निर्णय नं. २३९३ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३९३ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०५/२४ २१४६ निर्णय नं. २३९३ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं. २२९७ विषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ । निवेदक :जि.सुन्सरी घुस्की हाट गा.पं. वार्ड नं.९ मा घर भै हल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा बस्ने खलील मंसुरी मियाँ । विरूद्ध विपक्षी :श्री सुनसरी जिल्ला अदालत । श्री पूर्वान्चल क्षेत्रीय अदालत । श्री जिल्ला कार्यालय कारागार शाखा काठमाडौं । आदेश भएको मिति:२०४२।५।२४।२ मा अदालतको तहतहबाट भएको ठहर फैसला बमोजिम थुनामा राखेकोलाई गैरकानुनी थुनामा रहेको भन्न सकिने स्थिति नहुने । (प्रकरण नं.१२) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री प्रकाश राउत विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भनी पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ : २. वादी श्री ५ को सरकार प्रतिवादी म भएको थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा ४ वर्ष ६ महिना कैद हुने गरी परेको कलम (१) र प्रेमलाल समेतको जाहेरीले वादी श्री ५ को सरकार भएको दोश्रो पटक डाँका मुद्दामा कैद वर्ष ९ जरिवाना नतिरे वापत चोरीको २८ नं. ले हुने कैद वर्ष ४ समेत डाँका मुद्दामा मात्र १३ वर्ष कैद गर्ने गरेको कलम (१) गरी सबै कलमको जम्मा १७ वर्ष ६ महिना कैद हुने गरी मिति ०३७।१२।२६।६ मा विपक्षी नं. १ ले गरेको फैसला उपर विपक्षी नं. २ मा पुनरावेदन गर्दा उक्त फैसला मनासिव ठहर गरी पुनरावेदन गरे वापत अ.बं. २०३ नं. बमोजिम सयकडा १० समेत थप गर्ने भनी मिति ०३८।१२।१५ मा विपक्षी नं. २ को फैसला । ३. २०२४ साल फाल्गुण १४ गते रोज २ का रात १२ बजेको समयमा के कताबाट १०–१२ जना डाँकाहरू आई धनमाल डाँका गरी लगे । डाँकाहरूलाई चिन्न र पहिचान गर्न सकिन सुराक पत्ता लगाउँदै छु भन्ने प्रेमलाल महतको जाहेरी दर्खास्त पर्दा सो मुद्दामा साहिर मियाँले घुस्कीहाट गा.पं.वा.नं. ७ बस्ने खलिल मियाँको नाउँमा पोल गरेको र सुनसरी जिल्ला अदालतबाट सोही मुद्दामा दोश्रा पटक पारी डाँका गरेको ठहर गरी वा.नं. ७ बस्ने खलिल मियाँको नाउँमा मुद्दा हराई मिति ०२८।७।९ गते फैसला भएको र सोही अदालतबाट पटक–पटक गरी विभिन्न मितिहरूमा उक्त गा.पं.वा.नं. ७ बस्ने खलीलको नाउँमा म्याद तामेल टाँस समेत गरेको पाइन्छ । उक्त गा.पं.वा.नं. मा बस्ने खलील होइन भनी बयान गर्दा प्रमाण देखाउ भनी अदालतबाट प्रमाणको माग हुँदा पटक–पटक घुस्की गा.पं.वा.नं. ९ मा उसको बाबु बाजेको पालादेखि नै बसोबास गरी आएको छ । ७ नं. बस्ने खलील यो होइन भनी उक्त गा.पं.को सिफारिश र आफ्नो साक्षी समेतको बकपत्र गराएकोछु यतिमात्र नभई देवेन्द्रनारायण सिंहको जाहेरीले वादी श्री ५ को सरकार र जि. सुनसरी, घुस्की गा.पं.वा.नं.९ बस्ने अजिजमियाँको पोलले प्र.म समेत भएको मुद्दामा मिति २०२९।३।३ गते सप्तरी जि.अ.मा जि.न्या.चुडामणिप्रसादको इजलासमा बयानमासमेत र उक्त गा.पं.को प्रमाणसमेत पेश गरी उक्त मुद्दामा सफाई पाएकोछु । मैले पेश गरेको साक्षी प्रमाणहरूको कुनै मूल्याङ्कन नै नगरी गैरकानुनी तरीकाले उपरोक्त तिनै मुद्दामा हराई विपक्षीहरुले गैरकानुनी ढंगबाट कैद म्याद ठेकाई छुट्