं. २९० को ०–११–१५.१/२ मध्ये पश्चिमबाट ०–५–१७.३/४ ऐ. कि.नं. २८५ को ०–१–१७.१/४ मध्ये पश्चिमतर्फबाट ०–०–१८.५/८ ऐ. कि.नं. २९३ को ०–०–१७ मध्ये पश्चिमतर्फबाट ०–०–८.१/२ ऐ. वडा नं. ७(क) कि.नं. २४८ को ०–१–१.१/२ मध्ये पश्चिमबाट ०–०–१७.३/४ ऐ. कि.नं. २५२ को ०–०–१८.१/२ मध्ये पश्चिमतर्फबाट ०–०–५.३/४ ऐ. वडा नं. ७(ख) कि.नं. १३८ को ०–०–९.३/४ मध्ये पश्चिमतर्फबाट ०–०–४.७/८ ऐ. वडा नं. ६ कि.नं. ५४६ को ०–१–१६।१/२ मध्ये पश्चिमतर्फबाट ०–०–१८.१/४ को ऐ. वडा नं. ७(ख) कि.नं. १४६ को ०–१–१२ मध्ये पश्चिमतर्फबाट ०–०–१६ समेत ०–१०–१/२ जग्गा विपक्षी धार्नि साहुका नामबाट लिखत दर्ता बदर गरी मेरो नाममा दर्ता गराई फैसला दायर गर्दा राखेको कोर्ट फी समेत दिलाई भराई पाउँ भन्ने समेत वादी। ३. विपक्षीले मलाई धर्मपुत्र भएर पनि इज्जत आमद अनुसार खान लाउन नदिई स्याहार सम्हार समेत नगरेकोले विपक्षी उपर यसै अदालतमा दे.नं. १०५५ मा धर्मपुत्र लिखत बदर मुद्दा दिएको छु त्यस्मा पनि मु. ऐन अंश बण्डाको १९ नं. ले आधासम्म सम्पत्ति आफ्नो खुस गर्न पाउने हुँदा धुनिलाई मैले वादी