निर्णय नं. २३९५ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३९५ - लेनदेन भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०६/१० १८९१ निर्णय नं. २३९५ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ६१० मुद्दा : लेनदेन । पुनरावेदक/वादी:जिल्ला सप्तरी गा.पं.मारदह वडा नं. ४ बस्ने सतनी यादवनी मरी मु.स.गर्ने ऐ. बस्ने मुगा लाल यादव । विरूद्ध विपक्षी/प्रतिवादी:जिल्ला सप्तरी राजविराज न.पं.वडा नं. १ बस्ने मानमल कावरा । फैसला भएको मिति:२०४२।६।१०।५ मा आधारभूत सबूद प्रमाणको अभावमा लिखत सद्दे भन्न नमिल्ने । (प्रकरण नं.१७) पुनरावेदक वादी तर्फबाटःX विपक्षी प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः पूर्वान्चल क्षेत्रीय अदालतको मिति २०४०।३।१२ को निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षीले मसँग रु. ५१,०००। बुझी सो वापत आफ्ना नाममा दर्ता रहेको जिल्ला सप्तरी राजविराज न.पं.वडा नं. १ को प्लट नं. ७ को ०–१–७ मध्ये पश्चिम तर्फबाट ज.वि. ०–०–१० र सो जग्गामा भएको मकान समेत मलाई बिक्री गरी २०३४ सालमा राजीनामा लेखिदिएकोमा म्यादभित्र पारित नगरिदिएकोमा लिखत कपाली हुन गएबाट साँवा ब्याज माग्दा नदिएकाले प्रतिवादीसँग मेरो हुने सावाँ रु. ५१,०००। र लिखत मिति देखि आजसम्म वर्ष २।५।१० को १० का दरले हुने ब्याज रु. १२,४६६।६६ समेत जम्मा रु. ६३,४६६।६६ समेत दिलाई भराई पाउँ भन्ने फिरादपत्र । ३. वादीसँग मेरो कुनै लेनदेन कारोबार भएकै छैन । वादीसँग भएको दुबै प्रति लिखत झिकाई मलाई देखाए सुनाएका बखत नामाकरण गरी यकीन गर्नेछु भन्ने समेत प्रतिउत्तरपत्र । ४. वादीबाट दाखिल भएको मिति २०३४।९।२६ को रु. ५१,०००। को लिखत देखे यसमा लागेको लेखात्मक सहिछाप समेत मेरो होइन । दुबै प्रति मैले गरिदिएको होइन लिखत कीर्ते हो भन्ने समेत प्रतिवादी मानमल कावराको मिति २०३७।८।४ को बयान । ५. प्रतिवादीले गरेको बयान झुठ्ठा हो । लिखतमा लागेको सहिछाप प्रतिवादीकै हो निजले नै गरिदिएको हुँदा लिखत सद्दे हो कीर्ते होइन, भन्ने समेत वादी वा.हरि बहादुर पाण्डेको बयान । ६. धनी सतनी यादवनी ऋणी मानमल कावरा भएको मिति २०३४।९।२६ रु. ५१,०००। को सक्कल लिखत देखे यसमा लागेको छापहरू हाम्रो हो । ऋणीले हामीहरूको सामुन्नेमा रूपैयाँ लिई राजीखुशीबाट लिखत गरिदिएका र साक्षी बस्न भनेबाट बसेको हो, भन्ने समेत सुविलाल यादव, प्रतिवादी सुरेतलाल प्रतिवादी उचितनारायण समेतको वा.हरि बहादुरको मिति २०३७।१०।२१ को बयान । ७. विवादास्पद लिखतको दस्तखतको तुलनामा प्रतिवादीले अदालतको रोहवरमा गरेको दस्तखतसँग मिल्न नआएको देखिएको र विशेषज्ञले राय गरेको राय मनासिव देखिएकोले प्रस्तुत दावी लिखत सद्दे नभई कीर्ते लिखत ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति ०३८।११।२५ को फैसला । ८. सप्तरी जिल्ला अदालतको इन्साफमा चित्त बुझेन इन्साफ पाउँ भन्ने समेत मुगालाल यादवको पूर्वान्चल क्षेत्रीय अदालतमा पुनरावेदन । ९. विशेषज्ञको राय लिएकोमा विवादास्पद ल्याप्चे सहिछाप रेखा प्रष्ट नभएकोले जाँच गर्न नमिल्ने विवादास्पद दस्तखत सही मानमल कावराका होइनन् भन्ने राय दिएको र लिखत सद्दे साँचो नै हो भन्ने भरपर्दो प्रमाण नहुँदा लिखत कीर्ते ठहराएको शुरू इन्साफ मनासिव ठहर्छ भन्ने समेत पूर्वान्चल क्षेत्रीय अदालत