निर्णय नं. २३९४ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३९४ - लिखत पास भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/०३ १७६९ निर्णय नं. २३९४ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ६७५ मुद्दा : लिखत पास । पुनरावेदक/वादी: का.जि.का.न.पं.वार्ड नं. १९ यटखा टोल बस्ने भाइकाजी ताम्राकार । विरूद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ घर भै हाल का.जि.बालाजु पावर हाउस अगाडि बस्ने नानी माया ताम्राकार समेत । फैसला भएको मिति:२०४२।६।३।५ मा अंश वापत रु. ५००। पाइसकेको भन्ने पुष्टि हुन नआएको र अ.बं. २४ नं. अनुरूप रीतपूर्वकको लिखत भएको समेत नदेखिएको अवस्थामा सो विवादको अंश छोडपत्रको लिखत पास हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं.२१) पुनरावेदक/वादी तर्फवाट:विद्वान अधिवक्ता श्री चुडामणि राजसिंह मल्ल विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री सुधानाथ पन्त उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः न्या.प्र.सु.ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. विपक्षीहरूले अंश वापत नगद लिई अंश छोडपत्र गरिदिन मञ्जूर भई अंश वापत रु. ५००। बुझी लिई ०३३।२।२०।४ मा छोडपत्र लिखत गरिदिएको म्यादभित्र पारित गरी नदिएकोले उक्त लिखत पारित गरिपाउँ भन्ने भाइकाजी ताम्राकारको फिराद । ३. विपक्ष हाम्रा पति र पिताले कुटपीट गरी दुःख दिएको र लिखत गरिनदिएमा शान्तिसाथ बस्न नदिएको हुँदा लिखतसम्म गरिदिएको हो अंशबण्डाको ३२ नं. ले बदर हुन सक्ने र कानुनी रीत नपुगेको लिखत हुँदा पास गरिदिन मञ्जूर छैन वादी दावीको लिखत अ.बं. ७८ नं. बमोजिम देख्न सुन्न पाएको बखत बयान गर्नेछौं भन्ने समेत प्र.नानीमाया ताम्राकारनी समेत जना ४ को यौटै प्रतिउत्तर ४. लिखतमा लागेको सहिछाप हाम्रो हो ज्यानको सुरक्षाको लागि सहिछाप गरिदिएको सम्म हो लिखत बमोजिमको रूपैयाँ हामीले लिएको नहुँदा पास गरिदिन मञ्जूर छैन भन्ने समेत प्र.वा. समेतको नानीमैयाँको बयान । ५. अंश वापत लिखत बमोजिमको रूपैयाँ लिई राजीखुशीबाट लिखतमा सहिछाप गरिदिएको हो दवावमा पारी लिखत गराएको होइन भन्ने वादी भाइकाजीको बयान । ६. प्रतिवादीले बोलाई हामी लिखत राजीखुशीबाट सहिछाप गरिदिएका र सो लिखतमा म साक्षी बसेको हुँ रूपैयाँ मेरो सामुन्नेमा दिए लिएको थिएन लिखत सद्दे हो भन्ने समेत लिखतका अन्तर साक्षी नारायण विलासले गरेको बयान । ७. वादी प्रतिवादी दुबै थरले भनेबाट मैले लिखत लेखिदिएको र प्रतिवादीहरूले राजीखुशीबाट सहिछाप गरिदिएको लिखत सद्दे साँचो हो भन्ने समेत लेखक साक्षी केदारमान श्रेष्ठले गरेको बयान । ८. लिखतमा प्रतिवादीहरूले खुशीराजीबाट सहिछाप गरिदिएका हुन् करकाप डरत्रासबाट गराएको होइन रूपैयाँ दिए लिएको थियो, थिएन थाहा भएन भन्ने समेत अन्तर साक्षी सुन्दरमानले गरेको बयान । ९. कारकापसँग गराएको भए अ.बं. ३८ नं. को म्यादभित्र उजूर गर्नुपर्ने गरेको नदेखिँदा करकापसँग गराएको भन्न मिलेन लिखतको प्रकृतिबाट उक्त अंश छोडपत्रको कागज रजिष्ट्रेशन पास गराई रहनु पर्ने नदेखिएकोले अंश छोडपत्रको लिखत रजिष्ट्रेशन गरिपाउँ भन्ने वादीको दावी पुग्न सक्दैन भन्ने समेत का.जि.अ.को फैसला । १०. लिखत खुसीराजीले गरिदिएको र अंश छोडपत्रको लिखत रजिष्ट्रेशनको १ नं. ले